• १३ साउन २०८१, आइतबार

अवैध अण्डा र चल्ला आयात रोक्न गृहमन्त्रीको निर्देशन

blog

चितवनको भरतपुरमा कुखुरा व्यवसायीले आयोजना गरेको छलफल कार्यक्रममा गृहमन्त्री । तस्बिर: शान्ता अधिकारी / चितवन

शान्ता अधिकारी 

चितवन, पुस २८ गते । गृहमन्त्री भएपछि पहिलोपटक बिहीबार चितवन आउनुभएका गृह एवं उपप्रधानमन्त्री रवि लामिछानेले अवैध कुखुरा र चल्लाको आयत रोक्न निर्देशन दिनुभएको छ ।

पोल्ट्री व्यवसायीहरूले भरतपुरमा राखेको छलफल कार्यक्रममा विभिन्न जिल्लाका सुरक्षा निकायहरूलाई अवैध कुखुरा, चल्ला र मासु आयत रोक्न निर्देशन दिनुभएको हो ।

पछिल्लो समय भारतबाट विभिन्न नका हुँदै अण्डा, चल्ला र कुखुराको मासु भित्रिएपछि आत्मनिर्भर बनेको यो व्यवसायमा सङ्कट उत्पन्न भएपछि ध्यान दिन व्यवसायीहरूले गृहमन्त्रीलाई अनुरोध गरेका थिए । गृहमन्त्रीले सोही स्थानबाट सबैले सुन्ने गरी नेपालगन्ज, सिन्धुली, सर्लाहीका सुरक्षा अधिकारीहरूलाई टेलिफोनमार्फत त्यस्तो आयात रोक्न निर्देशन दिनुभएको हो ।

उक्त कार्यक्रममा नेपाल पोल्टी महासङ्घका अध्यक्ष गुणचन्द्र विष्टले कुल राष्ट्रिय आयमा चार प्रतिशतभन्दा बढी योगदान रहेको आत्मनिर्भर व्यवसाय केही समय यता धराशायी हुने अवस्थामा पुगेकाले अवैध आयत रोक्न गृहमन्त्रीलाई अनुरोध गर्नुभएको थियो ।