सहकारीको पुँजीलाई उत्पादन र बजारीकरणमा लगानी गरिने
सहकारीको पुँजीलाई उत्पादन, प्रशोधन र बजारीकरणमा लगानी गरी मूल्य शृङ्खला विकासमार्फत आत्मनिर्भर अर्थतन्त्र निर्माणसहित विभिन्न प्रतिबद्धता व्यक्त गर्दै सहकारी महासम्मेलन शनिबार सम्पन्न भएको छ । राष्ट्रिय सहकारी महासङ्घ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त आयोजनामा बिहीबारदेखि चलेको तेस्रो राष्ट्रिय सहकारी महासम्मेलन ११ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको हो ।
लुम्बिनीमा तीन महिनामा भित्रिए नब्बे हजार विदेशी पर्यटक
भैरहवा समाचारदाताभैरहवा, चैत २६ गते । कोभिड महामारीका बेला खस्किएको लुम्बिनीको पर्यटन क्षेत्र बिस्तारै लयमा आउन थालेका छन् । पछिल्लो तीन महिनामा लुम्बिनीमा करिब ९० हजार पर्यटक भित्रिएका छन् । यद्यपि लुम्बिनी आएका पर्यटक भने बस्दै नबसी फर्कने क्रम रोकिएको छैन । बुद्ध जन्मस्थल लुम्बिनीमा अहिले तेस्रो मुलुकका पर्यटकको चहलपहल बढेको छ ।लुम्बिनी विकास कोषले दिएको जानकारीअनुसार जनवरी सुरु भएयता ६१ हजार १२२ भारतीय पर्यटकले लुम्बिनी भ्रमण गरेका छन् । नेपाल र भारतबाहेक तेस्रो मुलुकबाट मात्र २८ हजार ८०६ जनाले लुम्बिनी भ्रमण गरेका छन् । यो सङ्ख्या अघिल्लो वर्षभरिका कुल विदेशी पर्यटकभन्दा पाँच हजार बढी हो । सन् २०२२ मा २३ हजार ९४२ तेस्रो मुलुकका पर्यटक लुम्बिनी आएका थिए । जनवरी महिनामा तेस्रो मुलुकबाट तीन हजार ९८७ पर्यटक लुम्बिनी आएका थिए । फेब्रुअरीमा १२ हजार ५२२ र मार्चमा १२ हजार २९७ विदेशी पर्यटक आएको लुम्बिनी विकास कोषले जनाएको छ । अहिले सबैभन्दा बढी थाइल्यान्डबाट सात हजार ७६० पर्यटक आएका छन् । श्रीलङ्काका पाँच हजार १५८, म्यान्मारका चार हजार ३४२, भियतनामबाट दुई हजार ९११ र दक्षिण कोरियाका दुई हजार ८८५ जनाले लुम्बिनी भ्रमण गरेका छन् । चिनियाँ पर्यटकको सङ्ख्या भने बढ्न सकेको छैन । यस अवधिमा चीनबाट ३६९ जना पर्यटक मात्रै नेपाल आएका छन् ।लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले कोषले हालै गरेको केही कार्यक्रमले पनि विदेशी पर्यटकको आगमन बढेको बताउनुभयो । “कोरियन र थाई पर्यटकलाई केन्द्रित गरेर कार्यक्रम गरेका थियौँ । यसले पनि पर्यटकहो सङ्ख्या बढेको छ,” उहाँले भन्नुभयो, “आगामी दिनमा पर्यटकको सङ्ख्या अझै बढ्ने सङ्केत देखिएको छ ।”गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तयार भए पनि पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन । कुवेतको जजिरा एयरले सातामा तीन पटक उडान गरेको छ । अरू उडान पनि थपेर अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा सञ्चालनमा आउने हो भने लुम्बिनीमा खर्च गर्ने खालका गुणस्तरीय पर्यटक आउने भैरहवाका पर्यटन व्यवसायी तथा सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर (सोटो)का लुम्बिनी प्रदेश अध्यक्ष सञ्जय बजिमयले बताउनुभयो ।
चवालीस अस्पतालसँग कोषको सम्झौता, उपचारमा २० प्रतिशत तिरे पुग्ने
सामाजिक सुरक्षा कोषमा आबद्ध लाभग्राहीले तोकिएका अस्पतालमा उपचार गर्दा अब २० प्रतिशतभन्दा बढी रकम तिर्नु नपर्ने भएको छ । कोषले सम्झौता गरेका विभिन्न ४४ वटा अस्पतालमा औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना र दुर्घटना तथा अशक्तता सुरक्षाबापत अस्पतालमा लाग्ने खर्चमा २० प्रतिशत मात्र बुझाए पुग्ने कोषले जनाएको छ ।
राष्ट्रिय फल घोषणा गर्न अध्ययन सुरु
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आफ्नो देशको राष्ट्रिय फल के राख्ने त्यसका बारेमा अध्ययन सुरु गरेको छ । राष्ट्रिय कृषि आनुवांशिक स्रोत केन्द्रले सुन्तलालाई राष्ट्रिय फल घोषणा गर्नुपर्ने प्रस्ताव गरेपछि कृषि मन्त्रालयले त्यसको अध्ययन थालेको हो । कृषि मन्त्रालयले स्रोत केन्द्रबाट आएको प्रस्तावलाई अध्ययन गरी प्रतिवेदन बुझाउने जिम्मेवारी राष्ट्रिय फलफूल विकास केन्द्र कीर्तिपुरलाई जिम्मेवारी दिएको छ ।
काभ्रेली आलुको कपिलवस्तु यात्रा
काभ्रेपलाञ्चोकका आलुले भण्डारका लागि ३३२ किलोमिटर दूरी तय गर्ने गरेका छन्। जिल्लामा आलु भण्डारण गर्ने उचित शीतभण्डार (कोल्ड स्टोर) अभावमा किसानले कपिलवस्तुको जितपुरमा रहेको कोल्ड स्टोरमा आलु भण्डारण गर्न थालेका हुन्। किसान आफूले उब्जनी गरेको आलु भण्डारण गर्न ३३२ किलोमिटर टाढाको कोल्ड स्टोरको शरणमा जानुपर्ने बाध्यतामा छन्।
सिन्धुपाल्चोकका नेताद्वारा युपिभिसी उद्योग संचालन
सिन्धुपाल्चोकका राजनैतिक ब्यक्तिहरु मिलेर भक्तपुरको चाँगुनारायण नगरपालिका–२ दुवाकोट, सल्लाघारी नजिकै एएसके युपिभिसी फेब्रिकेशन एण्ड ईन्जिनियरिङ प्राइभेट लिमिटेड उद्योग संचालन गरेका छन् ।
सहकारीमा नियमन कडा बनाउन जोड
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले आन्तरिक नियमन प्रणाली बलियो बनाउन सके सहकारीमा समस्या नआउने बताउनुभएको छ । राष्ट्रिय सहकारी महासङ्घ तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त आयोजनामा जारी तेस्रो सहकारी महासम्मेलनको दोस्रो दिन कार्यपत्र प्र्रस्तुत गर्दै रेग्मीले भन्नुभयो, “सहकारीमा माथिबाटै सफाइ गर्नु आवश्यक छ । यसो हुन सके सुशासनमा प्रवद्र्धन पुग्छ ।” कर्जा सूचना केन्द्र, ऋण असुली न्यायाधिकरण गठन गर्न सरकार सकारात्मक भएको भन्दै उहाँले सहकारीका समस्या समाधान गर्न मन्त्रालय सहजीकरण गर्न तयार रहेको बताउनुभयो ।
वैदेशिक रोजगारीबाट फर्किएकाको एकीकरण
सरकारले वैदेशिक रोजगारीबाट फर्किएकाको सीप र पुँजीलाई मुलुकको आर्थिक सामाजिक विकासमा सघाउ पु-याउन पुनः एकीकरण कार्यक्रम सञ्चालन गर्न पालिकासँग सम्झौता सुरु गरेको छ । वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारीबाट फर्केकालाई लक्षित गरेर सञ्चालन गरिने पुुनः एकीकरण कार्यक्रमका लागि पालिकासँग सम्झौता सुरु गरेको हो ।
३७ वर्षपछि निर्माण भयो कालिकोटको सुनथराली विमानस्थल
कालिकोटको सुनथराली विमानस्थल निर्माण सुरु भएको ३७ वर्षपछि सम्पन्न भएको छ । २०४२ सालबाट निर्माण सुरु भएको उक्त विमानस्थल २०७९ पुसमा सम्पन्न भएको थियो । यो विमानस्थलले अहिले जहाजको प्रतीक्षा गरेका छन् ।
नगद अभावले भारतबाट मल ल्याउन समस्या
नेपाल–भारतबीच जीटुजी (सरकारदेखि सरकार) प्रणालीबाट मल खरिद गर्ने सम्झौता भएको एक वर्षभन्दा बढी भइसक्यो तर नेपालले हालसम्म ३० हजार मेट्रिक टन मल ल्याउन मात्र सकेको छ । नेपाल र भारतीबीच २०७८ फागुन १६ गते जीटुजी सम्झौताबाट मल खरिद गर्ने सम्झौता भएको थियो । सम्झौताअनुसार भारतबाट पाँच वर्षमा पाँच लाख ६५ हजार मेट्रिक टन युरिया र तीन लाख ७० हजार मेट्रिक टन डीएपी मल आउनुपर्ने हो । सन् २०२१–२२ मा एक लाख मेट्रिक टन युरिया र डीएपी ५० हजार टन आउनुपर्ने थियो तर हालसम्म ३० हजार मेट्रिक टन युरिया मात्र आइपुगेको छ ।
आँप उत्पादनमा कमी आउने
फलको राजा मानिने आँपमा फूल लाग्ने बेलादेखि नै रोगको प्रकोप बढेकाले यो वर्ष उत्पादनमा ह्रास आउने भएको छ । मौसमी प्रतिकूलता र रोगका कारण आँपको फूल (मञ्जर) नै डढेकाले उत्पदनमा निकै कमी आउने जिल्ला कृषि ज्ञान केन्द्रले जनाएको छ । बोटमा फल नलागेपछि आँप कृषकले करोडौँ रुपियाँ बारबरको क्षति बेहोर्नुपर्ने भएको छ ।
प्रतिबद्धताको एक तिहाइ मात्र भित्रन्छ विदेशी लगानी
नेपालमा लगानी गर्ने भनेर प्रतिबद्धता गरेको लगानीको झन्डै एक तिहाइ मात्र प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) भित्रिने गरेको पाइएको छ । उद्योग विभागका अनुसार विगत १० वर्षको अवधिमा मुलुकमा झन्डै तीन खर्ब रुपियाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता भएकोमा सवा खर्ब रुपियाँ लगानी भित्रिएको छ ।
बजेट लेख्ने टोली तयार
अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यको मस्यौदा तयार गर्ने समिति गठन गरेको छ । मन्त्रालयका सहसचिव भूपाल बरालको नेतृत्वमा सरकारले समिति गठन गरेको हो । मस्यौदा लेखन समितिमा मन्त्रालयकै सहसचिवहरू उत्तरकुमार खत्री, धनीराम शर्मा, आनन्द काफ्ले, बाबुराम सुवेदी र जनकराज शर्मा सदस्य हुनुहुन्छ । समितिलाई बजेट वक्तव्यसहित दुवै सदनमा पेस गरिने विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताको मस्यौदा तयार गर्ने जिम्मेवारी तोकिएको छ ।
नेपालमा सुरु भयो ‘आला कार्ट’
स्वदेशी टेलिभिजन च्यानल वितरकहरूले लामो समयदेखि माग राख्दै आएको ‘आला कार्ट’ प्रणाली कार्यान्वयनमा आएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै उक्त प्रणाली सुरु भएको जानकारी दिएको हो । यो प्रणाली कार्यान्वयनमा आएसँगै टेलिभिजन च्यानलहरूको सिग्नल वितरण गर्ने केबुल, एमएसओ, डीटीएच, आईपीटीभीजस्ता संस्थाले उपभोक्ताबाट लिन पाउने शुल्कमा एकरूपता कायम भएको छ ।
वायुसेवा निगमको संरचनागत र व्यवस्थापकीय पक्षको अध्ययन गर्न समिति गठन
सरकारले राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को संरचनागत र व्यवस्थापकीय पक्षको अध्ययन गर्न समिति गठन गरेको छ।
कार्यान्वयनमा विज्ञको जोड : बेरोजगारी समस्या सम्बोधन नभएको आरोप
सरकारका न्यूनतम साझा कार्यक्रम सार्वजनिक भएपछि यसमाथि विभिन्न टिका टिप्पणी भइरहेका छन्।
खस्किएको अर्थतन्त्रलाई लयमा ल्याउने प्रयत्नमा छौँ : अर्थमन्त्री महत
अर्थतन्त्र सङ्कटतर्फ उन्मुख भएको भन्दै निजी क्षेत्रले चिन्ता व्यक्त गरिरहेका बेलामा अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र सुधारका लागि सक्रिय पहल सुरु गर्नुभएको छ।
विज्ञापन क्षेत्रको दायरा बढाउन आवश्यक छ : उद्योगमन्त्री रिजाल
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले विज्ञापन क्षेत्रको दायरा बढाउन आवश्यक रहेको बताउनुभएको छ ।
उडेको जहाजमा झगडा गर्ने यात्रुलाई तारेखमा छाडियो
उडेको जहाजमा झगडा गरी अभद्र व्यवहार गर्ने दुई यात्रुलाई गौसला प्रहरीले बिहीबार साँझ तारेखमा छाडेको छ । बुधवार विराटनगरबाट काठमाडौँ उडेको जहाजमा झगडा गरी अन्य यात्रुहरूलाई आतङ्कित पार्ने गरी कार्य गरेपछि बुद्ध एयरका कर्मचारीले प्रहरीलाई जिम्मा लगाएका थिए ।
नयाँ वर्षमा पर्यटकलाई निम्तो
पर्यटकलाई निम्ता गर्दै नेपाली नयाँ वर्षको अवसरमा होटल सङ्घ पोखराले फेवा नववर्ष महोत्सवको आयोजना गरेको छ। पर्यटकको स्वागतमा जागिरहने पोखरामा पर्यटक आवागमन न्यून भइरहेकाले नेपाली नयाँ वर्षसँगै यो अवस्था नरहने विश्वास व्यवसायीको छ। चैत २९ गतेबाट तीन दिन १८औँ फेवा नववर्ष महोत्सव मनाउने होटल सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले बताउनुभयो। पोखरा–६ लेकसाइडको दुई किलोमिटर सडकमा महोत्सवका निम्ति सवारीसाधन आवागमन पनि रोकेर कार्यक्रम गरिँदै छ। महोत्सवले गण्डकी प्रदेशको
चियाको कर उठाउन स्थानीय सरकार अदालत जाने
नेपाल सरकारको स्वामित्वमा रहेका चिया बगान लिजमा लिएको भारतको त्रिवेणी सघाई ग्रुपसँग चिया बगान रहेको इलाम र झापाका पालिकाहरूले कर उठाउनका लागि अदालत जाने तयारी थालेका छन् ।
दोर्दी कोरिडोर प्रसारण लाइन पूर्ण सञ्चालनमा
लमजुङको दोर्दी र त्यसका सहायक खोलाबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण गरिएको दोर्दी कोरिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइन पूर्ण रूपमा सञ्चालनमा आएको छ ।
पोल्ट्री व्यवसायीद्वारा सहुलियत माग
नेपाल कुखुरा व्यवसायी मञ्चले विद्युत् महसुल र बैङ्क ऋणमा सहुलियत दिन अर्थमन्त्री डा. प्रकाशशरण महतसँग माग गरेको छ । मञ्चले अर्थमन्त्री महतसँग ज्ञापनपत्रमार्फत सो माग गरेको हो । पोल्ट्री क्षेत्र विशेष गरी फार्मिङ, ह्याचरी, दाना उद्योग र कोल्ड स्टोरहरूलाई चौबिसै घण्टा विद्युत् आवश्यक पर्ने भएको हुँदा पोल्ट्रीजन्य उल्लेखित प्रकृतिका व्यवसायमा खपत हुने विद्युत् महसुलमा ५० प्रतिशतको सहुलियत दिन मञ्चले माग गरेको छ ।
सामाजिक सुरक्षा योजनामा चार म्यानपावर कम्पनी
योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा चारवटा वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनी आबद्ध भएका छन् । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने र विदेशमा स्वरोजगारलाई आबद्ध गराउन थालेलगत्तै श्रमिक पठाउने प्रक्रिया काम गर्ने निजी संस्थाका कर्मचारीलाई योजनामा आबद्ध हुन निर्देशन दिएपछि चारवटा म्यानपावर कम्पनी कोषको योजनामा आबद्ध भएका हुुन् । विभागले गत साता मात्रै वैदेशिक रोजगारीको भर्ना प्रक्रियासँग जोडिएका एक हजार २७६ निजी संस्थामा कार्यरत कर्मचारीलाई कोषको योजनामा आबद्ध गर्न निर्देशन दिइएको थियो ।