• १३ साउन २०८१, आइतबार

सुनको मूल्य बढ्यो

blog

काठमाडौँ,  पुस  २४ गते । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु. एक लाख तीन हजार तीन सय तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु. एक लाख दुई हजार तीन सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु. एक हजारले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. एक लाख दुई हजार आठ सय छ । यसको मूल्य अघिल्लो दिन रू. एक लाख एक हजार आठ सय थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा रु. १५ ले बढेर प्रतितोला रु. एक हजार तीन सय ८० पुगेको महासङ्घले जनाएको छ । 

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।