• १३ साउन २०८१, आइतबार

उडेको जहाजमा झगडा गर्ने यात्रुलाई तारेखमा छाडियो

blog

फाइल तस्बिर

काठमाडौँ, चैत २४ गते । उडेको जहाजमा झगडा गरी अभद्र व्यवहार गर्ने दुई यात्रुलाई गौसला प्रहरीले बिहीबार साँझ तारेखमा छाडेको छ । बुधबार विराटनगरबाट काठमाडौँ उडेको जहाजमा झगडा गरी अन्य यात्रुहरूलाई आतङ्कित पार्ने गरी कार्य गरेपछि बुद्ध एयरका कर्मचारीले प्रहरीलाई जिम्मा लगाएका थिए । 

महानगरीय प्रहरी वृत्त गौशालाका डिएसपी सन्दीप बाबु खड्काका अनुसार दुवै जना यात्रुलाई सचेत गराई तारेखमा छाडिएको जानकारी दिनुभयो ।जग्गाको विवादले बुद्ध एयरको उडान नं. ७१० को जहाज भित्रै उनीहरूले झगडा गरेका थिए । जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेसँगै विमानस्थलका सुरक्षाकर्मीले नियन्त्रणमा लिइएको थियो ।

जहाज उडेको समयमा आकाशमै अभद्र व्यवहार गरी अन्य यात्रुलाई समेत उडानमा प्रभावित बनाउने यी दुवै जना यात्रुलाई हवाई सुरक्षामा गम्भीर असर पुग्ने भएकाले सोही कारण जरिवाना, कैद वा उडानमै रोक लगाउन सक्नेसम्मका कारबाही हुन सक्ने प्रावधान रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका सह प्रवक्ता ज्ञानेन्द्र भुलले बताउनुभयो ।