राधेराधेस्थित यातायात व्यवस्था कार्यालयमा बिहानी सेवा सुरु
सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा दिँदै आएको भक्तपुरको राधेराधेस्थित यातायात व्यवस्था कार्यालयले बिहान ८:३० बजेदेखि सेवा सुरु गरेको छ ।
अर्थतन्त्र सुधारको गतिमा, धैर्यता राख्न सरकारको आग्रह
राजस्व विभागको पछिल्लो विवरणअनुसार राजस्व सङ्कलनमा ६१ प्रतिशतले वृद्धि भएको छ । गत माघमा मासिक लक्ष्यको ५३ प्रतिशतले मात्रै राजस्व सङ्कलन भएकामा फागुनमा ५४ प्रतिशत र चैतमा ६१ प्रतिशतले वृद्धि भएको छ ।
बढ्न थाल्यो सिमेन्ट निर्यात
चालू आर्थिक वर्षका नौ महिनामा नेपालले रु ४२ करोड बढीको नेपाली सिमेन्ट निर्यात गरेको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आवको चैतसम्मको तथ्याङ्क अनुसार नेपालले यस अवधिमा रु ४२ करोड ३२ लाख ८९ हजार बराबरको सिमेन्ट र क्लिंकर निर्यात गरेको हो ।
सहकारीमा छ थान नक्कली नोट फेला
दोलखाको जिरी नगरपालिकास्थित एक सहकारीमा नक्कली नोट फेला परेको छ । कायममुकायम प्रमुख कार्यकारी अधिकृत रामबहादुर खत्रीले वडा नम्बर ५ लिङ्कन बजारमा रहेको एकीकृत फ्रेन्डसीप बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बचत सङ्लनको क्रममा नक्कली नोट फेला परेको जानकारी दिनुभयो ।
अठतीस वर्षपछि नहर निर्माण
रुकुमपश्चिममा ३८ वर्षअघि बनाउन थालिएको नहरको निर्माण सम्पन्न भएको छ । जिल्लाको आठबिसकोट नगरपालिका–११ मा ७.५ किलोमिटर लम्बाइको गिजागार–डाँडागाउँ सिँचाइ आयोजना ३८ वर्षपछि निर्माण सम्पन्न भएको हो । वि.सं. २०४२ मा निर्माण सुरु भएको नहरमा पानी आउँदा स्थानीयवासी खुसी भएका छन् । आठबिसकोट नगरपालिका–११ का ७६ वर्षीय लोकबहादुर खत्रीले पञ्चायतकालमा सुरु भएको कुलो निर्माणको काम गणतन्त्रका बेला मात्र पूरा भएको बताउनुभयो ।
अनुदानका लागि कार्यविधि
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रदेश तथा स्थानीय तहमा ससर्त कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि प्रदेश तथा स्थानीय तहमा ससर्त वित्तीय हस्तान्तरित कृषि विकास कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधि कार्यान्वयनमा ल्याएको छ । कृषि क्षेत्रका उत्पादन तथा उत्पादकत्व वृद्धिका लागि प्रदेश तथा स्थानीय ससर्त वित्तीय हस्तान्तरित कार्यक्रमलाई व्यवस्थित गर्न यो कार्यविधि तयार गरी कार्यान्वयनमा ल्याएको कृषि मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा. प्रकाश सञ्जेलले बताउनुभयो ।
वाणिज्य बैङ्कहरूलाई कारबाही, साढे छ करोडसम्म जरिवाना
तोकिएको कर्जा/निक्षेप अनुपात (सीडी रेसियो) उल्लङ्घन, सहुलियतपूर्ण कर्जाको दुरुपयोग, सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐन निर्देशनको उल्लङ्घन गर्ने ‘क’ वर्गका नौवटा वाणिज्य बैङ्कलाई नियामक निकाय नेपाल राष्ट्र बैङ्कले कारबाही गरेको छ । राष्ट्र बैङ्कको कारबाहीमा पर्ने अधिकांश बैङ्कले तोकिएको कर्जा÷निक्षेप अनुपात (सीडी रेसियो)लाई उल्लङ्घन गरेका छन् । केही बैङ्क भने सहुलियतपूर्ण कर्जाको दुरुपयोगमा कारबाही गरिएको राष्ट्र बैङ्कले जनाएको छ ।
श्रम इजाजत लिनेमा सबभन्दा बढी चिनियाँ नागरिक
नेपालमा सञ्चालित विदेशका ठूला परियोजनामा उच्च पदमा काम गर्ने प्राविधिक जनशक्ति विदेशबाट ल्याइने गरिएको छ । विशेष गरी चीन, भारत, कोरिया, जापानबाट सञ्चालित परियोजनामा उच्च पदमा काम गर्नका लागि आ–आफ्नो देशबाट प्राविधिक ल्याउने गरेको पाइएको हो । नेपालमा चीनको अनुदानमा सञ्चालित परियोजनामा आवश्यक अधिकांश प्राविधिकदेखि श्रमिकसम्म आपूर्ति हुँदै आएको सरकारी तथ्याङ्कले देखाएको छ ।
पर्यटक आगमन बढाउन भारतमा प्रचार
भारतका प्रमुख सहरहरूमा पर्यटन प्रवद्र्धन गर्दै पोखरासहित समग्र नेपालको पर्यटकीय सम्भावना बढाउँदै भ्रमण सकिएको छ । कोभिड–१९ को प्रभाव एवं अन्य विभिन्न घटनाक्रमले पर्यटन क्षेत्र प्रभावित भइरहेका अवस्थामा नेपालका लागि महत्वपूर्ण पर्यटन स्रोत बजार भारतको पटना, वाराणासी, अयोध्या र गोरखपुरलगायतका सहरमा प्रवद्र्धनात्मक कार्यक्रम गर्ने लक्ष्यका साथ वैशाख ३ गते हिँडेको २३ सदस्यीय टोली प्रवद्र्धन गरेर फर्किएको छ ।
निगमको ६८ बिघा जग्गा प्रयोगविहीन
नेपाल आयल निगमले विभिन्न चार ठाउँमा खरिद गरेको जग्गा उपभोगमा आउन सकेको छैन । इन्धन भन्डारण क्षमता बढाउने सरकारको नीतिअनुरूप निगमले आर्थिक वर्ष २०७३/७४ मा रुपन्देही, चितवन, सर्लाही र झापामा दुई अर्ब ६६ लाख ४८ हजार रुपियाँ लागतमा खरिद गरेको ६८ बिघा जग्गा प्रयोगमा नल्याएको महालेखा कार्यालयको ६०औँ प्रतिवेदनमा उल्लेख छ । निगमले भण्डारण गृह निर्माण गर्न विभिन्न स्थानमा जग्गा खरिद गरे पनि कुन मोडालिटीमा जाने भनेर सरकारले निर्णय नगर्दा प्रक्रिया अगाडि बढ्न नसकेको हो ।
वाणिज्य बैंकहरूको नाफा करिब ११ प्रतिशतले बढ्यो
चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासिक अवधिसम्ममा वाणिज्य बैंकहरूको नाफा रू ४८ अर्ब ३७ करोड बराबर पुगेको छ ।
चार प्रतिशतको आर्थिक वृद्धिले मुलुक समृद्ध बनाउने लक्ष्य पूरा हुँदैन : अर्थमन्त्री महत
अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको चार प्रतिशतको आर्थिक वृद्धिले आर्थिक विकास र रोजगारी सिर्जना गर्दै समृद्ध मुलुक बनाउने लक्ष्य पूरा नहुने बताउनुभएको छ।
मौका पाएसम्म निजी क्षेत्रले कर छल्ने प्रयास गर्छन् : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्र अझैपनि मौका पाएसम्म राज्यलाई कर छल्ने प्रयासमा रहने गरेको बताउनुभएको छ । शनिबार बाह्रखरी मिडियाले आयोजना गरेको आर्थिक परिसंवाद कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
बाह्रखरी गल्फको प्रधानमन्त्रीद्वारा उद्घाटन
बाह्रखरी मिडियाले आयोजना गरेको ‘एनसेल बाह्रखरी गल्फ’को छैटौँ संस्करणको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नुभएको छ ।
परियोजनाको प्रभावकारी कार्यान्वयनमा जोड
एसियाली विकास बैङ्क (एडीबी)को सहायताअन्तर्गत परिचालित परियोजनाहरूको समयमै प्रभावकारी कार्यान्वयनमा जोड दिइएको छ । शुक्रबार आयोजित एडीबीको सहायतामा सञ्चालित परियोजनाहरूको समीक्षा कार्यक्रमका सहभागीले परियोजना सुरुवात, खरिद प्रक्रिया, भुक्तानीलगायत विभिन्न चरणमा समस्या कायमै रहेकाले यसको समाधान जरुरी रहेको बताएका छन् ।
आरन व्यवसायमा दुःख धेरै, कमाइ कम
कृषिमा आधुनिक औजारको प्रयोगसँगै खेतीपाती गर्दा कृषकले प्रयोग गर्ने हँसिया, खुकुरी, फाली, कुटो, कोदालीलगायतका फलामे औजारको किनबेच घटेको छ । पहिलेजस्तो घरेलु उद्योगमा तयार पारिएका औजार बिक्री हुन छाडेको छ । विगत तीन दशकदेखि घरेलु आरन उद्योग व्यवसाय सञ्चालन गरिरहेका सिस्ने गाउँपालिका–२, बल्दजुर्नाका हर्कवीर कामी निराश हुनुहुन्छ । “दिनभर दुःख गर्दा एक/दुईवटा औजार बन्छ,” कामीले भन्नुभयो, “बाहिरबाट ल्याइएका बजारमा उस्तै औजार केही कम मूल्यमा पाइने भएपछि हाम्रो दुःख छाडेर फलामको पैसा पनि उठ्दैन ।”
चार भन्ज्याङ चार सुरुङ मार्ग, अध्ययन पनि सकिएन
आव २०७९/८० को सङ्घीय सरकारको बजेटमा सुरुङ मार्ग निर्माणलाई प्राथमिकताका साथ अगाडि बढाइएको थियो। मुलुकका विभिन्न स्थानमा सुरुङ मार्ग निर्माण गर्नेलगायत सरकारले काठमाडौँ उपत्यकाका लागि ‘चार भन्ज्याङ चार सुरुङ मार्ग’ कार्यक्रम ल्याएको थियो।
पश्चिम सेती विद्युत् प्रसारण, वातावरणीय अध्ययन सुरु
पश्चिम सेती चार सय केभी विद्युत् प्रसारण आयोजनाको काम सुरु भएको छ । बझाङ जिल्लाबाट डोटी, डडेलधुरा हुँदै कञ्चनपुरसम्म प्रसारण लाइन निर्माणका लागि काम सुरु भएको हो ।
कतारको नेपाली दूतावासबाट श्रम स्वीकृति सेवा
कतारमा रहेको नेपाली दूतावासले आउँदो मङ्गलबार अर्थात् वैशाख १२ देखि श्रम स्वीकृति सेवा प्रदान गर्ने भएको छ । सरकारले विदेशमा रहेका नेपाली दूतावासबाट पनि श्रम स्वीकृति सेवा प्रदान गर्ने निर्णय गरेसँगै सो सेवा प्रदान गर्ने दूतावासले जनाएको छ । दूतावासले दैनिक ५० वटासम्म श्रम स्वीकृतिको टोकन खुलाउने विज्ञप्तिमार्फत जानकारी गराएको छ । कतार दूतावासको यो तयारीसँगै करार अवधि सकिएपछि पुनः श्रम स्वीकृतिका लागि स्वदेश आउनुपर्ने बाध्यता हटेको छ । सरकारले केही महिनाअगाडि मन्त्रीस्तरीय निर्णय गर्दै श्रम गन्तव्य देशबाट श्रम स्वीकृतिको व्यवस्था गर्ने घोषणा गरेको थियो । दूतावासबाट श्रम स्वीकृति बढीमा दुई पटकसम्म लिन पाइने व्यवस्था श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गरेको छ ।
चामल आयात घट्यो, धान बढ्यो
चालु आर्थिक वर्षको नौ महिनामा चामल आयात घटेको छ भने धानको आयात बढेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार नौ महिनाको अवधिमा १६ अर्ब २४ करोड १३ लाख १७ हजार रुपियाँ बराबरको धान आयात भएको छ । गत वर्ष सो अवधिमा १५ अर्ब २२ करोड १२ लाख ९९ हजार रुपियाँको धान आयात भएको थियो । गत वर्षको तुलनामा एक अर्ब रुपियाँभन्दा बढीको धान आयात भएको हो ।
स्रोतको सुनिश्चितता गरेर योजना छनोट गरौं : अर्थमन्त्री महत
अर्थमन्त्री डा. प्रकाशशरण महतले श्रोतको सुनिश्चितता गरेर मात्र आयोजना छनोट गर्न आग्रह गर्नुभएको छ।
निजी क्षेत्रलाई नियन्त्रण गर्नेगरी कुनै कानुन बनाउँदैनौँ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रलाई नियन्त्रण गर्नेगरी वा उद्योग–व्यवसायलाई नकारात्मक प्रभाव पर्नेगरी कुनै कानुन नबनाउने बताउनुभएको छ ।
नयाँ वर्ष २०८० को पहिलो सातामा ३० अङ्कले घट्यो नेप्से
नयाँ वर्ष २०८० सालको पहिलो सातामा नेप्से परिसूचकमा गिरावट आएको छ। गत साता ६७.६८ अङ्कले बढेर १९३४.४७ बिन्दुमा पुगेको नेप्से यो साता ३०.०७ अङ्कले गिरावट आएको छ।
६६ प्रतिशतले बढ्यो विद्युतीय सवारी आयात
भन्सार विभागका अनुसार समीक्षा अवधिमा दुई हजार चार सय ५१ वटा विद्युतीय सवारी साधन आयात भएको छ । गत आवको सोही अवधिमा एक हजार चार सय ७३ वटा विद्युतीय सवारी आयात भएका थिए ।