सत्र वर्षमा बहत्तर प्रतिशत प्रगति
आठ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ सुरु गरिएको सिक्टा सिँचाइ आयोजनाको निर्माण क्षेत्र विस्तार हुँदै जाँदा लागत र समय थप हुँदै गएको छ । २०७० माघ मसान्तसम्म निर्माण पूरा गर्ने लक्ष्यका साथ २०६२ सालमा सुरु गरिएको भए पनि गत आर्थिक वर्षसम्म ७२ प्रतिशत मात्रै काम भएको आयोजनाले जनाएको छ ।
मुगु र हुम्लामा जेनेरेटरबाट बिजुली
नेपाल विद्युत् प्राधिकरणले मुगु र हुम्लामा तत्कालका लागि जेनेरेटर सञ्चालन गरी विद्युत् आपूर्तिको व्यवस्था गरेको छ । पहिरोले क्षति पु-याएका स्थानीय विद्युत्गृह मर्मत गर्न समय लाग्ने भएपछि प्राधिकरणले तत्कालका लागि डिजेल जेनेरेटरबाट विद्युत् उत्पादन गरी मुगु र हुम्लामा आपूर्ति गर्न लागेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो ।
भटमास र पाम तेलको भर
विगत केही समययता आयात निर्यातमा गिरावट आएको छ । चालू आर्थिक वर्षको पहिलो तीन महिना (साउन, भदौ र असोज)मा ४१ अर्ब ८२ करोड १९ लाख रुपियाँको निर्यात भएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३५ दशमलव ७१ प्रतिशत कम हो । आव २०७८/७९ को पहिलो तीन महिनामा ६५ अर्ब ५२ करोड आठ लाख रुपियाँको निर्यात भएको भन्सार विभागको तथ्याङ्क छ ।
थप बाइस मेगावाट निर्यात गर्न अनुमति
चिलिमे जलविद्युत् कम्पनी लिमिटेडले उत्पादन गरेको २२ मेगावाट बिजुली भारत निर्यात हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले थप बिजुली भारत निर्यातका लागि अनुमति प्राप्त भएको जानकारी दिनुभयो । भारतको केन्द्रीय विद्युत् प्राधिकरणले चिलिमे जलविद्युत्् कम्पनीको बिजुली निर्यातका लागि यही कात्तिक १४ गते अनुमति प्राप्त भएको हो ।
लुक्लामा हवाई चाप उच्च
पर्यटक बढेपछि सोलुखुम्बुको पर्यटकीय क्षेत्रमा पर्ने तेन्जिङ हिलारी (लुक्ला) विमानस्थलमा जहाजको उडान अवतरण बढेको छ । यो विमानस्थलमा अहिले दैनिक हवाईजहाजका ३० भन्दा बढी र हेलिकोप्टरका एक सयभन्दा बढी अवतरण हुने गरेका छन् ।
अब नागरिकतासँगै प्यान
नागरिकता प्रदान गर्ने समयमा नै व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) उपलब्ध गराउने तयारी सुरु गरिएको छ । गृह मन्त्रालयसँगको समन्वयमा आन्तरिक राजस्व विभागले यस्तो तयारी थालेको हो । आव २०७९/८० को बजेटमा उल्लेख भएको व्यवस्थालाई कार्यान्वयन गर्ने गरी तयारी अगाडि बढाइएको विभागका प्रवक्ता राजुप्रसाद प्याकुरेलले जानकारी दिनुभयो । “नागरिकता दिने समयमा नै प्यान उपलब्ध गराउँदा मिलान गर्नुपर्ने विवरण त्यसको प्राविधिक पक्षका विषयमा अहिले छलफल भइरहेको छ,” उहाँले भन्नुभयो । विभागले बढीमा चालू आर्थिक वर्षको अन्त्यसम्म यस्तो व्यवस्था कार्यान्वयन गर्ने लक्ष्य राखेको उहाँले बताउनुभयो ।
छाला निकासी प्रभावित
कोभिड–१९ सङ्क्रमण र रुस–युक्रेन युद्धका कारण छाला निकासी घटेको छ । कोभिड–१९ सङ्क्रमणको अवस्थामा अन्तर्राष्ट्रिय बजारमा छालाको माग घट्दै जाँदा त्यसको प्रभाव नेपालमा पनि परेको थियो । तीन वर्षपछि पुनः युरोपलगायतका देशमा निकासी हुन थालेको छाला कारोबारलाई रुस–युक्रेन युद्धले प्रभावित बनाएको उद्योगीको भनाइ छ ।
हेटौँडा सिमेन्ट पुनः सञ्चालन
कोइला अभावका कारण बन्द रहेको हेटौँडा सिमेन्ट उद्योग पुनः सञ्चालनमा आएको छ । कोइला अभावसँगै उद्योगको किल (क्लिङ्कर उत्पादन गर्ने) मा समस्या आएका कारण गत साउन महिनादेखि उद्योगको उत्पादन ठप्प रहेको थियो । उद्योगका प्रवक्ता अशोक गौतमले कोइला आपूर्ति हुन थालेसँगै बन्द उद्योगबाट क्लिङ्कर उत्पादन प्रक्रिया सुरु भएको जानकारी दिनुभयो ।
बीस लिटर भनेको जारमा उन्नाइस लिटर मात्रै
प्रशोधित पिउने पानीको गुणस्तरको समस्या बारम्बार सुनिँदै आएको हो । तर, अहिले पानीको तौलमै समस्या भएको खुलासा भएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले खानेपानीको अनुगमनका क्रममा २० लिटर भनेर बिक्री भइरहेको पानीको जारमा १९ लिटर मात्रै हुने गरेको फेला पारेको हो । पानी उत्पादन उद्योगीहरू नै १९ लिटर क्षमता भएको पानीको जारमा २० लिटर भनेर बिक्री गर्दै आएको स्वीकार गर्छन् ।
सामाजिक सुरक्षामा प्रतिस्पर्धा
आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि प्रमुख राजनीतिक दलका घोषणापत्र सार्वजनिक भइरहेका छन्। घोषणापत्रमा अन्य विभिन्न विषयलगायत सामाजिक सुरक्षा र महिलासँग सम्बन्धित विषयमा प्रमुख राजनीतिक दलहरूबीच निकै प्रतिस्पर्धा भएको देखिन्छ।
औद्योगिक ग्राम निर्माण अलपत्र
बैतडीको मेलौलीमा औद्योगिक ग्राम निर्माणको काम चार वर्षदेखि अलपत्र परेको छ । बैतडीको मेलौली नगरपालिका १, ३, ५ र ६ नम्बर वडा जोडेर कफलानीमा औद्योगिक ग्राम स्थापनाका लागि सरकारले स्थान छनोट गरे पनि निर्माणको काम नहुँदा औद्योगिक ग्राम अलपत्र परेको हो । औद्योगिक ग्राम निर्माण हुने स्थानमा फलाम खानी, चुनढुङ्गा र तामाको खानी रहेको छ ।
नेपाली श्रमिक भर्ना प्रक्रियामा निःशुल्क गर्न यूएई सहमत
संयुक्त अरब इमिरेट्स (यूएई) सरकार विभिन्न पाँच क्षेत्रमा श्रमिकको भर्ना प्रक्रिया निःशुल्क गर्नेगरी ‘पाइलट प्रोजेट’ अघि बढाउन सहमत भएको छ । नेपाल–संयुक्त अरब इमिरेट्स (यूएई)बीच भर्चुअल रूपमा मङ्गलबार सम्पन्न उक्त बैठकमा नेपाल सरकारले राखेको सो प्रस्तावमा यूएई सरकार सहमत भएको हो ।
तिहारमा एउटै किसानले बेचे सात लाखको सयपत्री
तिहार पर्वमा चितवनका एउटै किसानले सात लाख रुपियाँको सयपत्री फूल बेच्नुभएको छ । भरतपुर महानगरपालिका–२६ दिव्यनगरका ६२ वर्षीय किसान दीपक पाख्रिनले यस वर्षको तिहारमा सात लाख रुपियाँको फूल बेच्नुभएको हो ।
प्रविधिले घटाउँदै छ लागत
पाल्पा माथागढी–३, कसेनीका किसान यानसिंह चिदीले केही वर्षअघिसम्म धान पराल थनक्याउन मान्छे र गोरु प्रयोग गर्नुहुन्थ्यो । तर, अहिले उहाँ कृषि प्रविधिको प्रयोग गरेर धान र पराल थन्क्याउनुहुन्छ । कृषि प्रविधिको प्रयोगले किसानलाई सुविधा मात्र दिएको छैन, कृषि लगानीसमेत घटाएको उहाँको अनुभव छ । प्रविधिको प्रयोगले धान पराल थन्क्याउन मान्छे र गोरुका लागि गरिने लगानी र समयको समेत बचत भएको चिदीको भनाइ छ । धान–पराल थन्क्याउन मान्छे र गोरुको खर्चभन्दा प्रविधिको खर्च सस्तो र सहज हुँदै गएको उहाँले बताउनुभयो ।
बढेर आयो इन्धनको मूल्य
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढेर आएको जनाएको छ । इन्डियन आयल कर्पोरेसन (आईओसी)ले मङ्गलबार पठाएको नयाँ मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर ६० पैसा, डिजेलमा प्रतिलिटर पाँच रुपियाँ ७६ पैसा मूल्य बढेर आएको छ ।
‘मागबमोजिम दैनिक तरलता’
पछिल्लो समय बैङ्किङ क्षेत्रमा देखिएको तरलता समस्यालाई सम्बोधन गर्दै नेपाल राष्ट्र बैङ्कले उपलब्ध गराउँदै आएको दैनिक तरलता सुविधा माग गरे जति उपलब्ध गराउने भएको छ । राष्ट्र बैङ्कले तयार गरेको ‘दैनिक तरलता सुविधासम्बन्धी कार्यविधि (दोस्रो संशोधन २०७९) २०७६’ संशोधनको मस्यौदाअनुसार बैङ्क तथा वित्तीय संस्थाको सुविधाका लागि दैनिक तरलता सुविधाको सीमा, त्यसको भुक्तानीसम्बन्धी व्यवस्था र ओभरनाइट सुविधामा गरिने ब्याज गणना विधिमा पनि हेरफेर गर्न लागिएको हो ।
पैंतालीस दिनभित्र तार व्यवस्थापन गर्नुपर्ने
नेपाल विद्युत् प्राधिकरणले आफ्नो स्वामित्वमा रहेका विद्युतीय पोलमा तानिएका केबल टेलिभिजन, इन्टरनेट, टेलिफोनका तार तथा उपकरण व्यवस्थापन गर्न सेवा प्रदायकहरूलाई ४५ दिनको समयसीमा दिएको छ । विद्युतीय पोल प्रयोग गरी अव्यवस्थित तरिकाले तानिएको र प्रयोगमा नरहेका अनावश्यक अप्टिकल फाइबर, केबल पोलमा जथाभावी झुन्डयाइएका उपकरणका कारण सहरलाई कुरूप बनाएको, विद्युत् सेवालाई नै अवरुद्ध पारेको र आगलागीको जोखिमसमेत बढेको प्राधिकरणले जनाएको छ ।
हिमालयको भैरहवा उडान बिहीबारदेखि
भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान थाल्ने विषयमा नियामक नागरिक उड्डयन प्राधिकरणसँग वायुसेवा कम्पनीहरूको रस्साकस्सी चलिरहँदा हिमालय एयरलाइन्सले भने उडान सुरु गर्ने भएको छ। नेपाल–चीन संयुक्त लगानीको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालयले गौतम बुद्व विमानस्थलमा यात्रुवाहक चार्टर उडान गर्न नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणसँग अनुमति मागेको छ।
सुपथ मूल्य पसलमा कारोबार घट्यो
साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले सञ्चालन गरेको चाडपर्वलक्षित सुपथ मूल्य पसलको कारोबार घटेको छ । यस वर्ष असोज १ देखि कात्तिक १३ गतेसम्म सञ्चालन भएको सुपथ मूल्य पसलमा साल्ट टे«डिङले गत वर्षभन्दा कम कारोबार गरेको हो । यो वर्ष दुई करोड ८७ हजार रुपियाँको कारोबार भएको साल्ट टे«डिङले जनाएको छ । अघिल्ला वर्षहरूमा दशैँ–तिहार सुपथ मूल्य पसलमा लगभग पाँच करोड रुपियाँको कारोबार हुँदै आएको थियो ।
‘मास्टर जब’लाई कारबाही
वैदेशिक रोजगार विभागले मागपत्र प्रमाणीकरण नगरी टर्कीमा रोजगारी दिने भन्दै श्रमिकसँग अन्तर्वार्ता लिने मास्टर जब नामक वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीलाई कारबाही गरेको छ ।
साङ्ग्रिला बैङ्क १८औँ वर्षमा
साङ्ग्रिला डेभलपमेन्ट बैङ्कले विविध कार्यक्रम गरी १८औँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ । बैङ्कको वार्षिकोत्सवको अवसरमा बैङ्कका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले बैङ्कमा १० वर्ष पूरा गरेका कर्मचारीलाई सम्मान गरी कदरपत्र प्रदान गर्नुभयो ।
धान काट्न मजदुर अभाव
सर्लाहीमा धान काट्ने मजदुरको अभाव भएको छ । यस जिल्लाको उत्तरी भेगमा धमाधम धान भित्र्याउने बेला धान काट्ने मजदुर पाउनै गाह्रो भइरहेको ईश्वरपुर नगरपालिका–१२, घारीबथानका किसान कैलाश बानियाँले बताउनुभयो ।
पूर्वमा पूर्वाधार बढाउने तयारीमा विद्युत् प्राधिकरण
नेपाल विद्युत् प्राधिकरणले विद्युत् निर्यातका लागि भारतको सिलिगुढी, पूर्णिया र किसनगञ्ज बिन्दु उपयोगमा ल्याउने तयारी गरेको छ । यसका लागि हाल रहेको ४०० केभीको इनरुवा सबस्टेसनबाट हुलाकी राजमार्गको आसपास हुँदै ४०० केभी प्रसारण लाइन निर्माण गरी झापाको अनारमनी क्षेत्रमा ४०० केभी सबस्टेसन बनाएर प्रसारण सञ्जाल विस्तार गर्नु उपयुक्त हुने देखिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
जलवायु परिवर्तनको जोखिममा अर्थतन्त्र
जलवायु परिवर्तनका कारण नेपालको अर्थतन्त्रले मूलतः तीन तरिकाका असर भोग्ने अवस्था देखिएको विश्व बैङ्कले जनाएको छ । सोमबार सार्वजनिक नेपाल डेभलपमेन्ट अपडेटले जलवायु परिवर्तनको ठूलो जोखिम कृषि क्षेत्र, पूर्वाधार संरचना, श्रम उत्पाकत्वमा सिर्जना गर्ने देखिएको औँल्याएको छ ।