• १३ साउन २०८१, आइतबार

दूध अभावपछि भारतबाट ल्याउन मागियो अनुमति

blog

काठमाडौँ, वैशाख २ गते । दूध अभाव भएपछि सरकारी तथा निजी डेरी उद्योगीहरूले भारतबाट दूध, एसएनपी (धुलो दूध) र बटर ल्याउन कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग अनुमति माग गरेका छन् । 

सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थान, निजी क्षेत्रका नेपाल डेरी एसोसिएसन र नेपाल डेरी उद्योग सङ्घले कृषि मन्त्रालयअन्तर्गतको राष्ट्रिय दुग्ध विकास बोर्डमा निवेदन दिएका छन् । 

बोर्डका प्रमुख डा. राजेन्द्र यादवका अनुसार नेपालमा दूध उत्पादन कम भएकाले भारतबाट ल्याउन पाउनुपर्छ भनी अनुमतिका लागि डेरी उद्योगीहरूले निवेदन दिएका हुन् । दूध उत्पादन कम भएका कारण धुलो दूध र बटर पनि बनाउन नसकिएको उद्योगीहरूको भनाइ छ ।

उपभोक्तालाई कच्चा दूध पु¥याउन समस्या भइरहेका बेला धुलो दूध र बटर बनाउन सम्भव नै नरहेको नेपाल डेरी उद्योग सङ्घका अध्यक्ष राजकुमार दाहालले बताउनुभयो । दैनिक डेढ लाख लिटर दूध भारतबाट ल्याउनुपर्ने माग उद्योगीहरूको छ ।

अध्यक्ष दाहालले भन्नुभयो, “हामीले दूधसहित एसएनपी र बटर पनि खुला गरिदिनुपर्ने भनी निवेदन हालेका छौँ । एसएनपी र बटर भएन भने कम्तीमा कच्चा दूध ल्याउनका लागि अनुमति दिन कृषि मन्त्रालयसँग आग्रह गरेका छौँ ।”

अहिले नेपालमा मात्र नभई विश्वभर दूध अभाव छ । एफएओको रिपोर्टअनुसार विश्वमा १५ प्रतिशतले दूध उत्पादनमा कमी आएको छ । भारतले पनि एनएनपी तथा बटर बाहिरबाट आयात गर्ने निर्णय गरेको अध्यक्ष दाहालले बताउनुभयो । 

“भारतमा आफैँ समस्यामा छ, हामीलाई दिन्छ कि दिँदैन थाहा छैन । कृषि मन्त्रालयले चाँडै अनुमति दिएमा भने हामी त्यसका लागि पहल गथ्र्यौं,” अध्यक्ष दाहालले भन्नुभयो, 

“गत वर्ष असोजमा एक महिनाका लागि भारतबाट दूध ल्याउन अनुमति दिइएको थियो तर चाडपर्वका कारण त्यति बेला हामीले पर्याप्त मात्रामा 

ल्याउन सकेनौँ । यस पटक अनुमति पाएजति दूध ल्याउँछौँ ।”