२०७९ सालमा थपियो पाँच सय मेगावाट बिजुली
नेपाल विद्युत् प्राधिकरणका अनुसार प्रणालीमा बिजुली थप हुने क्रम क्रमशः वृद्धि भएको छ।यही अवस्था कायम रहे आगामी असार मसान्तसम्म मुलुकको कूल जडित क्षमता करिब तीन हजार मेगावाट बराबर पुग्नेछ।
महासङ्घका अध्यक्ष ढकालद्वारा आफ्ना प्राथमिकता सार्वजनिक
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले पदभार ग्रहण गर्नुभएको छ । ढकालले आज टेकुस्थित महासङ्घको कार्यालयमा पदभार ग्रहण गर्नुभएको हो ।
प्रतितोला आठ सयले घट्यो सुनको मूल्य
नेपाली बजारमा सुनको मूल्य घटेको छ । चैत ३० मा छापावाल सुन प्रतितोला रु एक लाख १० हजार आठ सय मूल्य कायम भएकोमा आज रु आठ सयले घटेर प्रतितोला रु एक लाख १० हजार कायम भएको छ ।
सोमबार गुल्मीमा मह दिवस मनाइँदै
गुल्मीको मुसिकोट नगरपालिका –८ र ९ मा रहेको सालिमे मौरी स्मार्ट गाउँ कार्यक्रमले सोमबार मह दिवस मनाउँदैछ । मौरीपालन व्यवसायलाई थप व्यवसायीकरण गरी गुल्मीलाई महमा आत्मनिर्भर बनाउने उक्त दिवसको लक्ष्य रहेको छ ।
निगुरो बेचेर मनग्य आम्दानी
पूर्वी नवलपरासी कावासोती–११ की मनमाया बोटे दैनिक ३० देखि ७० मुठासम्म निगुरो टिप्नुहुन्छ । उहाँले चैतदेखि साउन, भदौसम्म निगुरो टिपेर आफ्नो छ जना परिवारको खर्च चलाउँदै आउनुभएको छ ।
डिजेल लिटरमा १० रुपियाँ घट्दा पनि घटेन सवारी भाडा
सरकारले चैत्र २० मा डिजेलको मूल्य प्रतिलिटर १० रुपियाँ घटायो । धेरै यात्रुको अपेक्षा थियो अब सार्वजनिक सवारीको भाडा घट्छ । तर अवस्था त्यस्तो भएन । मूल्य घटेको दुई साता बिते पनि भाडादर नघटेर यथावत् नै छ ।
कतारकी राजकुमारी अल्थानी अन्नपूर्ण हिमालको चुचुरोमा
कतारकी राजकुमारी आस्मा अल्थानीले अन्नपूर्ण हिमालको आरोहण गर्नुभएको छ । यो आरोहण मौसममा आठ हजार मिटर माथिका हिमालको यो पहिलो सफल आरोहण हो ।
इदको खरिदारी सीमापारि
मुस्लिम समुदायको इद नजिकिएसँगै सीमापारि बजारमा चहलपहल बढेको छ । नेपालगञ्ज बजारमा खासै चहलपहल सुरु भएको छैन । सीमापारि रुपैडिहा बजारमा भने किनमेल गर्ने नेपालीको अत्यधिक घुइँचो लाग्ने गरेको छ । दशैँ र तिहारजस्तै इदका लागि पनि अधिकांश नेपाली उपभोक्ता सीमापारि गएर किनमेल गरिरहेको पाइएको छ ।
कृषिका लागि साढे बाउन्न अर्ब रुपियाँको बजेट सीमा
अर्थ मन्त्रालयले कृषि तथा पशुन्छी विकास मन्त्रालयलाई आर्थिक वर्ष २०८०/८१ का लागि ५२ अर्ब ४६ करोड रुपियाँको बजेट सीमा तोकेको छ । अर्थ मन्त्रालयले कृषि मन्त्रालयलाई ५२ अर्ब ४६ करोड रुपियाँको बजेट सीमा तोकेको छ र त्यही रकमभित्र आफ्नो कार्यक्रम तयार गर्न भनेको कृषि मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा. प्रकाशकुमार सञ्जेलले जनकारी दिनुभयो । अर्थ मन्त्रालयले बजेटका लागि तोकेको सीमाभित्र नै कार्यक्रमका बारेमा कृषि मन्त्रालयले छलफल सुरु गरेको छ ।
बागमतीको बेरुजु एक अर्ब पाँच करोड
महालेखा परीक्षकको ६०औँ प्रतिवेदनले आव २०७८/७९ मा बागमती प्रदेश सरकारको कुल बेरुजु एक अर्ब पाँच करोड ३१ लाख रुपियाँ देखाएको छ। यो रकम लेखापरीक्षण गरिएको रकमको एक दशमलव ३७ प्रतिशत हो । बागमती प्रदेशका २३१ कार्यालयको कुल ७६ अर्ब ९० करोड ४७ लाख रुपियाँको लेखापरीक्षण गरिएकामा पेस्कीबाहेकको बेरुजु रकम ७० करोड ४९ लाख रुपियाँ रहेको छ।
दोलखाका नौ वटा पालिकाको बेरुजु चार लाख ८१ हजार
दोलखाका नौ वटा स्थानीय तहमा एक वर्षको अवधिमा चार लाख ८१ हजार ४१८ रुपियाँ बेरुजु देखिएको छ ।
लघुवित्तलाई नयाँ निर्देशन
अब लघुवित्त वित्तीय संस्थाहरूले कर्जा असुलीका लागि सार्वजनिक सूचना प्रकाशित गर्दा प्राकृतिक व्यक्तिको तस्बिर प्रकाशन गर्न नपाउने भएका छन् । नेपाल राष्ट्र बैङ्कले लघुवित्त वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन २०७८ मा संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । एकीकृत निर्देशनको संशोधित व्यवस्थाअनुसार इजाजतपत्र प्राप्त संस्थाले आफूले स्वीकृत गरेको सम्पूर्ण कर्जा÷सुविधा कर्जा प्रवाह गरेको विवरण सात दिनभित्रमा कर्जा सूचना केन्द्रमा पठाउनुपर्ने भएको छ । जुन व्यवस्था यसअघि १५ दिनभित्रमा पठाउनुपर्ने थियो ।
आठ खर्ब त्रिपन्न अर्ब लगानी गर्दै प्राधिकरण
नेपाल विद्युत् प्राधिकरणले पाँच वर्षभित्र विद्युतीय पूर्वाधारमा आठ खर्ब ५३ अर्ब रुपियाँ लगानी गर्ने भएको छ । देशभित्र पर्याप्त र गुणस्तरीय विद्युत् उपलब्ध गराउने र अधिक भएको विद्युत् निर्यात गर्नुपर्ने चुनौतीका बीच प्राधिकरणले निर्माण गरेको सन् २०२७ सम्मको कार्ययोजनामा विद्युत् उत्पादनभन्दा प्रसारण पूर्वाधारमा व्यापक लगानी विस्तार गर्न लागेको हो ।
निगमले भैरहवाबाट दिल्ली र क्वालालम्पुर सिधा उडान गर्ने
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले भैरहवाबाट भारतको नयाँ दिल्ली र मलेसियाको क्वालालम्पुरमा सिधा उडान सञ्चालन गर्ने भएको छ ।
नेपाल राष्ट्र बैङ्कमा जागिर पाउन भनसुन लाग्दैन : पूर्वगभर्नर डा. नेपाल
नेपाल राष्ट्र बैङ्कका पूर्व गभर्नर डा. चिरञ्जीवी नेपालले नेपाल राष्ट्र बैङ्कमा जागिर पाउनका लागि कुनै पनि खालको भनसुन नलाग्ने दाबी गर्नु भएको छ ।
चलचित्रको आम्दानी अव मासिक रुपमा सार्वजनिक
चलचित्रबाट भएको आम्दानी वैशाखदेखि मासिक रूपमा सार्वजनिक गरिने भएको छ । चलचित्र विकास बोर्डले आम्दानी कति भयो भनी यकिन गर्न अव मासिक रूपमै सार्वजनिक गर्ने भएको हो ।
उकालो चढ्दै चौँरी गाई (फोटो फिचर)
हिमाली काखमा रमाउने सुन्दर प्राणी हुन् चौँरी गाई । चौँरीका बथानले हिमालको सौन्दर्यतामा थप मोहकता थपिदिन्छ । चौँरी नभए हिमाली आकर्षणको साख नै घट्छ ।
दूध अभावपछि भारतबाट ल्याउन मागियो अनुमति
दूध अभाव भएपछि सरकारी तथा निजी डेरी उद्योगीहरूले भारतबाट दूध, एसएनपी (धुलो दूध) र बटर ल्याउन कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग अनुमति माग गरेका छन् । सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थान, निजी क्षेत्रका नेपाल डेरी एसोसिएसन र नेपाल डेरी उद्योग सङ्घले कृषि मन्त्रालयअन्तर्गतको राष्ट्रिय दुग्ध विकास बोर्डमा निवेदन दिएका छन् ।
निगमको आम्दानी घट्दो
नेपाल वायुसेवा निगमको सञ्चालन आम्दानी आर्थिक वर्ष २०७६/७७ को तुलनामा २०७७/७८ मा ३६ प्रतिशतले घटेको छ । महालेखा परीक्षकको ६०औँ वार्षिक लेखापरीक्षण प्रतिवेदनअनुसार निगमको गत वर्षको सञ्चालन आम्दानी १४ अर्ब ४१ करोड ८३ लाख रुपियाँ रहेकोमा यो वर्ष ३६.८३ प्रतिशतले घटेर नौ अर्ब १० करोड ९२ लाख रुपियाँ पुगेको छ ।
किसानलाई आलु रोप्ने चटारो
दैलेखमा आलुको पकेट क्षेत्र मानिने गुराँस गाउँपालिकाका तरकारी किसानलाई आलु रोप्ने चटारो बढेको छ । यहाँका किसानहरू अहिले बारीमा आलु रोप्न व्यस्त देखिन्छन् । कोही मल बोक्दै, कोही डल्ला फोर्दै, कोही जोत्दै त कोही बिउ लगाउँदै गर्दा किसानलाई फुर्सद छैन ।
चार वर्षदेखि नाका नखुल्दा सुनसान बन्यो लप्ची
चीनसँग सीमा जोडिएको दोलखाको बिगु गाउँपालिका–१ को लप्चीमा रहेको सीमा नाका चार वर्षदेखि कोभिड महामारीको कारण देखाउँदै बन्द गरिएकाले सास्ती भोगिरहेका लप्चीवासीहरू धमाधम बसाइसराइ गर्न थालेका छन् ।
कुल आम्दानी चालु खर्चलाई मात्र ठिक्क
चालु वर्षको तेस्रो त्रैमास पूरा हुँदासम्म सरकारको आम्दानी र खर्चबीचको असन्तुलन झन् विस्तार हुँदै गएको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको चैतसम्मको सरकारको कुल प्राप्ति र खर्चबीचमा दुई खर्ब २२ अर्ब रुपियाँ बराबरको खाडल देखिएको हो । कार्यालयका अनुसार चैतसम्म सरकारले सात खर्ब २४ अर्ब ४७ करोड रुपियाँ प्राप्त गर्दा नौ खर्ब ४३ अर्ब पाँच करोड रुपियाँ खर्च गरेको छ । लक्ष्यअनुसार आम्दानी बढ्न नसक्दा सरकारको कुल आम्दानी साधारण प्रकृतिको चालु खर्चका लागि मात्र पर्याप्त हुने अवस्था सिर्जना भएको छ ।
चैत महिनामा बढ्यो वैदेशिक लगानी
चालु आर्थिक वर्षको चैत महिनामा वैदेशिक लगानी प्रतिबद्धता ह्वात्तै बढेको छ । विश्वमा देखा परेको आर्थिक सङ्कटका कारण घट्दै गएको वैदेशिक लगानी प्रतिबद्धता चैत महिनामा आएर एक्कासि बढेको हो । उद्योग विभागका तथ्याङ्कअनुसार चैत महिनामा ३३ वटा परियोजनामार्फत सात अर्ब ५५ करोड १८ लाख रुपियाँ वैदेशिक लगानी प्रतिबद्धता आएको हो । अन्य महिनाको तुलनामा चैत महिनामा सबैभन्दा धेरै वैदेशिक लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ ।
स्थानीय तहबाटै श्रम स्वीकृति
सरकारले आगामी वैशाख १ गतेदेखि वैदेशिक रोजगारीका लागि सबै प्रकारको श्रम स्वीकृतिको आवेदन स्थानीय तहबाट भर्न सकिने व्यवस्था गरेको छ । वैशाख १/२ गते सार्वजनिक बिदा परेकाले ३ गतेबाट स्थानीय पालिकाअन्तर्गतका रोजगार सेवा केन्द्रमार्फत अनलाइन आवेदनको सेवा लिन सकिनेछ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गएको महिना मन्त्रीस्तरीय निर्णय गर्दै १ वैशाखदेखि व्यक्तिगत श्रम स्वीकृति र पुनः श्रम स्वीकृतिका लागि स्थानीय तहका रोजगार सेवा केन्द्रबाट नै आवेदन दिन सकिने व्यवस्था गर्ने निर्णय थियो । श्रम मन्त्रालयको उक्त निर्णयअनुसार २०८० वैशाख ३ गतेबाट पालिकाअन्तर्गतका रोजगार सेवा केन्द्रमार्फत वैदेशिक रोजगारीमा जानेको अनलाइनबाट श्रम स्वीकृतिको आवेदन दिन थालिएको हो ।