राष्ट्रिय अर्थतन्त्रको आकार ५३ खर्ब ८१ अर्ब ३४ करोड
चालु आर्थिक वर्ष २०७९/०८० मा कूल गार्हस्थ्य उत्पादन वृद्धिदर उपभोक्ता मूल्यमा एक दशमलव ८६ प्रतिशतले वृद्धि भई अर्थतन्त्रको आकार ५३ खर्ब ८१ अर्ब ३४ करोड हुने प्रक्षेपण गरिएको छ।
मुलुकको आर्थिक वृद्धिदर २.१६ प्रतिशत मात्र कायम
राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष २०७९/८० मा मुलुकको आर्थिक वृद्धिदर २.१६ प्रतिशत मात्र कायम हुने र प्रक्षेपण गरेको छ।
सामान्य अङ्कले घट्यो नेप्से
मंगलबार पुँजी बजारमा सामान्य अङ्कको गिरावट देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक चार दशमलव २७ अङ्कले घटेर एक हजार आठ सय ६६ दशमलव ४० अङ्कमा कायम भएको हो।
नेपाललाई सात अर्ब ऋण निकासा गर्दै मुद्रा कोष
नेपालमा एक्स्टेन्डेड क्रेडिट फेसिलिटी (इसिएफ) मार्फत सहुलियतपूर्ण ऋण परिचालन भएका कार्यक्रमको समीक्षापछि अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले अमेरिकी डलर पाँच करोड २८ लाख (करिब सात अर्ब रुपियाँ) बराबर ऋण निकासा दिने भएको छ ।
एक अर्कालाई चिन्न प्रविधि
“सुरक्षित सूचना प्रविधि, सुशासन र समृद्ध” भन्ने नाराका साथ आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइएको छ । नेपालमा सन् २०१३ देखि कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ (क्यान) को पहलमा विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै आएको छ । यो वर्ष, निजी र सरकारी दुवै क्षेत्रले संयुक्त रूपमा यो दिवस मनाएको छ ।
दूध बिक्रीबाट मनग्गे आम्दानी
बाँकेको कोहलपुर–१३, खड्कवारका ५५ वर्षीय गोपाल ओलीले दूध बेचेर मात्रै मासिक ७५ हजार रुपियाँ आम्दानी गरिरहनुभएको छ । विगत दुई वर्षदेखि व्यावसायिक गाईपालनमा सक्रिय रहनुभएका ओलीले सबै खर्च कटाएर दूध बेचेर मासिक ७५ हजार आम्दानी गरिरहनुभएको उहाँले जनाउनुभएको छ ।
सोह्र ब्रोकर कम्पनीलाई आशयपत्र
नयाँ ब्रोकरको लाइसेन्सका लागि निवेदन दिएकामध्ये १६ ब्रोकर कम्पनीले आशयपत्र (एलओआई) पाएका छन् । धितोपत्र बजारको नियामक धितोपत्र बोर्डको सञ्चालक समितिको सोमबार बसेको बैठकले आशयपत्र दिने निर्णय गरेको हो । आशयपत्र प्राप्त गरेका कम्पनीले छ महिनाभित्र पूर्वाधार निर्माण गरिसक्नु पर्नेछ । पूर्वाधार निरीक्षण गरेर योग्य ठहराएपछि अन्तिम लाइसेन्स दिइने बोर्डले जनाएको छ ।
उस्तै छन् श्रमिकका व्यथा
मे १, अन्तर्राष्ट्रिय श्रमिक दिवस । विश्वभरको अन्तर्राष्ट्रिय श्रमिक दिवस, श्रमिक आन्दोलनबाट प्राप्त उपलब्धिको समीक्षा गर्ने दिन । दिवसमा श्रमिकले भोगिरहेका समस्या उजागर गर्ने, थप अधिकारका लागि अगाडि बढ्ने, श्रमिक वर्गका बीचमा शुभकामना आदान प्रदान गर्ने दिन ।
गहुँ खेती गर्नेलाई प्रतिकेजी सात रुपियाँ अनुदान
कृषि पेसामा आकर्षित गराउनका लागि कैलालीको जानकी गाउँपालिकाले नयाँ नीति ल्याएको छ । उक्त पालिकाका अध्यक्ष गणेश चौधरीका अनुसार कृषकहरूलाई प्रोत्साहित गर्नका लागि गहुँ खेतीमा अनुदान दिन थालिएको छ ।
हनुमानढोकामा बढे पर्यटक
विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुरस्थित हनुमानढोका दरबार क्षेत्रमा घुम्न आउने पर्यटकको सङ्ख्या बढेको छ । युनेस्को विश्व सम्पदामा सूचीकृत रहेको यो क्षेत्रमा पछिल्लो समय घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढेको काठमाडौँ महानगरपालिका हनुमानढोका दरबार संरक्षण कार्यक्रमले जनाएको छ । धार्मिक स्थलका रूपमा समेत प्रसिद्ध मानिने वसन्तपुर दरबार क्षेत्रमा घुमघामसँगै धार्मिक आस्थासँग जोडिएका आन्तरिक पर्यटकको चहलपहल बढेको हो ।
बढाइयो डलर सटहीको सीमा
विदेशी मुद्रा सञ्चितिमाथिको दबाब सहज बन्दै गएको समयमा नेपाल राष्ट्र बैङ्कले अमेरिकी डलर सटहीको सीमा बढाएको छ । बैङ्क तथा वित्तीय संस्थाका लागि जारी गरिएको एकीकृत परिपत्र, २०७९ मा संशोधन गर्दै राष्ट्र बैङ्कले यस्तो सीमा बढाएको हो । संशोधनअनुसार अब नेपाली नागरिकले मनी एक्सचेन्जमार्फत मासिक पाँच हजार अमेरिकी डलरको सटही सुविधा प्राप्त गर्ने भएका छन् । जुन यसअछि पाँच सय डलर मात्र थियो ।
हिल्सा नाका दुईतर्फी खुला
चीनसँग जोडिएको व्यापारिक हिल्सा नाका दुईतर्फी सञ्चालनमा आएको छ । सोमबारदेखि सो नाका औपचारिक रूपमा सञ्चालनमा आएको हो । सशस्त्र प्रहरी बल सीमा सुरक्षा चौकी हिल्साका (बीओपी) सशस्त्र प्रहरी निरीक्षक टङ्कप्रसाद सापकोटाले हिल्सा नाका पूर्वनिर्धारित कार्यक्रमअनुसार सोमबारबाट औपचारिक रूपमा सञ्चालनमा आएको जानकारी दिनुभयो ।
घटेर आयो डिजेल पेट्रोलको मूल्य
पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । इन्डियन आयल कर्पोरेसन (आईओसी)ले सोमबार पठाएको नयाँ मूल्यअनुसार डिजेल, पेट्रोलको मूल्य घटेर आएको हो । नेपाल आयल निगमका अनुसार पेट्रोल लिटरमा चार रुपियाँ ३३ पैसा र डिजेल प्रतिलिटरमा चार रुपियाँ ११ पैसा मूल्य घटेर आएको हो । अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेका कारण आईओसीले घटेको मूल्य पठाएको हो । डिजेल, पेट्रोलको मूल्य घटेर आए पनि निगमले सोमबार सार्वजनिक बिदा परेकाले मूल्य भनेर यथावत् राखेको छ ।
सगरमाथा आरोहणमा इतिहासकै बढी आरोही
आरोहणका लागि यतिखेर उल्लेख्य सङ्ख्याका आरोहीहरु सगरमाथा क्षेत्रमा पुगिसकेका छन्। पर्यटन विभागबाट आरोहण अनुमति लिएका उनीहरु यतिबेला सगरमाथाको पहिलो, दोस्रो र तेस्रो आधार शिविरमा अनुकूल मौसमको प्रतिक्षामा छन्।
आठ वर्षपछि तातोपानी नाकाबाट निर्यात खुला
नेपाल–चीनबीचको सबैभन्दा ठुलो उत्तरी सीमा तातोपानी नाकाबाट आठ वर्षपछि चीनतर्फ निर्यात खुलेको छ । प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले दुवै देशबाट आयात–निर्यात खुल्दै नाका सञ्चालनमा आएको जानकारी दिनुभयो ।
प्रधानमन्त्री प्रचण्डद्वारा प्याराग्लाइडिङको उद्घाटन
काठमाडौं, वैशाख १८ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवनको दासढुङ्गामा हिमालय फ्रन्टलाइनर्स प्याराग्लाईडिङ प्रालिले सञ्चालन गरेको प्याराग्लाइडिङको सोमबार उद्घाटन गर्नुभएको छ ।
श्रमिकका हितमा गरिनुपर्ने पहल
नेपालको अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको कृषिक्षेत्र राज्यबाट जसरी उपेक्षित छ, त्यसैगरी यसमा काम गर्ने श्रमिक त्योभन्दा बढी उपेक्षित भएका छौँ ।
सङ्घीय कृषिमन्त्रीलाई सुझाव
मधेश प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री वसन्त कुशवाहाले सङ्घीय बजेटमा कृषि कार्यक्रम समावेश गराउनका लागि सङ्घको कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई आग्रह गर्नुभएको छ । मन्त्री कुशवाहाले आइतबार कृषिमन्त्री डा. वेदुराम भुसाललाई भेटेर सङ्घीय बजेटमा प्रदेशका लागि करिब ६.७ अर्ब रुपियाँको कार्यक्रम समावेश गर्न परियोजनासहितको विवरण बुझाउनुभएको छ । आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रमबमोजिम कतिपय कार्यक्रम प्रदेश सरकारको बजेट सिलिङका कारण सङ्घीय कृषि मन्त्रालयको सहयोग आवश्यक रहेको मन्त्री कुशवाहाले बताउनुभयो । उहाँले करिब ६.७ अर्ब रुपियाँको कार्यक्रम सङ्घीय कृषि मन्त्रालयअन्तर्गत समावेश गर्न परियोजनाको विवरणसहित मन्त्री भुसाललाई बुझाएको बताउनुभयो ।
दुर्गम जिल्लामा कोटाभन्दा कम चामल ढुवानी
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दुर्गम जिल्लामा ९८ हजार क्विन्टलभन्दा बढी चामल ढुवानी भएको जनाएको छ । व्यापार कम्पनी लिमिटेडले चालु आर्थिक वर्षमा दुई लाख २३ हजार ८७१ क्विन्टल चामल ढुवानी गर्नुपर्ने कोटा निर्धारण गरेको छ । त्यसमध्ये कम्पनीले साउनदेखि चैतसम्ममा ९८ हजार १६१ क्विन्टल मात्र ढुवानी गर्न सकेको छ । कम्पनीले २४ दुर्गम तथा पहाडी जिल्लामा सो चामल ढुवानी गरेको हो ।
चीनतर्फका नाका खुला हुने
लामो समयदेखि बन्द रहेका चीनतर्फका उत्तरी नाका सोमबारदेखि खुला हुने भएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनी र चीनको स्वशासित क्षेत्र तिब्बतका उपाध्यक्ष सिलाङ निमाबीच गत चैतमा चीनमा भएको भेटका क्रममा (मे १) वैशाख १८ गतेदेखि चीनतर्फका सबै नाका खुला गर्ने सहमति भएअनुसार नाका खुल्न लागेका हुन् ।
नीति फेरिए, श्रमिकको व्यथा उस्तै
आज मे १, अन्तर्राष्ट्रिय १३४औँ श्रमिक दिवस । यस वर्षको मे दिवसमा ‘उज्ज्वल भविष्यका लागि मिलेर काम गरौँ’ भन्ने अन्तर्राष्ट्रिय नारा तय भएको छ । नेपालसहित विश्वमा श्रमिकले उत्सवका रूपमा मनाइने पर्व पनि हो । विश्वका कैयौँ देशमा सार्वजनिक बिदा नै दिएर श्रमिक दिवस मनाइन्छ । नेपालमा सङ्गठित क्षेत्रका श्रमिकका लागि सार्वजनिक बिदा दिइएको छ तर नेपालमै पनि असङ्गठित क्षेत्रका काम गर्ने श्रमिक भने यो दिवसबारे बेखबर छन् । नेपालको ठूलो श्रमशक्ति विदेशमा छन् ।
बहत्तर हजार वैदेशिक श्रमिक आबद्ध
सरकारले वैदेशिक रोजगारीमा गएका श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा जोड्न सुरु गरेको एक महिनामा ७२ हजार ३९३ श्रमिक सूचीकरण भएका छन्। वैदेशिक रोजगारी र विदेशमा स्वरोजगार रहेका नेपालीलाई चैत ८ गतेदेखि योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्ध गर्न सुरु गरिएको थियो।
प्रधानमन्त्री भेटेपछि लघुवित्त पीडितको आमरण अनसन स्थगित
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘‘प्रचण्ड’सँगको छलफलपश्चात लघुवित्तविरुद्धको सङ्घर्ष समितिका संरक्षक अगस्त अधिकारीले अनसन स्थगित गर्नुभएको छ ।
राष्ट्र बैंकले अमेरिकी डलर सटहीको सीमा बढायो
नेपाल राष्ट्र बैंकले अमेरिकी डलर सटहीका लागि तोकिएको सीमा बढाएको छ। बैंक तथा वित्तीय संस्थाका लागि जारी गरिएको एकीकृत परिपत्र, २०७९ मा संशोधन गर्दै राष्ट्र बैंकले यस्तो सीमा बढाएको हो।