नवलपुरलाई कुरिलो ‘हब’ बनाइँदै
पूर्वी नवलपरासीको मध्यबिन्दु–३, ब्रह्मस्थानका पदम मोक्तानले व्यावसायिक कुरिलो खेती सुरु गर्नुभएको छ। उहाँलाई यतिखेर कुरिलो मुठा पारेर बेच्न भ्याइनभ्याइ छ। पछिल्लो समय नवलपुरलाई कुरिलो खेतीको हब बनाउने सोचमा मोक्तान लागिपर्नुभएको छ। कम लगानीमा राम्रो आम्दानी हुने भएपछि यो पेसाप्रतिको आकर्षण बढेको हो।
लघुबिमा निर्देशन जारी
नेपाल बिमा प्राधिकरणले लघुजीवन बिमा र निर्जीवन बिमा गर्न चाहनेलाई सीमा छुट्याएको छ । प्राधिकरणले सोमबार जारी गरेको ‘लघुबिमा निर्देशन–२०७९’अनुसार लघुनिर्जीवन बिमातर्फ ५० लाख रुपियाँसम्म र लघुजीवन बिमातर्फ पाँच लाख रुपियाँभन्दा कम बिमाङ्क रकमको मात्रै बिमालेख जारी गर्न पाउने व्यवस्था गरिएको हो ।
हेम्जामा आलु महोत्सव सुरु
‘सुन्दर ठाउँ हेम्जा जाऊँ, आलुका स्वादिष्ट परिकार खाऊँ, आलु एक परिकार अनेक’ नाराका साथ हेम्जामा आइतबारदेखि आलु महोत्सव सुरु भएको छ । विष्णुपादुका क्लबको आयोजनामा महोत्सव सुरु गरिएको हो । महोत्सव उद्घाटन गर्दै गण्डकी प्रदेश सरकारका कृषि ऊर्जा तथा जलस्रोतमन्त्री वेदबहादुर गुरुङले प्रदेश सरकार किसानको पक्षमा रहेको बताउँदै नेपालमा कृषिलाई व्यावसायिक बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले कृषि नीति सुधार्ने तयारीमा मन्त्रालय रहेको जानकारी दिँदै अबको बजेट किसानमुखी बनाउन पहल भइरहेको पनि उल्लेख गर्नुभयो ।
जुरोपानी सबस्टेसन सञ्चालन
झापाको गौरादह नगरपालिका–७, ग्वालडुब्बा, जुरोपानीमा ३३/११ केभी नयाँ सबस्टेसन सञ्चालनमा आएको छ । नेपाल विद्युत् प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालयअन्तर्गत वितरण प्रणाली सुदृढीकरण तथा विस्तार आयोजनामार्फत उक्त सबस्टेसन निर्माण गरिएको हो । सबस्टेसनबाट विद्युत् आपूर्ति हुन थालेपछि झापाको गौरादहदेखि दक्षिणतर्फ भारतीय सीमासम्मका विद्युत् उपभोक्ताहरूले सामना गरिरहेको न्यून भोल्टेजको समस्या समाधान हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
इलाम साहित्य महोत्सव
‘पर्यटनका लागि साहित्य’ नाराका साथ सञ्चालन भएको इलाम साहित्य महोत्सव सम्पन्न भएको छ । इलाम साहित्य समाज र इलाम नगर साहित्य कला सङ्गीत प्रतिष्ठानको संयुक्त आयोजनामा महोत्सव आयोजना गरिएको हो ।
विदेशी लगानी स्वचालित स्वीकृत हुने
नेपालमा लगानी हुने १० करोड रुपियाँसम्मको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) अब स्वचालित मार्गबाट स्वीकृत हुने भएको छ । उद्योग विभागले लगानी तथा प्रविधि हस्तान्तरण नियमावली–२०७७ लाई संशोधन गरी दुई करोडदेखि १० करोड रुपियाँसम्म लगानी हुने परियोजना/प्रस्ताव स्वचालित मार्गबाट स्वीकृत हुने व्यवस्था गरेको हो । नियमावली हालै मन्त्रीपरिषद्बाट स्वीकृत भएसँगै कार्यान्वयनमा आएका हो । विदेशी लगानी स्वीकृत अब अनलाइबाट हुँदा लगानीकर्तालाई सहज हुने भएको छ । विभागका महानिर्देशक रामचन्द्र तिवारीले नियमावली संशोधन गरेर १० करोड रुपियाँ बराबरको वैदेशिक लगानी अनलाइनबाटै स्वीकृत हुने व्यवस्था गरिएको जानकारी दिनुभयो ।
टेलिमेडिसिनमार्फत सेवा लिने बढ्दै
सरकारले वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई लक्षित गरेर सुरु गरेको निःशुल्क टेलिमेडिसिन सेवामा १३७ जनाले सेवा लिएका छन् । वैदेशिक रोजगार बोर्डको सचिवालयको निगरानीमा वीर अस्पतालमा सञ्चालन गरिएको चिकित्सक परामर्श युनिटले विभिन्न १४ देशमा कार्यरत १३७ नेपाली श्रमिकलाई स्वास्थ्य परामर्श सेवा प्रदान गरेको हो । बोर्डले चैत १५ देखि वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको स्वास्थ्य समस्या सल्ट्याउने उद्देश्यले देशको केन्द्रीय अस्पताल वीरमार्फत निःशुल्क टेलिमेडिसिन सेवा दिँदै आएको छ ।
बैङ्कको ब्याजदर घटाउने उपायहरू खोजिरहेका छौँ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैङ्कको ब्याजदर घटाउनका लागि सरकारले विभिन्न उपायहरू खोजिरहेको बताउनुभएको छ।
योजना आयोगका उपाध्यक्ष श्रेष्ठ र दक्षिण कोरियाका पूर्वमन्त्रीबीच भेटवार्ता
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र दक्षिण कोरियाका पूर्वमन्त्री डा. ली नाम कीबीच भेटवार्ता भएको छ ।
केही नयाँ र गुणात्मक परियोजना अगाडि बढाइनेछ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमार्फत केही नयाँ र गुणात्मक प्रकृतिका परियोजना अगाडि बढाउने बताउनुभएको छ ।
भन्सार अधिकारीहरूलाई अर्थमन्त्रीको निर्देशन- नतिजा दिनेगरी काम गर्नु
अर्थमन्त्री डा. प्रकाशशरण महतले कर्तव्यनिष्ठ भएर काम गर्न र नतिजा देखाउन भन्सारका अधिकारीहरूलाई निर्देशन दिनुभएको छ ।
झापाको जुरोपानी सबस्टेसन सञ्चालनमा, विद्युत आपूर्तिमा सुधार
झापाको गौरादह नगरपालिका–७ ग्वालडुब्बा, जुरोपानीमा ३३/११ केभी नयाँ सबस्टेसन सञ्चालनमा आएको छ ।
नयाँ वर्षमा होटल भ्यु भृकुटीको प्याकेज
नेपाली नयाँ वर्ष २०८० को अवसरमा ललितपुरको गोदावरीस्थित होटल भ्यु भृकुटीले विशेष प्याकेज ल्याएको छ । ‘न्यु इयर, न्यु हाइट, न्यु मेमोरिज विथ होटल भ्यु भृकुटी’ भन्ने नाराका साथ होटलले लाइभ म्युजिकका साथमा निःशुल्क फुल्चोकी ट्रिपसम्मको अफर सार्वजनिक गरेको छ । होटलले ल्याएको अफरअन्तर्गत लाइभ म्युजिकका साथमा फ्री वेलकम ड्रिङ्क्स, लाइभ स्टेसन स्न्याक्स, लक्जरियस अकोमोडेसन, बफेट ब्रेकफास्ट र निःशुल्क फुल्चोकी ट्रिपसम्मको अफर रहेको छ ।
भीमेश्वर नगरपालिकाले आठ महिनामा एक करोडभन्दा २९ लाख राजस्व सङ्कलन गर्यो
दोलखाको भीमेश्वर नगरपालिकाले चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा एक करोडभन्दा बढी राजस्व सङ्कलन गरेको छ । चालु आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्म यो राजस्व सङ्कलन भएको हो ।
बर्डफ्लुपीडित किसानले पाउन थाले राहत
कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको पशुसेवा विभागले बर्डफ्लुबाट पीडित किसानलाई राहत वितरण सुरु गरेको छ । गत वर्ष देशका विभिन्न १५ वटा जिल्लामा बर्डफ्लु फैलिएको थियो । त्यसबाट करिब एक लाख किसानका छ लाखभन्दा बढी पन्छी, अन्डा तथा अन्य पन्छीजन्य पदार्थ र पन्छी उत्पादन सामग्री नष्ट गरिएको थियो । त्यसबापत विभागले ती किसानलाई राहत उपलब्ध गराएको छ । १५ वटै जिल्लाका किसानले ५८ करोड रुपियाँभन्दा बढी क्षतिपूर्ति पाउने भएका छन् ।
वैशाखदेखि अनलाइनबाटै बचतपत्र किन्न सकिने
सरकारले आन्तरिक ऋणका रूपमा उठाउने नागरिक बचतपत्र तथा वैदेशिक रोजगार बचतपत्र वैशाखदेखि अनलाइनबाटै खरिद गर्न सकिने भएको छ । नेपाल राष्ट्र बैङ्कसँगको समन्वयमा सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले तयार गरिरहेको ‘इन्भेस्टर पोर्टल’मार्फत यस्तो बचतपत्र खरिद गर्न सकिने भएको हो । अहिले परीक्षणका रूपमा रहेको उक्त पोर्टल वैशाखदेखि सर्वसाधारणका लागि खुला गरिने कार्यालयका सूचना अधिकारी डिलाराम गिरीले जानकारी दिनुभयो । “अहिले हामी परीक्षणकै क्रममा छौँ,” उहाँले भन्नुभयो, “राष्ट्र बैङ्कले आगामी वैशाख/जेठमा निकाल्ने दुवै किसिमका बचतपत्र अनलाइनबाटै खरिद गर्न सक्ने गरी तयारी गरिरहेका छौँ ।”
थप गहुँ आयातका लागि भारतसँग पत्राचार
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले तीन लाख मेट्रिक टन गहुँ आयात अनुमति दिनका लागि भारतलाई पत्राचार गरेको छ । बजारमा आपूर्ति व्यवस्था सहज बनाउन मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत तीन लाख मेट्रिक टन गहँ उपलब्ध गराउन पत्राचार गरेको हो । स्थानीय उत्पादनले बजार माग धान्न नसक्दा थप परिणाममा गहुँ आयात गर्न पत्राचार गरिएको मन्त्रालयले जनाएको छ ।
नयाँ ब्रोकर लाइसेन्स सहज हुने
लामो समयदेखि अन्योल बनेको नयाँ स्टक एक्सचेन्ज, ब्रोकर कम्पनी र वस्तु विनिमय बजारलाई लाइसेन्स दिन बाटो खुल्ने भएको छ । नेपाल धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेन्ज, ब्रोकर कम्पनी र वस्तु विनिमय बजारलाई लाइसेन्स दिने प्रक्रिया सुरु गरेलगत्तै सर्वोच्च अदालतमा रिट परेपछि गत असोजदेखि अन्योल बनेको थियो ।
कोरियामा नेपाली श्रमिकको माग बढ्न सक्ने
रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गत दक्षिण कोरिया जान लिइने कृषि तथा पशुपालनतर्फ दोस्रो चरणको भाषा परीक्षा सञ्चालन भएको छ । सन् २०२३ मा कृषि तथा पशुपालनतर्फ ईपीएसमार्फत रोजगारीका लागि दक्षिण कोरिया जानका लागि फागुन २३ गतेदेखि २०८० वैशाख १३ गतेसम्म सञ्चालन गरिने वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाले जनाएको छ ।
अर्थतन्त्रका समस्या समाधान गरेर सकारात्मक सन्देश दिन्छौंः अर्थमन्त्री महत
अर्थमन्त्री डा.प्रकाशशरण महतले अर्थतन्त्रमा देखिएका समस्या तत्काल समाधान गरेर सकारात्मक सन्देश दिनेगरी आफूले काम गर्ने बताउनुभएको छ।
नेप्सेमा २८ अङ्कको गिरावट
पुँजी बजारमा आज उच्च अङ्कको गिरावट देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)को परिसूचक २८ दशमलव ३१ अङ्कले घटेर एक हजार आठ सय ३८ दशमलव ४८ अङ्क कायम भएको हो
चिया निर्यातमा भइरहेको समस्या समाधानका लागि पहल आवश्यक
नेपाली चिया निर्यातमा व्यहोर्नु परिरहेको समस्या र ती समस्या समाधानका लागि सरोकारवाला निकायहरूले समन्वय गर्ने बताएका छन् ।
अदुवा, अलैँची र प्लाइउडको निर्यात बढ्यो
नेपालको अदुवा, अलैँची र प्लाइउडको निर्यातमा वृद्धि भएको छ । पूर्वी नाका काँकडभिट्टा भएर भारत निकासी भएका आधारमा निर्यात बढेको देखिएको हो ।
ससर्त अनुदानको आधार सिफारिस
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष २०८०/८१ लागि प्रदेश सरकारबाट स्थानीय तहलाई प्रदान गरिने ससर्त अनुदानको आधार सिफारिस गरेको छ । आयोगले संवैधानिक व्यवस्थाअनुसार आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारलाई स्थानीय तहलाई प्रदान गर्ने ससर्त अनुदानको आधार सिफारिस गरेको हो । अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ मा प्रदेशले स्थानीय तहलाई प्रदेश कानुनअनुसार आयोगले तोकेको आधारबमोजिम वित्तीय समानीकरण अनुदानसहित ससर्त अनुदान प्रदान गर्ने व्यवस्था रहेको छ ।