• २४ फागुन २०८२, आइतबार

सिन्धुपाल्चोक–१ मा रास्वपाका भरत विजयी

blog

सिन्धुपाल्चोक क्षेत्र नं. १ मा विजयी भएका रास्वपाका भरत प्रसाद पराजुली ।

चित्रकुमार मिजार
सिन्धुपाल्चोक, फागुन २४ गते ।
सिन्धुपाल्चोक क्षेत्र नं.१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार भरत प्रसाद पराजुलीले २४ हजार ४१२ मत ल्याई सङ्घीय सांसदमा निर्वाचित हुनुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपाका उम्मेदवार माधव सापकोटालाई १७ हजार ३२७ मत ल्याई पराजित हुुनु भएको हो । साथै कांगे्रसका जंगबहादुर लामाले ११ हजार २९३ मत र एमालेका सरेश नेपालले ११ हजार ९६१ मत ल्याएका थिए ।

सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नं. १ मा कुल मत एक लाख ३६ हजार ९८५ मतदाता रहेकोमा ७३ हजार ७१५ मत खसेको थियो । पराजुली लामो समयदेखि राजनीतिक र सामाजिक सेवामा खटिदै आउनु भएको थियो । निर्वाचित सांसद पराजुलीलाई मुख्य निर्वाचन अधिकृत रिताकुमारी बख्रेलले प्रमाणपत्र प्रदान गर्नुभएको छ । उहाँले समाज शास्त्रमा स्नात्तोकर गर्नुभएको छ । उर्जा विकास, दिगो बिकासमा काम गर्दे भ्रष्टाचार न्यूनीकरण गर्ने र सुशासन कायम गर्ने कार्य गर्ने नवनिर्वाचित साँसद भरतले बताउनु भएको छ ।