• ८ मंसिर २०८१, शनिबार

टेलिकमको ‘विन्टर अफर’

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, पुस २८ गते । नेपाल टेलिकमले बिहीबारदेखि लागू हुने गरी विन्टर अफर सार्वजनिक गरेको छ । अफरअन्तर्गत प्रिपेड मोबाइल प्रयोगकर्ताले १९९ देखि ६९९ रुपियाँसम्मको २८ दिनसम्म प्रयोग गर्न सकिने डाटा, भ्वाइस र सन्देशका विभिन्न प्याक उपलब्ध छन् ।

स्टे कनेक्टेड अफरअन्तर्गत १३० रुपियाँमा पाँच दिनका लागि सबै नेटवर्कमा दुई जीबी र फोरजी नेटवर्कमा प्रयोग गर्न सकिने चार जीबी डेटासहित सबै नेटवर्कमा कुराकानी गर्न सक्ने गरी १५० मिनेट भ्वाइस सुविधा पनि उपलब्ध गराएको छ ।

टेलिकमले आफ्नो एफटीटीएच सुविधाअन्तर्गत ४० र ८० एमबीपीएस इन्टरनेट ब्यान्डविथसहितको प्याक नवीकरण गर्दा क्रमशः १६ हजार ६८२ र २१ हजार ५४१ रुपियाँ मूल्य निर्धारण गरेको छ । पोस्टपेड कम्बो प्याकअन्तर्गत उपलब्ध भइरहेको ३७३ रुपियाँमा ३० दिनसम्म प्रयोग गर्न सकिने छ ।