प्राथमिकतामा उत्थानशील अर्थतन्त्र
उत्थानशील अर्थतन्त्र निर्माणलाई मुख्य प्राथमिकतामा राख्दै सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मङ्गलबार सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा सरकारले उद्योगले नेतृत्व गरेको उत्थानशील अर्थतन्त्र निर्माण गर्ने नीति अख्तियार गरेको उल्लेख छ । त्यसका लागि ‘नेपाली उद्योग, नेपालमै रोजगारः आफ्नो उत्पादन, आफ्नै व्यापार’ अभियान सञ्चालन गरी नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि अभियान दशक प्रारम्भ गरिने भएको छ ।
एक महिनामै घट्यो २० अर्ब आयात
उच्च आयातका कारण विदेशी मुद्रा सञ्चितिमा चाप परेको भन्दै केही वस्तुको आयातमा लगाइएको प्रतिबन्धको सकारात्मक असर देखिन थालेको छ । आयात प्रतिबन्धको यो नीतिले निरन्तर बढिरहेको आयात वृद्धिदरमा ‘बे्रक’ लागेको छ । भन्सार विभागले मङ्गलबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको १० महिनासम्मको तथ्याङ्कअनुसार वैशाखमा आयात २० अर्ब रुपियाँले घटेको छ । वैशाखमा एक खर्ब ३७ अर्ब ९९ करोड रुपियाँको वस्तु आयात भएको छ ।
सबल अर्थतन्त्र निर्माणमा जोड
सरकारले आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै समुन्नत नेपालको आकाङ्क्षालाई पूर्ण रूपमा आत्मसात् गरेको जनाएको छ । नीति तथा कार्यक्रमको कार्यान्वयनबाट कृषि, उद्योग र सेवा क्षेत्रको उत्पादकत्व वृद्धि भई सबल अर्थतन्त्र निर्माण गर्न योगदान पुग्ने अपेक्षा लिइएको छ ।
सार्वजनिक यातायातको भाडा वृद्धि
सार्वजनिक यातायातको भाडा दुई सातामा दोस्रो पटक वृद्धि भएको छ । पेट्रोलियम पदार्थको लगातार मूल्य वृद्धि भएपछि सार्वजनिक यातायातको भाडा पनि सोहीअनुसार समायोजन गर्नु परेको यातायात व्यवस्था विभागले जनाएको छ ।
दश महिनामा १४ खर्ब बढीको व्यापार घाटा
चालु आर्थिक वर्षको पहिलो १० महिनामा मुलुकको वैदेशिक व्यापार घाटा १४ खर्ब ३१ अर्ब ३० करोड पुगेको छ । चालु आवको पछिल्लो १० महिनामा गत आवको भन्दा २४ दशमलव ९४ प्रतिशतभन्दा बढी हो ।
नयाँ औद्योगिक क्रान्तिमा सहयोग गर्न ब्रिक्सको आह्वान
उदीयमान अर्थतन्त्रका रुपमा विश्वमा परिचय बनाएका ब्राजिल, रुस, भारत, चीन र दक्षिणअफ्रिका प्रमुृख सदस्य रहेको समूह (ब्रिक्स) का उद्योग मन्त्रीहरूले दिगो विकासका लक्ष्य हासिल गर्न नयाँ औद्योगिक क्रान्ति अपरिहार्य भएको बताउँदै त्यस निम्ति पारस्परिक एवम् नवप्रवर्तनयुक्त सहयोगलाई अझ सुदृढ तुल्याउन आह्वान गरेका छन् ।
फर्कियो जजिराको विमान
वतरणको क्रममा चरासँग ठोक्किएका कारण समयमै उडान गर्न नसकेको जजिरा एयरको विमान सोमबार अपराह्न ५ः१५ बजे फर्किएको छ । कुवेतबाट आएको सो जहाज बिहान पौने २ बजे भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा चरा ठोकिएको आशङ्का गरिएको थियो ।
घरजग्गा कारोबारमा कमी
वैशाख महिनामा देशभर घरजग्गाको कारोबारमा गिरावट आएको छ । चालू आर्थिक वर्षको साउनदेखि फागुन महिनासम्म बढेको घरजग्गाको कारोबार चैतदेखि ओरालो लाग्न थालेको भूमि व्यवस्था तथा अभिलेख विभागले जनाएको छ ।
बिदाले पेट्रोलियम आपूर्तिमा समस्या
हप्ताको दुई दिन सार्वजनिक बिदा हुँदा बजारमा पेट्रोलियम पदार्थको अभाव देखिएको छ । सोमबार काठमाडौँ उपत्यकाका अधिकांश पम्पमा डिजल पेट्रोल भर्ने सवारीसाधनको लामो लाइन थियो । नेपाल आयल निगमले शनिबार र आइतबार डिपो बन्द गरेपछि पम्पमा अभाव भएको हो तर पेट्रोलियम व्यवसायीले भने निगमले इन्धन बिक्री कटौती गरेको आरोप लगाएका छन् ।
सहकारीको डिजिटल रूपान्तरणका लागि साझेदारी
राष्ट्रिय सहकारी महासङ्घले सहकारीको डिजिटल रूपान्तरणका लागि इन्फोडेभलपर्ससँग रणनीतिक साझेदारी गर्न सोमबार सम्झौता गरेको छ । सम्झौतापत्रमा महासङ्घका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बा इन्फोडेभलपर्सका प्रमुख कार्यकारी अधिकृत उमेश रघुवंशीले हस्ताक्षर गर्नुभएको थियो ।
लसुनमा आत्मनिर्भर
लसुन उत्पादनमा हुम्ला जिल्ला आत्मनिर्भर भएको छ । आम्दानी धेरै हुन थालेपछि धेरै किसान लसुन खेतीमा आकर्षित हुँदा हुम्ला जिल्ला नै आत्मनिर्भर भएको हो । सिमकोट गाउँपालिका–४ का छिमेल लामाले चार रोपनी जग्गामा लसुन खेती गरेर २५ क्विन्टलभन्दा बढी उत्पादन गरेको बताउनुभयो ।
समाधान तत्कालीन, असर दीर्घकालीन
अन्तर्राष्ट्रिय बजारमा नै पेट्रोलियम पदार्थको मूल्य अचाक्ली बढेर नेपालमा पनि त्यसको चाप परेपछि सरकार पेट्रोलियम पदार्थको मूल्य घटाउने र उपभोग कम गर्ने दोहोरो दबाबमा परेको छ । नेपाल आयल निगमले एक सातामा नै दुई पटक मूल्य वृद्धि गरी प्रतिलिटर पेट्रोल १८०, डिजेल र मट्टितेल १६३, हवाई इन्धन १६६ (आन्तरिक) र ग्यास प्रतिसिलिन्डर एक हजार आठ सय रुपियाँ पु-याएपछि यस्तो दबाब बढेको हो । आमउपभोक्तामा मूल्य वृद्धिले पारेको असर कम गर्न पेट्रोलियम पदार्थमा लगाइँदै आएको कर घटाउने वा स्वचालित मूल्यमा नै दर नि
नेपालमा औद्योगिक ग्राम बनाउन मलेसियालाई चेम्बरको आग्रह
नेपालमा औद्योगिक ग्राम स्थापनाका लागि नेपाल चेम्बर अफ कमर्सले मलेसियासँग आग्रह गरेको छ । पर्यटन, सूचना प्रविधि, तथा उत्पादनमा एकीकृत लगानीको अवधारणाअन्तर्गत औद्योगिक ग्राम निर्माणका लागि मलेसियालाई चेम्बरले आग्रह गरेको हो ।
खर्च विवरण पेस गर्न निर्देशन
वैदेशिक रोजगार विभागले मलेसियामा श्रमिक पठाउने वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीलाई रोजगारदाताबाट प्राप्त आम्दानी र खर्चको विवरण उपलब्ध गराउन निर्देशन दिएको छ । विभागले सूचना जारी गर्दै म्या
विदेशको भन्दा राम्रो कमाइ
छ वर्ष मलेसिया बसेर फर्केका दक्षिण ललितपुर मानिखेलका राजेश घिमिरे पाँच वर्षदेखि पशुपालनमा रमाइरहनुभएको छ । १८ वटा भैँसी र एउटा गाई पालिरहनुभएका घिमिरे दैनिक एक सय लिटरभन्दा बढी दूध बिक्री गर्नुहुन्छ । घरपरिवारसँगै बसेर मलेसियाभन्दा राम्रो कमाइ भएपछि आगामी दिनमा यसै व्यवसायलाई नै विस्तार गर्ने योजना घिमिरेले सुनाउनुभयो ।
फेरि बढ्यो इन्धनको मूल्य : पेट्रोल प्रतिलिटर १८०, ग्यास प्रतिसिलिण्डर एक हजार ८००
काठमाडौं, जेठ ८ गते । नेपाल आयल निगमले आइतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धन (आन्तरिक) मा प्रतिलिटर १० र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर २०० वृद्धि गरेको छ । पेट्रोलको मूल्य प्रतिलिटर १८०, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १६३, हवाई इन्धनको मूल्य प्रतिलिटर १६६ तथा एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर रु एक हजार ८०० पुगेको छ ।निगमले यसअघि गत वैशाख ३१ गते पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर रु १० वृद्धि गरेको थियो ।
‘मुलुकमा नीतिगत सुनिश्चितता, पद्धति र प्रणालीगत सुधारको खाँचो’
मुलुकको पद्धति र प्रणालीगत सुधार नभएसम्म नागरिकले सोचेको जस्तो विकास हुन नसक्ने काठमाडौँमा आयोजित एक कार्यक्रममा औँल्याइएको छ ।
गहुँ निकासीमा भारतले लगाएको प्रतिबन्धको प्रभाव : तत्काल अभाव हुँदैन
भारत सरकारले गहुँको निकासीमा प्रतिबन्ध लगाए पनि नेपालमा भने तत्काल अभाव नहुने सम्बद्ध निकायले जनाएका छन् । अहिले गहुँको सिजन भएको र उद्योगसँग मौज्दात रहेकाले तत्कालका गहुँको अभाव नहुने भएको हो तर लामो समयसम्म आयात रोकियो भने गहुँ कच्चा पदार्थका रूपमा प्रयोग गर्ने उद्योगलाई समस्या पर्ने र गहुँ र त्यसबाट बनेका खाद्यवस्तुको मूल्य वृद्धि हुनसक्ने अनुमान गरिएको छ । नेपालगञ्जको विकास फ्लोर मिलका सञ्चालक विकास दुगडले आ
विद्युत् खरिद गर्न बङ्गलादेश तयार
नेपालका लागि बङ्गलादेशका राजदूत सलाहुद्दिन नोमान चौधरीले नेपालबाट विद्युत् खरिद गर्न बङ्गलादेश तयार रहेको बताउनुभएको छ । नेपाल–बङ्गलादेशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पुगेको अवसरमा काठमाडौँस्थित बङ्गलादेशी दूतावासमा नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधिसँगको छलफलमा उहाँले नेपालको विद्युत् खरिद गर्न बङ्गलादेश आतुर रहेको बताउनुभएको हो ।
‘लजिस्टिक्स’बारे सुझाव सङ्कलन
नीति अनुसन्धान प्रतिष्ठानले लजिस्टिक्स नीतिबारे सुुझाव सङ्कलन गर्न सरोकारवाला निकायसँग संवाद गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्देशनमा प्रतिष्ठानले सरोकारवाला निकायलाई बोलाएर शुक्रबार संवाद कार्यक्रम आयोजना गरेको होे ।
उपत्यकाका बङ्गुरमा अफ्रिकन स्वाइन फिभर
उपत्यका विभिन्न ठाउँमा पालिएका बङ्गुरमा अफ्रिकन स्वाइन फिभर रोग देखा परेको छ । यो
अर्थतन्त्रको सबलीकरण मुख्य लक्ष्य
अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्रको सबलीकरण गर्ने तथा देशभित्रै उत्पादन हुन सक्ने कृषि उपजको अत्यधिक आयातलाई नियन्त्रण गर्ने विषय सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ । कोरोना कहर, बेमौमसी वर्षा र रु
सबै श्रम स्वीकृति अनलाइनबाट
वैदेशिक रोजगारीका लागि नयाँ व्यक्तिगत श्रम स्वीकृति दिने काम पनि अनलाइन प्रणालीबाट हुन थालेको छ । यसअघि पुनः श्रम स्वीकृति र संस्थागत श्रम स्वीकृति मात्रै अनलाइनबाट गर्दै आएको वैदेशिक रोजगार विभागअन्तर्गतको वैदेशिक रोजगार कार्यालय, काठमाडौँले शुक्रबा
श्रमिकलाई सेवा दिने तयारी
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सेवा दिने तयारी थालेको छ । श्रममन्त्री कृष्णकुमार श्रेष्ठ नेतृत्वको टोली शुक्रबार भैरहवा गएर आवश्यक प्रबन्ध गर्न निर्देशन दिएको मन्त्रालयले जनाएको छ ।