• १२ असोज २०८१, शनिबार

बैंकिङ समस्या निवारण गर्न प्रधानमन्त्रीसँग मोरङ व्यापार संघको अनुरोध

blog

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गर्दै मोरङ व्यापार संघका पदाधिकारी ।

काठमाडौं, पुस १४ गते। मोरङ व्यापार संघले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बैंकिङ समस्या निवारण गर्न अनुरोध गरेको छ। 

बिहीबार प्रधानमन्त्री दाहालसँग भेट गर्दै संघका अध्यक्ष नवीन रिजालले यस्तो अनुरोध गर्नुभएको हो। विद्यमान चर्को बैंक ब्याजदर, प्रतिकूल बैंकिङ नीति र समसामयिक समस्याको तत्कालै निराकरणका लागि संघले प्रधानमन्त्री समक्ष अनुरोध गरेको हो।

बैंकका पछिल्ला प्रतिकूल व्यवस्थाबाट उद्योगी/व्यवसायी र आम सर्वसाधारणहरुमा उत्पन्न भएको असहज वातावरण बारे उल्लेख गर्दै अध्यक्ष रिजालले तिनको समाधानार्थ सम्बन्धित निकायलाई तत्कालै निर्देशन दिन अनुरोध गर्नु भएको छ।

 प्रधानमन्त्रीसँगको भेटमा अध्यक्ष रिजालसहित संघका पूर्व अध्यक्ष पवन कुमार सारडा, वरिष्ठ उपाध्यक्ष अनुपम राठीलगायतको उपस्थिति थियो।