पहिलो पटक प्लाइउड निर्यात
बाँकेबाट पहिलो पटक भारततर्फ प्लाइउड निर्यात भएको छ । यसअघि भारतबाट तयारी प्लाइउड र कच्चा पदार्थ ल्याउने गरिएकोमा यस क्षेत्रबाट पहिलो पटक प्लाइउड भारत निर्यात गरिएको हो । नेपालगञ्ज औद्योगिक क्षेत्रमा सञ्चालित शिखर प्लाइउडले २८ टन प्लाइउड पहिलो चरणमा भारत पठाएर निर्यात सुरु गरेको हो ।
बैङ्कले फिर्ता गर्न थाले ब्याज
नियमविपरीत प्रिमियम बढाएर ऋणीबाट असुलेको रकम नेपाल राष्ट्र बैङ्कले ऋणीलाई नै फिर्ता गर्न निर्देशन दिएपछि वाणिज्य बैङ्कहरूले फिर्ता गर्न सुरु गरेका छन् । राष्ट्र बैङ्कले ११ वाणिज्य बैङ्कलाई त्यसरी असुलेको एक अर्ब ८५ करोड रुपियाँ ऋणीलाई फिर्ता गर्न निर्देशन दिएको थियो ।
ईपीएस उत्तीर्ण कोरिया जान सुरु
रोजगार अनुमति प्रणाली ईपीएसअन्तर्गत कृषि तथा पशुपालनतर्फको पहिलो चरणमा भाषा र सीप परीक्षामा उत्तीर्ण भएका दक्षिण कोरिया जान थालेका छन् । वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस कोरिया शाखाले कृषितर्फको पहिलो चरणमा लिइएको भाषा र सीप परीक्षामा उत्तीर्ण भएकामध्ये ४०० जना दक्षिण कोरिया प्रवेश गरिसकेका हुन् । तीन सय जना मङ्सिरको पहिलो सातासम्म दक्षिण कोरिया प्रवेश गरिसक्ने शाखाले जनाएको छ ।
मापदण्डविपरीत दूध र पानी बिक्री
सुर्खेतमा कम गुणस्तरका दूध तथा दुग्धजन्य पदार्थ र पानी बिक्री हुने गरेको पाइएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, सुर्खेतले चालू आर्थिक वर्षको तीन महिनामा अनुगमनका क्रममा फेला परेका गुणस्तरहीन तेल, घिउ, दूध र दुग्ध पदार्थ नष्ट गरेको छ। उहाँका अनुसार २१ हजार ९१० रुपियाँ बराबरको तेल तथा घिउजन्य पदार्थ र ७२० रुपियाँको दूध तथा दुग्ध पदार्थ नष्ट गरिएको कार्यालयले जनाएको छ।
प्रतिबद्धताको आधा मात्रै भित्रियो
प्रतिबद्धताअनुसार वैदेशिक लगानी नआएपछि विदेशीलाई व्यावसायिक भिसामा कडाइ गरिएको छ। नेपालमा लगानी गर्छु भनेर प्रतिबद्धता गर्ने तर लगानी नगरेपछि भिसामा कडाइ गरिएको उद्योग विभागले जनाएको छ।
सुनको कोटा बढाउन माग
सुनचाँदी व्यवसायीले बजार मागअनुसार सुनको आपूर्ति नहुँदा बजारमा अभाव भएकाले कोटा बढाउन माग गरेका छन्। विदेशी विनिमय सञ्चितिमा परेको चापलाई देखाउँदै नेपाल राष्ट्र बैङ्कले सुनको आपूर्ति घटाएका कारण बजारमा सुनको अभाव देखिएको भन्दै नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सो माग गरेको जनाएको छ।
खानी बन्द हुँदा सिमेन्ट उद्योग समस्यामा
दाङको घोराही सिमेन्ट उद्योगको खानी उत्खनन बन्द हुँदा उद्योगसँगै कामदार समस्यामा परेका छन्। १० महिनादेखि चुनढुङ्गा निकाल्ने काम रोकिएको छ। सम्झौताबमोजिम उद्योगले घोराही–मुर्कुटी सडकखण्डको तापा चोकदेखि चुनढुङ्गा खानीसम्मको तीन किलोमिटर सडक कालोपत्रे नगरेको भन्दै बङ्गलाचुली गाउँपालिकाले गत वर्षको पुस १ गतेदेखि टिप्पर सञ्चालनमा रोक लगाइएको हो। टिप्पर चल्न नपाएपछि चुनढुङ्गा निकाल्ने काम पनि रोखिएको हो।
पच्चीस करोड विशेष सापटी प्रदान
सामाजिक सुरक्षा कोषमा योगदान गरेका योगदानकर्ताले साढे दुई महिनाको अवधिमा विशेष सापटी रकमबापतको २५ करोडभन्दा बढी रकम लिइसकेका छन्। कोषको अवकाश योजनामा जम्मा भएको रकमको ८० प्रतिशत रकमबाट एक हजार ३६० जनाले २५ करोड २७ लाख ३० हजार रुपियाँ विशेष सापटी रकम लिएका हुन्।
एक करोडभन्दा बढीको एसियन पेन्ट्स जफत
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ‘एसियन पेन्ट्स’ ब्रान्डको ठूलो परिणामको रङ जफत गरेको छ। विभागको अनुगमन टोलीले काठमाडौँ, सतुङ्गलस्थित एसियन पेन्ट्सको गोदामबाट म्याद गुज्रेका चार हजार ९६३ थान र रिलेबलिङ गरेका दुई हजार ६०९ थान एसियन ब्रान्डका पेन्ट्स फेला परेपछि जफत गरेको हो।
एसियाली विकास बैंकले ओखर र फलफूल खेतीमा नौ अर्ब लगानी गर्ने
नेपाल सरकार र एसियाली विकास बैंकबीच नेपालको पहाडी क्षेत्रमा ओखर र फलफूल प्रजाति खेती सुधारका लागि वित्तीय लगानी गर्ने भएको छ ।
चोभारमा सबस्टेसन बनाउने सहमति
काठमाडौंको कीर्तिपुर नगरपालिका–६, चोभारमा १३२ केभीको सबस्टेसन निर्माणमा सहमति जुटेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
दुई वर्षपछि निगम नाफामा
झन्डै दुई वर्षपछि नेपाल आयल निगमले नाफामा गएको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेर आए पनि सोअनुसार स्थानीय बजारमा मूूल्य समायोजन नगर्दा निगम नाफामा गएको हो ।
नौ रैथाने बाली सूचीकृत
कर्णाली प्रदेशमा उत्पादन हुने नौ प्रजातिका बाली चिनो, कागुनो, उवा, लट्टे (मार्से), फापर, जुम्ली मार्सी, कोदो, जौ र स्थानीय सिमीलाई प्रदेश सरकारले रैथाने बालीका रूपमा सूचीकृत गरेको छ। प्रदेश सरकारले रैथाने बाली जोगाउन उत्पादन, बजारीकरण र प्रवद्र्धनका लागि ‘मूल्यवान् कर्णाली किसानका सम्पदा’ लेखिएको ‘मूल्यवान्’ लोगो कार्यक्रम लागू गरेको छ।
बैङ्किङ पहुँचदेखिसहज कर्जाको प्रतिबद्धता
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको पूर्वसन्ध्यामा राजनीतिक दलले घोषणापत्र सार्वजनिक गरिरहेका छन्। निर्वाचनलाई केन्द्रित गरेर सार्वजनिक भएका प्रमुख दलका चुनावी घोषणापत्रमा आर्थिक समृद्धि र विकासका विषयलाई भने पहिलो प्राथमिकतामा राखिएको छ। प्रमुख राजनीतिक दल नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)लगायतका पार्टीले आगामी मङ्सिर ४ गते हुने निर्वाचनलाई लक्षित गरी घोषणापत्र सार्वजनिक गरिसकेका छन्।
पर्यटन प्रवर्द्धनका महत्त्वाकाङ्क्षी योजना
आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन लक्षित घोषणापत्र सार्वजनिक गर्दै प्रमुख राजनीतिक दलले पर्यटन प्रवर्द्धनका महत्त्वाकाङ्क्षी योजना अघि सारेका छन् । राजनीतिक दलले सार्वजनिक गरेका आगामी पाँच वर्षको योजनामा वार्षिक ३० लाख पर्यटन भित्र्याउनेदेखि विमानस्थल निर्माणले प्राथमिकता पाएको छ ।
आन्तरिक पर्यटककै भरमा पोखरा
आन्तरिक पर्यटकका कारण पोखराको पर्यटन क्षेत्र चलायमान भएको छ। दशैँ, तिहारलगायतका चाडपर्वका कारण स्वदेशी पर्यटक पोखरा घुम्न आएका हुन्। अहिले पोखरामा विदेशी पर्यटक भने फाट्टफुट्ट मात्रै देख्न सकिन्छ। आन्तरिक पर्यटकको भीडभाड छोटो समयका लागि मात्रै भएको र सिजनमा पनि विदेशी पर्यटक कम आएकामा भने व्यवसायी चिन्तित छन्।
बजार र जनशक्तिको अभाव झेल्दै हस्तकला उद्योग
तीन दशकअघि पाँच सय रुपियाँबाट हस्तकलाको व्यवसायमा प्रवेश गर्नुभएकी रुक्मणीदेवी श्रेष्ठ हाल तीन करोड रुपियाँको व्यवसाय सञ्चालन गर्नुहुन्छ। सिन्धुपाल्चोकमा जन्मिनुभएकी रुक्मणीदेवीमा सानैदेखि केही गर्नुपर्छ भन्ने सोच थियो। त्यतिबेला काठमाडौँ आएर बुन्ने काटी र एक किलो ऊनी धागो किनेर उहाँले टोपी, मोजा बुन्न थाल्नुभयो। बिहे भ
उडान घट्दा यात्रुलाई सास्ती
हुम्लाको सिमकोटबाट नेपालगञ्ज र सुर्खेतका लागि यात्रा गर्ने यात्रुलाई टिकट पाउन सास्ती हुने गरेको छ। विमान कम्पनीले उडान घटाउँदा यात्रुलाई समस्या भएको हो। टिकट नपाएपछि यात्रुले शुक्रबार सिमकोट विमानस्थलबाहिर चर्को नाराबाजीसमेत गरेका छन्।
नेपाल बैङ्क र दराजबीच सम्झौता
नेपाल बैङ्क र अनलाइन सपिङ पोर्टल दराजबीच छुट प्रदान गर्ने सम्झौता भएको छ। बैङ्कको ८६औँ वार्षिकोत्सवको अवसर साथै दराजको ११.११ अभियानमा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको हो। छुट योजना आगामी कात्तिक २५ गतेदेखि मङ्सिर ३ गतेसम्म लागू हुने बैङ्कले जनाएको छ।
जापान जान अझै अन्योल
भाषा र सीप परीक्षा उत्तीर्ण गरेर रोजगारीका लागि जापान जाने तयारीमा रहेकाको उडान अझै टुङ्गो लागेको छैन। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जापानी भाषा र सीप परीक्षा उत्तीर्ण गरेका ८५० जनालाई भदौभित्रै पठाउने भने पनि अहिलेसम्म अन्योल छ।
आन्तरिक बजार प्रवद्र्धन गर्न हस्तकला मेला
हस्तकलाका सामानको आन्तरिक बजार प्रवद्र्धन गर्ने उद्देश्यसहित महिला उद्यमी हस्तकला मेला सुरु भएको छ। बागमती प्रदेशको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल हस्तकला महासङ्घको संयुक्त आयोजनामा शुक्रबारदेखि काठमाडाैँको वसन्तपुरमा मेला सुरु भएको हो।
चर्को ब्याजविरुद्ध व्यवसायी
चर्को ब्याजदरका कारण उद्योग, व्यवसाय सञ्चालनमै समस्या आएको भन्दै उद्योगी, व्यवसायी शुक्रबार सडकमा उत्रिएका छन्। नेपाल उद्योग वाणिज्य महासङ्घका पदाधिकारीसहित निजी क्षेत्रका विभिन्न क्षेत्रगत र जिल्लागत सङ्घसङ्गठनले राजधानीको माइतीघरमा शान्तिपूर्ण विरोध प्रदर्शन गरेका हुन्। आन्दोलनमा व्यवसायीले ‘प्लेकार्ड’मार्फत ब्याजदर एकल अङ्कमा झार्नुपर्ने, बैङ्कको सेवा शुल्क घट्नुपर्ने, चालू पुँजी कर्जा निर्देशिका स्थगित गर्नुपर्ने, प्रिमियम घटाउनुपर्ने र ब्याजदरमा स्थिरता कायम राख्नुपर्ने जस्ता माग राखेका थिए।
नापतौलमा ठगी गर्नेलाई तीन लाख जरिवाना
नापतौल यन्त्र बिगारी ठगी गर्ने वा तोकिएको परिमाणमा सामान उपलब्ध गराउने व्यवसायीलाई तीन लाख रुपियाँसम्म जरिवानाको व्यवस्था भएको छ। विद्यमान स्ट्यान्डर्ड नाप र तौल ऐनलाई संशोधन गरी नापतौल यन्त्रमा गडबडी गर्नेलाई अधिकतम तीन लाख रुपियाँ जरिवाना र तीन वर्षसम्म कैदको व्यवस्था गरिएको हो।
वैदेशिक रोजगारीमा जानेलाई आईपीओ
अब वैदेशिक रोजगारीमा जाने नेपालीलाई धितोपत्रको प्राथमिक निष्कासन (आईपीओ)मा कोटा छुट्याइने भएको छ । नेपाल धितोपत्र बोर्डले धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिकालाई संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।