• २० असार २०८२, शुक्रबार

धनकुटामा अटो दुर्घटना हुँदा ६ जना घाइते

blog

दुर्घटनाग्रस्त अटो ।

सन्तोष सुवेदी

पाख्रीबास, असार २० गते। धनकुटा नगरपालिका–९, स्थित बेलहारामा अटो दुर्घटना हुँदा छ जना घाइते भएका छन्। शुक्रबार दिउँसो करिब साढे १ बजे धनकुटाको बेलहाराबाट धनकुटा आउँदै गरेको काे २ ह ५५६७ नम्बरको अटो अनियन्त्रित भई सडक नालीमा पल्टिएको हो। दुर्घटनामा अटोमा सवार ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रवक्ता डिएसपी ओमप्रकाश खनालले जानकारी दिनुभयो। 

घाइतेलाई धनकुटास्थित जिल्ला अस्पताल ल्याइएको छ। घाइतेमध्ये बेलहारा बस्ने ६१ वर्षीया निर्मला बस्नेतको हात भाँचिएको छ। उहाँलाई  थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठान घोपा पठाइएको प्रवक्ता खनालको भनाइ छ।