• १२ असोज २०८१, शनिबार

अलैंची व्यवसायी संघ ताप्लेजुङ जिल्ला अध्यक्षमा रेग्मी

blog

अध्यक्षमा निर्विरोध निर्वाचित भद्रवीर रेग्मी। फाइल तस्बिर

चन्द्र पन्दाक

ताप्लेजुङ, पुस २३ गते। नेपाल अलैंची व्यवसायी संघ ताप्लेजुङको अध्यक्षमा भद्रवीर रेग्मी चयन हुनुभएको छ। सदरमुकाम फुङ्लिङमा शनिबार सम्पन्न जिल्ला अधिवेशनबाट रेग्मी अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको हो। 

संघको ११ सदस्यीय कार्यसमितिमा राजमणि मिश्र, तेजबहादुर भट्टराई र शङ्कर बस्नेत क्रमशः प्रथम, द्वितीय र तृतीय उपाध्यक्षमा चयन हुनुभएको छ। 

सचिवमा खेमराज केसी, सहसचिव गायत्री भण्डारी, कोषाध्यक्षमा रामप्रसाद बराल चयन हुनुभएको छ। सदस्यमा तोयानाथ गौतम, इन्दिरा बस्नेत, गोमा भण्डारी, हरिप्रसाद ओझा, अमृतबहादुर लिम्बू र चन्द्र राई चयन हुनुभएको छ। 

विगत २०६५ सालमा स्थापना भएको नेपाल अलैँची व्यवसायी संघले गाउँगाउँसम्म पुगेर अलैँची खेती व्यवस्थापन, उत्पादन र बजारीकरणलगायत विषयमा विभिन्न क्रियाकलापहरु गर्दै आएको छ।