प्राथमिकताका आधारमा योजना सङ्कलन हुँदै
सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि यस पटक विगतभन्दा फरक ढङ्गले योजना सङ्कलनको कार्यलाई अगाडि बढाएको छ । जनताको आवश्यकता र प्राथमिकताका योजना पालिकास्तरबाट सोझै समेट्नका लागि सरकारले प्रदेशका ३२ वटै निर्वाचन क्षेत्रमा योजना सम्मेलन/गोष्ठी गरेर वैशाख २५ गतेभित्र योजना सङ्कलन गर्न लागेको हो । वडा हुँदै पालिकासम्म पुगेका योजना सङ्कलन गर्नका लागि प्रदेश सभा सदस्यहरू आआफ्नो निर्वाचन क्षेत्रमा खटिरहनुभएको छ ।
ऊनबाट कपडा बुन्दै गुर्जाकी महिला
म्याग्दीको दुर्गम धवलागिरि गाउँपालिका–१, गुर्जाकी ७५ वर्षीया रनशोभा छन्त्यालले वर्षौंदेखि भेडाको ऊनबाट हापदुलालगायतका कपडा तयार पार्दै आउनुभएको छ । पुख्र्यौली सीपलाई उहाँले निरन्तरता दिँदै आउनुभएको हो । एउटा हापदुला तयार पार्न चार दिन लाग्ने छन्त्यालले बताउनुभयो ।
बृहत् स्याउ बगैँचा विस्तार
स्याउले आर्थिक सम्भावना बोकेको जुम्लामा बृहत् स्याउ व्यवसाय सुरु गर्न थालिएको छ । किसान बृहत् व्यावसायिक रूपमा स्याउका बिरुवा रोपेर आर्थिक उत्पादनमा लाग्न थालेका हुन् । जुम्ला गुठीचौर गाउँपालिका–५ का किसान मीनबहादुर भण्डारी नेतृत्वको जलजला, धपडा र काँडाखोला स्थानमा सञ्चालन गरिएको गुठीचौर एग्रोफार्ममा ३५ हजार बिरुवा रोपिएका छन् । एकै स्थानमा २८ हजार स्याउका बिरुवा रोपिएका छन् ।
उत्पादकत्वमा वृद्धि हुने गरी अनुसन्धान गर्न निर्देशन
कृषि तथा पशुपन्छी विकासमन्त्री डा. वेदुराम भुसालले कृषिमा उत्पादकत्व र उत्पादन वृद्धि हुने गरी अनुसन्धानलाई अगाडि बढाउन कृषि वैज्ञानिकहरूलाई निर्देशन दिनुभएको छ । मन्त्री भुसालले बिहीबार नेपाल कृषि अनुसन्धन परिषद् (नार्क)मा अनुगमन गर्न गएका बेला सो निर्देशन दिनुभएको हो । मन्त्री भुसाल बिहीबार नार्कमा आकस्मिक निरीक्षण गर्न पुग्नुभएको थियो । १०:३० बजे पुग्दा नार्कको केन्द्रीय कार्यालयमा कुनै पनि कर्मचारी थिएनन् । उहाँ अनुगमनकै क्रममा राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्रमा पुग्नुभएको थियो । त्यही नार्कका निर्देशक डा. धु्रव भट्टराईको उपस्थितिमा कार्यक्रम थियो ।
मन्दीबाट जोगाउन महासङ्घको आग्रह
अर्थतन्त्रमा मन्दीको अवस्था देखिएको भन्दै नेपाल उद्योग वाणिज्य महासङ्घले यसबाट बाहिर ल्याउन सरकारलाई आग्रह गरेको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै महासङ्घले राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको राष्ट्रिय लेखा तथ्याङ्कले बजारमा लामो समयदेखि विद्यमान मन्दीलाई प्रतिविम्बित गरेको भन्दै अर्थतन्त्रलाई मन्दीबाट बाहिर ल्याउन बजारमा माग बढाउनुपर्ने उल्लेख गरेको छ ।
‘बजेटमा नयाँ ठूला पूर्वाधारका परियोजनाको सम्भावना न्यून’
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सरकारले दबाबपूर्ण अवस्थामा आगामी आर्थिक वर्षको बजेट बनाउन लागेको बताउनुभएको छ । चालु आर्थिक वर्षको बजेटको कार्यान्वयनका समस्या र आर्थिक सङ्कटको परिदृश्यका कारण आगामी आर्थिक वर्ष २०८०÷८१ को बजेटले नयाँ ठूला पूर्वाधारका परियोजना ल्याउने अवस्था नरहेको बताउनुभएको हो ।
उनन्तीस ब्रोकर कम्पनी थपिँदै
नयाँ ब्रोकरको लाइसेन्सका लागि निवेदन दिएकामध्ये फेरि १३ ब्रोकर कम्पनीले पनि आशयपत्र (एलओआई) पाएका छन् । नेपाल धितोपत्र बोर्डको बुधबार बसेको सञ्चालक समितिले थप १३ कम्पनीलाई ब्रोकरका रूपमा काम गर्न आशयपत्र प्रदान गरेको हो । यसअघि नयाँ ब्रोकरको लाइसेन्सका लागि निवेदन दिएकामध्ये १६ ब्रोकर कम्पनीले आशयपत्र (एलओआई) पाइसकेका छन् ।
आवेदकमध्ये दस प्रतिशतलाई रोजगारी
सरकारको न्यूनतम रोजगारी दिने प्रधानमन्त्री रोजगार कार्यक्रममा सूचीकृत भएकामध्ये १० प्रतिशतले मात्रै रोजगारी पाउने गरी बजेट विनियोजन गरिएको छ । चालु आर्थिक वर्षमा उक्त कार्यक्रममा बेरोजगारी भनेर आवेदन दिनेको सङ्ख्या आठ लाख ४१ हजार ३७९ जना रहेकामा चालु आर्थिक वर्षमा उक्त कार्यक्रमका लागि छुट्याइएको बजेटले ८६ हजारलाई न्यूनतम एक सय दिनको रोजगारी दिन सकिने भएको हो ।
सरकारको ध्यान नीति तथा कार्यक्रम र बजेट निर्माण केन्द्रित : मन्त्री बस्नेत
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले सरकारले आफ्नो औचित्य पुष्टि हुनेगरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउने बताउनु भएको छ ।
माग घटेपछि भन्सारमै थन्किए एक हजार बढी सवारी साधन
आयातकर्ताले जाँचपास गराएर नलगेपछि एक हजारभन्दा बढी सवारी साधन वीरगञ्जस्थित एकीकृत सुरक्षा जाँच चौकीमा थन्किएका छन् ।
अझै घोडा चढेर यात्रा गर्छन् गुर्जावासी
म्याग्दीको दुर्गम गुर्जा गाउँमा अझै सडक पुगेको छैन । गुर्जालाई जिल्लाको अन्तिम मानव बस्ती मानिन्छ । गुर्जालाई लुकेको बस्ती पनि भन्ने गरिन्छ । धवलागिरि गाउँपालिकाको १ नम्बर वडामा पर्ने गुर्जामा सडक पुर्याउन अझै वर्षौँ लाग्न सक्छ । अनकन्टार भीर पहरा र वन जङ्गल पार गरेर मात्र गुर्जा पुग्न सकिन्छ ।
वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न पहल
सरकारले आन्तरिक र वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने उद्देश्यसहित नेपाल रोजगार सूचना व्यवस्थापन प्रणाली (नेमिस) सफ्टवेयर निर्माण गरी ७५३ वटै स्थानीय पालिकामा नेटवर्क जोड्ने तयारी गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विश्व बैङ्कको आर्थिक सहयोगमा आउँदो आर्थिक वर्षको साउनदेखि नै उक्त नेटवर्कबाट काम गर्ने गरी तयारी भएको जनाएको छ ।
विभिन्न जातका बिउ सूचीकृत
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले विभिन्न बालीका रैथाने तथा वर्णशङ्कर जातका बिउ सूचीकृत गरेको छ । कृषि मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माका अनुसार खाद्यान्न, दलहन बाली, फलफूल बाली र तरकारी बालीका विभिन्न आठवटा रैथाने तथा वर्णशङ्कर जातका बिउ मन्त्रालयले सूचीकृत गरेको छ ।
डिजेल आयात २६ प्रतिशतले घट्यो
बजारमा डिजेलको खपत घटेसँगै आयातमा २६ प्रतिशतले कमी भएको छ । नेपाल आयल निगमका अनुसार चालु आर्थिक वर्षको साउनदेखि चैतसम्म खपत कम हुँदा डिजेल आयात २६ प्रतिशतले घटेको हो । चालु आवको नौ महिनामा आयात घटेर १० लाख ३६ हजार किलोलिटर डिजेल आयात भएको छ । पछिल्लो समय मुलुकमा देखा परेको आर्थिक सङ्कटका कारण विकास निर्माणको काम नहुँदा खपत घटेसँगै डिजेलको आयातमा उल्लेख्य कमी आएको हो ।
निगम अध्यक्षलाई प्राधिकरणको पुनः स्पष्टीकरण
नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थल सेवा शुल्क नियमावली, २०७८ अनुसार ग्राउन्ड ह्यान्डलिङ शुल्कको विषयमा मनपरी गरेको भन्दै नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई स्पष्टीकरण सोधेको छ ।
दूरसञ्चार प्राधिकरणको नियन्त्रणमा स्मार्ट टेलिकम
स्मार्ट टेलिकम नेपाल दूरसञ्चार प्राधिकरणको नियन्त्रणमा आएको छ । तोकिएको समयभित्र नवीकरण नगरेपछि स्वतः अनुमतिपत्र खारेजीमा परेको स्मार्ट टेलिकमलाई प्राधिकरणले बुधबार नियन्त्रणमा लिएको हो । प्राधिकरणले आफ्नो कर्मचारीको एउटा टोली खटाएर स्मार्ट टेलिकमको दूरसञ्चार पूर्वाधार, प्रणाली, ग्राहक र सम्पत्तिबारे तथ्याङ्क लिएर कम्पनी स्वामित्वमा लिएको हो ।
खेतमै कुहिन थाल्यो गहुँ
दोलखाका किसानलाई यति बेला हिउँदे मुख्य बाली गहुँ थन्क्याउने चटारो परेको छ । मङ्सिर,पुसमा छरेको गहुँ हिजोआज खेतैभरि पहेँल पुर भएर पाकेपछि किसानलाई गहुँ थन्क्याउने चटारो परेको स्थानीय किसान दल बहादुर राउतले बताउनु भयो ।
काँकडभिट्टाबाट सत्र करोडको बन्दाकोभी भारत निर्यात
काकडभिट्टा नाका हुँदै चालु आर्थिक वर्षको नौ महिनामा रु १७ करोडभन्दा बढीको बन्दाकोभी भारत निर्यात गरिएको छ । धनकुटा, इलाम, झापालगायत जिल्लामा उत्पादन भएको बन्दाकोभी भारत निर्यात गरिएको हो ।
आर्थिक सङ्कटको मारमा उद्योग व्यवसाय
मुलुकमा देखा परेको आर्थिक सङ्कटका कारण उद्योग व्यवसाय पूर्ण रूपमा सञ्चालनमा आउन सकेका छैनन् । अर्थतन्त्रको बाह्य क्षेत्र सुधार देखिए पनि आन्तरिक क्षेत्रमा देखिएको समस्याका कारण उद्योग व्यवसाय सङ्कटमा पर्न थालेका हुन् । बैङ्कको उच्च ब्याजदरका कारण समग्र उद्योग व्यवसाय पूर्ण रूपमा सञ्चालन नभई आर्थिक सङ्कट देखा परेको व्यवसायीको भनाइ छ । बैङ्कको ब्याज तिर्न नसकेका कतिपय ससाना व्यवसाय बन्द भएका छन् । धेरै उद्योग आंशिक रूपमा मात्र सञ्चालन भएको र कतिपय उद्योग बन्द हुने अवस्थामा पुगेको व्यवसायीको भनाइ छ । आर्थिक सङ्कटबाट साना, मझौला र ठूला उद्योग नै प्रभावित छन् ।
नेप्से परिसूचक ९.१८ अंकले घट्यो
शेयर बजार मापक नेप्से परिसूचक सामान्य अंकले गिरावट आएको छ। बुधबार नेप्से परिसूचक ९.१८ अंकले घटेर १८५७.२३ बिन्दुमा झरेको हो।
अध्यक्ष तिमिल्सिना र कम्बोडियाका प्रधानमन्त्री हुनसेनबीच भेटवार्ता
राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र कम्बोडियाका प्रधानमन्त्री सम्देक टोको हुनसेनबीच भेटवार्ता भएको छ।
सडकले खोल्यो लुलाङ गाउँको समृद्धि
धवलागिरि गाउँपालिका -२ लुलाङकी ७७ वर्षीया धोबी विक घर आँगनमा बस आउँदा दङ्ग हुनुहुन्छ । गाउँपालिका केन्द्र सम्म पुगेको सडक विस्तार गरेर चार महिना अघि दुर्गम लुलाङ गाउँमा सडक पुगेको हो ।
तरकारी खेतीले फेरियो जीवन
कञ्चनपुरको बेलडाँडी गाउँपालिका–३, बैबाह बस्ने रामलाल चौधरीको दैनिकी प्रायः माटोसँगै खेलेर सुरु हुन्छ । विगत १३ वर्षदेखि उहाँ व्यावसायिक तरकारी खेती गरिराख्नुभएको छ । किसानको छोरा भए पनि जग्गा कम भएका र आर्थिक रूपमा कमजोर रामलालको अहिले गाउँमै राम्रो कमाइ हुनुका साथै जीवनस्तरमा समेत परिवर्तन आएको छ ।
विदेशमा मृत्युको कारण व्यवसायजन्य असुरक्षा
वैदेशिक रोजगारीका लागि विदेश गएर मृत्यु हुनुको कारण विदेशमा कार्यवातावरण र व्यवसायजन्य सुरक्षा कमजोर भएर मुख्य कारण भएको एक अध्ययन प्रतिवेदनले देखाएको छ । राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक गरेको ‘नेपाली श्रमिकको मानव अधिकार अवस्था प्रतिवेदन २०७९’ मा वैदेशिक रोजगारीमा गएका नेपालीको ज्यान जानुमा घातक रोगका कारणभन्दा पनि काम गर्ने वातावरण र व्यवसायजन्य सुरक्षा कमजोर भएकाले बढी हुने गरेको देखिएको हो ।