भेटिएन करको लक्ष्य
कात्तिकमा लक्ष्यको ८१ प्रतिशत मात्रै कर राजस्व सङ्कलन भएको छ । आन्तरिक राजस्व विभागका अनुसार कात्तिकमा ३५ अर्ब ९२ करोड ३८ लाख रुपियाँ राजस्व सङ्कलनको लक्ष्य राखिएकामा २९ अर्ब पाँच करोड ७८ लाख रुपियाँमा सङ्कलन भएको हो । विभागका अनुसार कात्तिकमा अन्तःशुल्क (आन्तरिक)बाहेक कुनै पनि कर शीर्षकको लक्ष्य पूरा भएको छैन । विभागले उपलब्ध गराएको तथ्याङ्कअनुसार कात्तिकमा नौ अर्ब ८१ करोड ६८ लाख रुपियाँ आयकर सङ्कलन गर्ने लक्ष्य तोकिएकामा सात अर्ब ४२ करोड ४२ लाख रुपियाँ मात्र सङ्कलन भएको छ ।
निक्षेप र कर्जा वृद्धिदर सुस्त
चालू आर्थिक वर्षको पहिलो तीन महिनामा निक्षेप र कर्जाको वृद्धिदर सुस्त देखिएको छ । नेपाल राष्ट्र बैङ्कले बुधबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार असोज मसान्तसम्ममा निक्षेप ० दशमलव ४ र कर्जा १ दशमलव ३ प्रतिशतले मात्रै बढेको देखिएको हो ।
श्रमिकको गुम्सिएको पीडा
कतारमा यही नोभेम्बर २० (मङ्सिर ४ गते)देखि फिफा विश्वकप फुटबल प्रतियोगिता सुरु हुँदै छ । यसका लागि भव्य तयारी भएको छ । प्रतियोगिता सञ्चालन हुने रङ्गशालाको सजावट र कलाकारिताले रौनक थपिएको छ तर त्यही रङ्गशाला निर्माणका क्रममा ज्यान गुमाएका परिवार वा अङ्गभङ्ग वा दीर्घरोगी भएर वा तोकिएको तलब सुविधा नपाई फर्केका श्रमिकको रोदन कम्ती दर्दनाक छैन । रङ्गशाला निर्माणका क्रममा धेरै आप्रवासी श्रमिक÷कामदारले पसिना बगाएका छन् र पीडा भोगेका छन् । त्यसमा नेपाली श्रमिकको सङ्ख्या पनि ठूलो छ । यस्तैमध्येकी एक हुनुहुन्छ, मकवानपुर शिखरपानी–१५ की निर्मला पाख्रिन ।
बारामा एकाउन्न हजार मेट्रिक टन धान उत्पादन
बारा जिल्लामा यस वर्ष ५१ हजार १९१ मेट्रिक टन भदैया धान उत्पादन भएको छ। भदैया धान वैशाख, जेठ, असारमा रोपेर असार, साउन, भदौमा थन्क्याइन्छ। छिटो रोपिने र छिट्टै पाक्ने (९० दिनमा) भएकाले किसानले त्यसपछि अरू बाली धान (बासमती), मकै, तरकारी लगाउँछन्। यस जिल्लामा किसानले ११ हजार ९०५ हेक्टर क्षेत्रफलमा हर्दिनाथ १, चैते २, चैते ४ र राधा ४ जातको भदैया धान खेती गरेको र प्रतिहेक्टर ४.३ मेट्रिक टनले उक्त परिमाणमा भदैया धान उत्पादन भएको कृषि ज्ञान केन्द्र, कलैयाका प्रमुख जितेन्द्रप्रसाद यादवले जानकारी दिनुभयो।
नेपालगञ्ज एकीकृत जाँच चौकी असारसम्ममा सम्पन्न हुने
नेपालगञ्जस्थित नेपाल–भारत सिमानामा निर्माण भइरहेको एकीकृत भन्सार जाँच चौकी (आईसीपी)को निर्माण ७० प्रतिशत पूरा भएको छ। कोभिड–१९ र वर्षालगायतका कारण ढिलाइ भए पनि आगामी सात महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको निर्माण कम्पनीले जनाएको हो। यो जाँच चौकी भारतीय सिमानासँग जोडिएको नेपालगञ्ज उपमहानगरपालिका–१६, जयसपुरमा निर्माण भइरहेको छ।
मुख्य सूचकमा सुधार
विगत केही महिनायता समस्याग्रस्त रहेको अर्थतन्त्रका केही सूचकमा सुधार देखिएको छ। नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको चालू आर्थिक वर्षको तीन महिनासम्मको आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी प्रतिवेदनअनुसार शोधनान्तर, विदेशी विनिमय सञ्चिति तथा विपे्रषण आप्रवाहमा क्रमिक सुधार भइरहेको छ।
नेपाल बैङ्कले सेवालाई सहज बनाउँदै लगेको छ
मुलुककै जेठो बैङ्क नेपाल बैङ्क लिमिटेड आफ्नो स्थापनाको ८६औँ वर्षमा प्रवेश गरेको छ। नेपालमा वित्तीय सुविधा विस्तारमा ऐतिहासिक भूमिका निर्वाह गरेको नेपाल बैङ्कले अहिले निजी क्षेत्रसँग प्रतिस्पर्धा गरिरहेको छ। विभिन्न सुधार प्रयासका परिणामस्वरूप अहिले यो बैङ्क आफ्नो छुट्टै र विशिष्ट पहिचान बनाउन सफल भएको छ। यिनै परिवेशमा नेपाल बैङ्क लिमिटेड सञ्चालक समितिका अध्यक्ष गङ्गाप्रसाद ज्ञवालीसँग गोरखापत्रका गोपालचन्द्र सुवेदीले गर्नुभएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ :
एक महिनामा ५३८ मिटर खनियो
राष्ट्रिय गौरवको आयोजना सुनकोसी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ मार्ग निर्माण तीव्र गतिमा भइरहेको छ। टनेल बोरिङ मेसिनबाट सुरुङ खन्न सुरु गरिएको एक महिनाको अवधिमा मङ्गलबारसम्म ५३८ मिटर सुरुङ खनिएको सुनकोसी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाले जनाएको छ। आयोजना प्रमुख मित्र बरालका अनुसार १३ दशमलव तीन किलोमिटर लामो सुरुङ असोज २८ गतेदेखि कमलामाई नगरपालिका–२, कुसुमटारबाट खन्न सुरु गरिएको थियो।
विदेशी लगानीको सीमा दुई करोड
सरकारले विदेशी लगानीको सीमा दुई करोड रुपियाँ बनाएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सोमबार राजपत्रमा सूचना प्रकाशित गरेर लगानीको सीमा घटाएको हो। विदेशी लगानीको न्यूनतम सीमा प्रतिविदेशी लगानीकर्ता दुई करोड रुपियाँ निर्धारण गरिएको हो। साना विदेशी लगानी नचाहिने भन्दै वैदेशिक लगानीको सीमा पाँच करोड पु-याएको सीमा घटाएर दुई करोड रुपियाँमा झारेको हो। नेपाल सरकार र गैरआवासीय नेपाली संयुक्त लगानीमा स्थापना हुने इन्भेस्टमेन्ट कम्पनीका हकमा भने यो सीमा लागू नहुने कम्पनीले जनाएको छ।
आलु खेतीमा आकर्षण बढ्दो
गुल्मीका ग्रामीण क्षेत्रमा महिला आलु खेती गर्न निकै व्यस्त छन्। जिल्लाको मुसीकोट नगरपालिकाका महिला समूहमा आबद्ध भएर आलु खेती गर्न निकै व्यस्त भएका हुन्। मुसीकोट नगरपालिका–७, वामीटक्सारमा रहेको लक्ष्मीनारायण महिला कृषि सहकारी संस्थाले सामूहिक आलु खेती गर्ने महिलालाई प्रोत्साहन गर्दै आएको हो। उक्त सहकारी संस्थामार्फत वडा नं. ८ मा गठित अमृतपुर आलु तथा अलैँची उत्पादक कृषक समूहले पनि कृषकहरूलाई समूहमा काम गर्न प्रोत्साहन गरेको छ।
ईपीएस सम्झौता नवीकरण हुने
दक्षिण कोरियाले नेपालसहित १६ देशसँगको रोजगार अनुमति प्रणाली (ईपीएस) सम्झौता एकै पटक नवीकरण गर्ने भएको छ। वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस शाखाले सन् २०२० देखि नवीकरणको प्रक्रियामा रहेको सम्झौता १६ देशकै एकै पटक गर्ने भएकाले केही ढिलाइ हो।
पशुपालन सर्वेक्षण : गाई र भैंसीबाट करिब नौ करोड लिटर दूध उत्पादन
नेपालमा २६ हजार गाई र भैंसीबाट आठ करोड ९० लाख लिटर दूध उत्पादन हुने गरेको पाइएको छ ।
मन्दीको जोखिममा अर्थतन्त्र
मुलुकको औद्योगिक क्षेत्र आर्थिक सङ्कटमा परेको छ। बजारमा तरलता अभाव, बैङ्कको चर्काे ब्याजदरले आर्थिक गतिविधि चलायमान नहुँदा समग्र औद्योगिक क्षेत्र सङ्कटमा पर्न थालेको हो । सिमेन्ट, फलाम, डन्डी, प्लास्टिक, अटोमोबाइल, साबुन, शृङ्गार, बिस्कुट, सर्फ तथा पेय पदार्थलगायत अन्य उद्योग आर्थिक समस्यामा परी उत्पादनमा कटौती हुन थालेको सम्बन्धित उद्योगीले जानकारी दिएका हुन् । बजारमा खपत कम हुुँदा निर्माण सामग्रीका उद्योग पनि बन्द हुने अवस्थामा पुगेका छन् । अर्थविद् डा. चिरञ्जीवी नेपालले अर्थतन्त्रमा शिथिलता आएकाले यसलाई समयमै सम्बोधन नगरे आर्थिक मन्दीतर्फ जाने जोखिम रहेको बताउनुभयो।
चुनावको मौकामा महँगियो भाउ
प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन नजिकिएसँगै बजारमा सबैजसो उपभोग्य वस्तुको भाउ आकाशिएको छ। सरकारका नियमनकारी निकायका कर्मचारी निर्वाचनमा केन्द्रित भएको मौका छोपी व्यापारीले आफूखुसी मूल्य तोकेपछि सबै उपभोग्य वस्तुका भाउ महँगिएको हो। नेपाल खुद्रा व्यापार सङ्घको तथ्याङ्कअनुसार पछिल्लो समय अधिकांश वस्तुको मूल्य बढेको छ। सङ्घका अध्यक्ष पवित्र वज्राचार्यले पछिल्लो समयमा दैनिक उपभोग्यका लागि आवश्यक पर्ने हरेक वस्तुको मूल्य बढेर आएको बताउनुभयो। उहाँले भन्नुभयो, “पछिल्लो पटक खाने तेल, दाल, चामल मात्रै होइन, हरेक वस्तुको मूल्य बढेर आएको छ, कारण खोज्दा खासै भेटिँदैन, पछिल्लो महँगी निर्वाचनकै असर हो।”
टेलिकमको निर्वाचन अफर
आगामी मङ्सिर ४ गते सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै नेपाल टेलिकमले निर्वाचन अफर ल्याएको छ। कम्पनीले निर्वाचनमा सूचना आदानप्रदान गर्न र निर्वाचन परिणाम थप सहजताका साथ मोबाइलमै प्राप्त गर्नका लागि नेपाल टेलिकमले निर्वाचन अफर उपलब्ध गराएको जनाएको छ। अफरमार्फत अझ सहज दरमा डाटा र भ्वाइस प्याक उपलब्ध गराइएको छ। डाटा प्याकअन्तर्गत १० दिनसम्म प्रयोग गर्न सकिने २० जीबी डाटा जम्मा २९४ रुपियाँमा उपलब्ध रहेको टेलिकमले जनाएको छ। यसैगरी छ जीबी डाटा तीन दिनसम्म प्रयोग गर्न सकिने प्याक जम्मा ९८ रुपियाँमा उपलब्ध छ।
भन्सार जाँचपासमा समस्या
भन्सार विभागले सर्भर अपडेट गरिरहेका कारण मुलुकभरका भन्सार कार्यालयबाट मालवस्तु जाँचपासमा व्यवधान आएको छ। आसिकुडा वल्र्ड सफ्टवेयरको अपडेट भइरहेकाले कतैकतै केही समस्या आएको विभागले जनाएको छ। सफ्टवेयर अपडेट गरेर ‘प्री–टेस्टिङ’ भइसकेको पनि यो परीक्षणकै चरणमा रहेकाले कतैकतै समस्या आएको विभागका सूचना अधिकारी पुण्यविक्रम खड्काले जानकारी दिनुभयो।
पुनहिलमा पर्यटक भरिभराउ
म्याग्दीको पर्यटकीय स्थल घोडेपानी र पुनहिलमा पर्यटकको चहलपहल बढ्न थालेको छ। अन्नपूर्ण गाउँपालिका–६ स्थित पुनहिल स्वदेशी एवं विदेशी पर्यटकले भरिभराउ भएको छ। कोरोनाका कारण शिथिल बनेको पर्यटन व्यवसाय पर्यटक आगमनमा वृद्धि भएसँगै सुधार देखिन थालेको छ। घोडेपानी र पुनहिलको भ्रमणमा आउने पर्यटक बढ्न थालेपछि पर्यटन व्यवसायी उत्साहित भएका छन्।
गन्तव्य मुलुकबाटै नवीकरण गर्न आग्रह
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम गन्तव्य देशबाटै श्रम स्वीकृति नवीकरण गर्न श्रमिकलाई आग्रह गरेको छ। मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै सबै श्रम गन्तव्य देशमा श्रम स्वीकृति गर्न सकिने व्यवस्था भएकाले म्याद सकिए वा नसकिएको जाँच गरी नवीकरण गर्न आग्रह गरेको हो। आफू कार्यरत रहेको मुलुकबाट नै श्रम स्वीकृति नवीकरण गरी नेपालको प्रचलित कानुनबमोजिम आफू र आफ्नो परिवारले पाउने कल्याणकारी सेवा सुविधा उपभोग गराउन मन्त्रालयले विज्ञप्तिमार्फत आग्रह गरेको छ।
सुनको मूल्य घट्यो
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु. एक सयले घटेर रु ९७ हजार दुई सय कायम भएको छ ।
हाते ट्र्याक्टरले गोरु विस्थापित
खप्तडछान्ना गाउँपालिका–५ का भरत गिरीलाई अहिले हलो समात्नै झमेला लाग्छ । उहाँले हलो नसमात्ने अडान नै लिनुभएको छ ।
सुन्तलामा औँसा कीरा
बिक्री गर्ने बेला सुन्तला कुहिएर बोटमै झर्न थालेपछि बागलुङका सुन्तला उत्पादक चिन्तित भएका छन् । बजार पठाउने बेला सुन्तलामा औँसा कीरा भेटिएको छ । सो कीराका कारण सुन्तलाका दाना कुहिएर बोटबाट झर्न थालेका छन् । जिल्लाभर करिब २० प्रतिशत सुन्तलामा औँसा कीराको प्रकोप देखिएको कृषि ज्ञान केन्द्रका बागवानी विकास अधिकृत कुमार पुनले बताउनुभयो ।
निर्जीवन बीमा कम्पनीले आर्जन गरे एघार अर्ब शुल्क
मुलुकमा सञ्चालित निर्जीवन बीमा कम्पनीले चालू आर्थिक वर्षको असोज महिनासम्म झन्डै ११ अर्ब रुपियाँ बीमा शुल्क आर्जन गरेका छन् । नियामक निकाय बीमा प्राधिकरणका अनुसार १९ वटा निर्जीवन बीमा कम्पनीले छ लाख ८९ हजार ४६८ बीमालेख जारी गरेर १० अर्ब ८४ करोड २४ लाख ५२ हजार रुपियाँ बराबरको बीमा शुल्क आर्जन गरेका हुन् । निर्जीवन बीमा कम्पनीले चालू आर्थिक वर्षको असोज महिनामा मात्रै दुई लाख ४४ हजार ९७ बीमालेख जारी गर्दै दुई अर्ब ९६ करोड सात लाख ९४ हजार रुपियाँ बीमा शुल्क आर्जन गरेका छन् ।
किसान मल माग्छन् उम्मेदवार दिन्छु भन्छन्
आगामी मङ्सिर ४ गते सिङ्गो देश र प्रदेशको नीति, कार्यक्रम, कानुन बनाउने विधायिकी नेतृत्वका लागि हुने आमनिर्वाचनमा मत माग्न घरदैलो पुगेका उम्मेदवारसँग मतदाताले माग्छन्– रासायनिक मल, बीउ, पानी। रामेछाप समाचारदाता नवराज श्रेष्ठका अनुसार रामेछापको मन्थली नगरपालिका–६, भलुवाजोरस्थित डाँडाखर्क गाउँमा ५८ घर दलित समुदायको बसोबास छ। यहाँको दलित समुदायलाई अहिले सबैभन्दा ठूलो समस्या खानेपानीको छ। २०५९ सालमा एक गैरसरकारी संस्थाले निर्माण गरिदिएको खानेपानी आयोजना २०७२ सालको भूकम्प र बाढीपहिरोले क्षति भएपछि मर्मत हुन सकेको छैन।
गाउँ भरिभराउ
पछिल्लो समय मौसम खुलेसँगै घुम्न जानेको सङ्ख्या बढ्न थालेको छ । सहर बजारभन्दा पनि गाउँसम्म पुगेर ग्रामीण परिवेशमा रमाउने पर्यटक बढ्दो छ । कास्कीका मुख्य पर्यटकीय गाउँमा यतिखेर पाहुनाको घुइँचो लागेको छ । दसैँतिहारको बिदा सकिएलगत्तै कास्कीको घान्दु्रक, सिक्लेस, ताङतिङ, धम्पुस, ल्वाङ, घलेगाउँलगायतका पर्यटकीय स्थलमा चहलपहल बढ्न थालेको हो ।