• १३ साउन २०८१, आइतबार

रेसुङ्गा विमानस्थलमा आज परीक्षण उडान

blog

रेसुङ्गा विमानस्थल । तस्बिर : रमेश विश्वकर्मा

रमेश विश्वकर्मा

गुल्मी, पुस २४ गते । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका–१० सिमिचौरमा निर्माण भएको रेसुङ्गा विमानस्थलमा आज डेमो उडान हुने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तारा एयरको ट्विनअटर जहाजले रेसुङ्गा विमानस्थलको लागि आज बिहान ११ः०० बजे डेमो उडान गर्ने भएको हो । 

कुल ३३ करोड लागतमा बनेको विमानस्थल पाँच सय २० मिटर लम्बाइ र २० मिटर चौडाइ छ । एक सय ५६ रोपनी क्षेत्रफलमा फैलिएको विमानस्थल २०७५ जेठ २५ गते भएको धुले परीक्षण उडान भएको थियो । २०६३ साल देखि निर्माण कार्य सुरु भएको यस विमानस्थलको १६ वर्षपछि निर्माणकार्य सम्पन्न भएको हो । डेमो उडान सम्पन्न भए लगत्तै नियमित उडानका लागि आफूहरूले प्रक्रिया  अगाडि बढाउने रेसुङ्गा नगरपालिका प्रमुख खिलध्वज पन्थीले बताउनुभयो । 

डेमो उडान हुने भएपछि यस जिल्लाका जनतामा निकै उत्साह बढेको छ । आज परीक्षण उडान हुने अवसरमा आज दिनभर रेसुङ्गा नगरपालिकाबाट प्रदान हुने सम्पूर्ण सेवा बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद अर्यालले जानकारी दिनुभयो ।