• १३ साउन २०८१, आइतबार

सुनको मूल्य बढ्यो

blog

काठमाडौँ,  पुस  २१ गते । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु. एक लाख तीन हजार एक सय कायम भएको छ । 

अघिल्लो दिन प्रतितोला रु. एक लाख दुई हजार नौ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु. दुई सयले बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. एक लाख दुई हजार छ सय छ । यसको मूल्य अघिल्लो दिन रु. एक लाख दुई हजार चार सय थियो । 

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।