एफएओबाट कृषि सहकारी पुरस्कृत
संयुक्त राष्ट्रसङ्घको खाद्य र कृषि सङ्गठन (एफएओ)ले नेपाल कृषि सहकारी केन्द्रीय सङ्घ लिमिटेडलाई ‘वेस्ट एक्सिलेन्स पार्टनरसिप अवार्ड २०२३’ प्रदान गरेको छ । विश्वभरका आफ्ना साझेदार संस्थामध्ये सर्वोत्कृष्ट साझेदार संस्थाका रूपमा सङ्घलाई यो अवार्ड प्रदान गरेको हो । सङ्घका अध्यक्ष खेमबहादुर पाठकले बिहीबार एक पत्रकार सम्मेलन आयोजना गरी सो कुराको जानकारी गराउनुभएको हो ।
डाबर नेपालले नौ अर्ब ६८ करोड लगानी थप्ने
बहुराष्ट्रिय कम्पनी डाबर नेपालले नौ अर्ब ६८ करोड रुपियाँ पुनर्लगानी गर्ने भएको छ । उद्योगको क्षमता अभिवृद्धि तथा उत्पादन विविधीकरणका लागि कम्पनीले लगानी थप गर्न लागेको हो । लगानी थपसम्बन्धी समझदारीपत्रमा बिहीबार लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र डाबर नेपालका तर्फबाट व्यवसाय प्रमुख हरकिरतसिंह वेदीले हस्ताक्षर गर्नुभएको छ । डाबर नेपालको क्षमता अभिवृद्धि तथा विविधीकरणसम्बन्धी परियोजनाका लागि लगानी बोर्डको २०७८ माघ २५ गतेको ४९औँ बैठकले स्वीकृति दिएको थियो ।
मापदण्डविपरीतको आयल स्टोरमा सिलबन्दी
काठमाडौँ महानगरपालिकाले बालाजुस्थित कोतः धुकु आयल स्टोर सिलबन्दी गरेको छ । महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले नेपाल आयल निगमले तोकेको मापदण्डविपरीत बिक्री वितरण गर्दै आएको पाइएकाले महानगर प्रमुखस्तरीय निर्णयबाट बिहीबार सो आयल स्टोरमा सिलबन्दी गरिएको जानकारी दिनुभयो ।
मुद्दती निक्षेपमा दुई अर्ब लगानी गर्दै राष्ट्र बैङ्क
नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा दुई अर्ब रुपियाँ लगानी गर्ने भएको छ । राष्ट्र बैङ्कले वाणिज्य बैङ्कहरूमा एक अर्ब ६० करोड १२ लाख रुपियाँ, विकास बैङ्कहरूमा ३० करोड दुई लाख रुपियाँ र फाइनान्स कम्पनीहरूमा १० करोड गरी कुल दुई अर्ब १४ लाख रुपियाँ मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो ।आगामी जेठ ३ गतेदेखि २०८१ जेठ २ गतेसम्म ३६५ दिन अवधिका लागि राख्न लागिएको निक्षेप रकम लिन चाहने बैङ्क तथा वित्तीय संस्थाले वैशाख १७
सगरमाथा आधार शिविरमा सरकारी कार्यालय
पर्यटन विभागले यस वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहीका क्रियाकलाप निगरानी गर्न सगरमाथा आधार शिविरमै सम्पर्क कार्यालयको स्थापना गरेको छ । विभागले आरोहण दलसँगै आधार शिविर पुगेर आरोहण अवधिभरको निरीक्षण तथा सम्पूर्ण गतिविधि अनुगमन गर्न आधार शिविरमै सम्पर्क कार्यालय खोलेको हो ।
बढ्दो खर्चले वित्त व्यवस्थापन चुनौतीपूर्णः गभर्नर अधिकारी
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कमजोर राजश्व परिचालन र बढ्दो सरकारी चालु खर्चले सरकारी वित्त व्यवस्थापन चुनौतीपूर्ण बनेको बताउनुभएको छ।
वायुसेवा निगम बिग्रनुमा राजनीतिक नेतृत्व जिम्मेवार छ: पर्यटनमन्त्री
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) बिग्रनुमा राजनीतिक नेतृत्व नै जिम्मेवार भएको टिप्पणी गर्नुभएको छ।
अर्थतन्त्रको शिथिलता अहिलेको समस्या हो : अर्थमन्त्री डा. महत
अर्थतन्त्रमा आएको शिथिलता अहिलेको मूलभूत समस्या भएको अर्थमन्त्री डा. प्रकाशशरण महतले बताउनुभएको छ।
इम्बोस्ड नम्बर: प्रदेशको नाम नेपालीमा, अन्य यथावत
सवारी साधनको इम्बोस्ड नम्बर प्लेटमा प्रदेशको नाम देवनागरी र अन्य नम्बर अङ्ग्रेजीमा राख्ने टुङ्गो लागेसँगै सरकारले सोहीअनुसार नम्बर प्लेट छपाइ गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिएको छ।
काठमाडौं महानगरद्वारा बजेट विनियोजन विवरण सार्वजनिक
काठमाडौं महानगरपालिकाले २०७९ माघ २ गतेदेखि चैत ३० गतेसम्मका विवरण सार्वजनिक गरेको छ । बजेट विनियोजन गरिएका शीर्षक, त्यसमा भएको खर्च र मौज्दात रकमसहितको विवरण सार्वजनिक गरेको हो ।
कामका आधारमा कर्मचारीको मूल्याङ्कन हुनेछ : अर्थमन्त्री डा.महत
कर्मचारीको मूल्याङ्कन कामका आधारमा हुने अर्थमन्त्री डा. प्रकाशशरण महतले बताउनुभएको छ । कर्मचारीले जिम्मेवारी इमान्दार, पारदर्शी र समर्पणका साथ पूरा गर्न उहाँले निर्देशन दिनुभएको छ ।
निर्माण व्यवसायीको इजाजतपत्र खारेज
सरकारले ३३ निर्माण व्यवसायीहरूको इजाजतपत्र खारेज गरेको छ । सार्वजनिक निर्माणको प्रयोजनका भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट इजाजतपत्र लिएका व्यवसायीहरूले नवीकरण नगरेकाले उनीहरूको इजाजतपत्र खारेज गरिएको हो ।
२४ वर्ष पछि रगरगे मेला हुने
धनकुटाको सिधुुवामा २४ वर्ष पछि चण्डीपूर्णे (रगरगे) मेला आयोजना गरिने भएको छ । चण्डी पूर्णिमाको अवसरमा आउँदो वैशाख २२ गते मेला आयोजना गर्न लागिएको हो । बुधवार आयोजकले मेलाको बारेमा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
लुम्बिनीमा वर्षौँदेखि थन्किएको विद्युतीय बस सञ्चालन हुने
बुद्ध जन्मस्थल लुम्बिनीमा लामो प्रतीक्षापश्चात् विद्युतीय सवारी सञ्चालनमा आउने भएका छन् । सञ्चालन अनुमतिका लागि कानुनी प्रक्रियामा ढिलाइ र सञ्चालनको नमुना तयार नहुँदा लुम्बिनीमा दुई वर्षभन्दा बढी समयदेखि खुला आकाशमुनि विद्युतीय सवारी थन्किएका थिए ।
आलुले बजार नपाउँदा चिन्ता
रुकुमपश्चिमको मुसीकोट नगरपालिका–१३ मा उत्पादित आलुले बजार नपाउँदा किसान चिन्तित बनेका छन् । उत्पादनको हिसाबले उत्कृष्ट मानिएको वडाको काउलेचौर, बाहुनचौरलगायतका स्थानमा उत्पादन भएको आलुले उचित बजार नपाएको किसानको गुनासो छ ।
व्यवसायीको मनोबल बढाउन जोड
श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीसँग नेपाल उद्योग परिसङ्घले मुलुकको अर्थतन्त्र, श्रम तथा रोजगार क्षेत्रका विषयमा छलफल गरेको छ । परिसङ्घका अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको परिसङ्घ टोलीले मन्त्री भण्डारीलाई भेट गरी विद्यमान अर्थतन्त्र र समस्या समाधानका विषयमा छलफल गरेको हो ।
चीनमा चिया निर्यातको प्रक्रिया अगाडि बढ्दै
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले चीनको बेइजिङस्थित नेपाली दूतावासमार्फत चीनमा नेपाली चिया निर्यातका लागि प्रक्रिया अगाडि बढाएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले चीनमा चिया निर्यातका लागि आवश्यक डकुमेन्ट पेस गरेर प्रक्रिया अगाडि बढाएको जानकारी दिएको छ । बोर्डका कार्यकारी निर्देशक डा. विष्णुप्रसाद भट्टराईले नेपाली चियाको गुणस्तरमा उत्कृष्ट देखिएपछि चिनियाँ व्यापारी आकर्षित भएकाले निर्यातका लागि प्रक्रिया अगाडि बढाइएको जानकारी दिनुुभयो । गत असोज ४–५ गते (२०२२ सेप्टेम्बर २०–२१) चीनको फुचियान प्रान्तको फुआन सहरमा भएको ‘सेकेन्ड वल्र्ड ब्लाक टी क्वालिटी इभ्यालुसन कम्पिटिसन’मा नेपाली चिया उत्कृष्ट देखिपछि चिया निर्यातको सम्भावना बढेको उहाँको भनाई छ
विदेशी लगानी र प्रविधि भित्र्याउन सरकार तयार : रिजाल
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले विदेशी लगानी र प्रविधि भित्र्याउने वातावरण बनाउन सरकार सधैँ लागिपरेको बताउनुभएको छ । गोल्छा गु्रपले कोरियाको सामसुङ कम्पनीसँगको सहकार्यमा नवलपरासी (बर्दघाट सुस्तापश्चिम)को रामग्राम नगरपालिका–११ मा रहेको उद्योगबाट उत्पादन गरेर बिक्री वितरण शुभारम्भका अवसरमा बुधबार उद्योगमा आयोजित समारोहमा बोल्दै मन्त्री रिजालले यस्तो बताउनुभएको हो ।
‘पाँच सय र हजारका नोट छपाइ बन्द गर्नुपर्छ’
राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले भ्रष्टाचार नियन्त्रण गरी अर्थतन्त्र सुधारका लागि पाँच सय र हजार रुपियाँका नोट छपाइ रोक्नुपर्ने बताउनुभएको छ ।
अर्थतन्त्रका समस्या सत्तापक्ष र प्रतिपक्ष मिलेर समाधान गर्नुपर्छ : अर्थमन्त्री डा. महत
अर्थमन्त्री डा.प्रकाशशरण महतले वर्तमान अर्थतन्त्रमा देखिएका समस्या र चुनौती सत्तापक्ष र प्रतिपक्ष मिलेर समाधान गर्न आवश्यक रहेको बताउनुभएको छ।
घट्यो शेयर बजार
पुँजी बजारमा दोहोरो अङ्कको गिरावट देखिएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १३ दशमलव ६८ अङ्कले घटेर एक हजार आठ सय ९२ को विन्दुमा कायम भएको हो।
मेन्छियाम हाइड्रोपावरको शेयर बाँडफाँट
एनआईसी एसिया क्यापिटल लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको मेन्छियाम हाइड्रोपावर लिमिटेडको शेयर बाँडफाँट गरेको छ ।
शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षाको क्षेत्रमा उपलब्धि भएको छ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विकासका सूचकाङ्कमध्ये खासगरी शिक्षा, स्वास्थ्य, खानेपानी, समावेशीकरण, वातावरण संरक्षण र सामाजिक सुरक्षाको क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हासिल भएको बताउनुभएको छ।
कृषि उपज सङ्कलन केन्द्र स्थापना
पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका–१, पतवारीमा कृषि उपज सङ्कलन तथा बिक्री केन्द्रको स्थापना गरिएको छ। वडाध्यक्ष तिलकराम न्यौपानेले स्थानीयस्तरमा उत्पादित नगदेबाली, बेमौसमी तरकारी, अन्नबालीलगायतका कृषि उपज बिक्री वितरणका लागि किसानले बजार खोज्दै हिँड्नुपर्ने बाध्यतालाई अन्त्य गर्ने योजनाका साथ सङ्कलन केन्द्र सञ्चालन गरिएको जानकारी दिनुभयो। वडाध्यक्ष न्यौपानेले भन्नुभयो, “व्यावसायिक कृषिलाई प्रोत्साहन गरी कृषकलाई अधिकतम लाभ दिनका लागि कृषि सङ्कलन केन्द्र उपयोगी हुनेछ भन्ने मेरो विश्वास छ। कृषि सङ्कलन केन्द्रबाट नगरपालिकाभित्रका कृषकलाई लाभ हुनेछ।