• १३ साउन २०८१, आइतबार

दोलखाका नौ वटा पालिकाको बेरुजु चार लाख ८१ हजार

blog

बाबुराम शर्मा 

दोलखा, वैशाख ३ गते । दोलखाका नौ वटा स्थानीय तहमा एक वर्षको अवधिमा चार लाख ८१ हजार  ४१८ रुपियाँ बेरुजु देखिएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार दोलखाका नौ वटा स्थानीय तहमा गत आर्थिक वर्ष २०७८-७९ मा कुल १२ करोड २१ लाख २६ हजार ७६ रुपियाँको लेखा परीक्षण गर्दा चार लाख ८१ हजार ४१८ रुपियाँ बेरुजु देखिएको हो । 

प्रतिवेदन अनुसार भीमेश्वर नगरपालिकामा सबैभन्दा बढी ८५ हजार ९७८ रुपियाँ अर्थात् ३ दशमलव ९२ प्रतिशत बेरुजु देखिएको छ । भीमेश्वर नगरपालिकाको २१ लाख ९५ हजार ४६६ रुपियाँको लेखा परीक्षण गरिएकोमा सो रकम बेरुजु देखिएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख रहेको छ । सबभन्दा कम वैतेश्वर गाउँपालिकाको १२ लाख ५९ हजार ९६७ रुपियाँको लेखा परीक्षण गर्दा ३३ हजार ९३७ रुपियाँ बेरुजु देखिएको छ । 

यस्तै सैलुङ गाउँपालिकाको ११ लाख ७२ हजार ९१७ रुपियाँको लेखा परीक्षण गर्दा ३५ हजार ८०८ रुपियाँ बेरुजु देखिएको छ । यो भनेको ३ दशमलव ०५ प्रतिशत हो । प्रतिवेदन अनुसार जिरी नगरपालिकाको ११ लाख ५२ हजार १९८ रुपियाँको लेखा परीक्षण गर्दा ५६ हजार १४० रुपियाँ अर्थात् ४ दशमलव ८७ प्रतिशत बेरुजु देखिएको छ । 

यस्तै कालिन्चोक गाउँपालिकाको १४ लाख ६३ हजार ४११ रुपियाँको लेखा परीक्षण गरिएकोमा ६३ हजार ८८१ रुपियाँ अर्थात् ४ दशमलव ३७ प्रतिशत बेरुजु देखिएको छ । जिरी नगरपालिकाको ११ लाख ५२ हजारको लेखा परीक्षण गर्दा ५६ हजार १४० रुपियाँ बेरुजु देखिएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख रहेको छ ।

प्रतिवेदन अनुसार मेलुङ गाउँपालिकाको ११ लाख २४ हजार ८ सय ४६ रुपियाँको लेखा परीक्षण गर्दा ४२ हजार ५६६ रुपियाँ बेरुजु देखिएको छ । यो भनेको लेखा परीक्षण गरिएको बजेटको ३ दशमलव ७८ प्रतिशत हो । 

यस्तै बिगु गाउँपालिकाको ११ लाख १६ हजार ५७१ रुपियाँको लेखा परीक्षणमा ५४ हजार २०१ रुपियाँ अर्थात् ४ दशमलव ८५ प्रतिशत बेरुजु देखिएको छ । वैतेश्वर गाउँपालिकाको १२ लाख ५९ हजार ९६७ रुपियाँको लेखा परीक्षणमा ३३ हजार ९३७ अर्थात् २ दशमलव ६९ प्रतिशत बेरुजु देखिएको छ ।

यसै गरी गौरीशङ्कर गाउँपालिकाको १२ लाख ६१ हजार ५०८ रुपियाँको लेखा परीक्षण गर्दा ४७ हजार ५३६ बेरुजु देखिएको छ । यो भनेको ३ दशमलव ७७ प्रतिशत हो । तामाकोसी गाउँपालिकाको १४ लाख ६५ हजार ७९२ रुपियाँको लेखा परीक्षण गर्दा ६१ हजार ५७१ रुपियाँ अर्थात् ४ दशमलव २ प्रतिशत बेरुजु देखिएको छ ।