मुद्रा सटहीका लागि राष्ट्र बैंक र विकास कोषबीच सम्झौता
लुम्बिनीमा दान वापत संकलित विदेशी मुद्रा सटहीका लागि नेपाल राष्ट्र बैंक सिद्धार्थनगर र लुम्बिनी विकास कोषबीच सम्झौता भएको छ । बुधबार कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई र राष्ट्र बैंक सिद्धार्थनगरका कायम मुकायम निर्देशक शान्तिप्रसाद पाण्डेबीच लुम्बिनीमा सटही हुन नसकेका विभिन्न २० वटा देशका विदेशी मुद्रा सटही गर्न सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
उच्चस्तरीय प्रशासनिक पुनर्संरचना आयोग बनाइने
सुशासनयुक्त एवम् भ्रष्टाचारमुक्त शासकीय व्यवस्था निर्माण गर्न इ–गभर्नेन्स ऐन यथाशीघ्र संसदमा प्रस्तुत गरी पारित गरिने विषय उल्लेख छ ।
नियम विपरीत काम गरेका सहकारीलाई तत्काल नियन्त्रण गर्न प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नियम विपरित काम गरेका सहकारीलाई तत्काल नियन्त्रण गर्न सम्बन्धित नियामक निकायहरुलाई निर्देशन दिनुभएको छ ।
व्यावहारिक र कार्यान्वयन गर्न सकिने खालको छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारको न्यूनतम साझा कार्यक्रम पहिलेभन्दा परिमार्जित, व्यावहारिक र कार्यान्वयन गर्न सकिनेखालको भएको बताउनुभएको छ । सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिकीकरण गर्ने कार्यक्रममा आज यहाँ सम्बोधन गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो ।
अर्थतन्त्र सुधार गर्न पुँजी निर्माण तथा परिचालनलाई प्राथमिकता दिइने (पूर्णपाठसहित)
सरकारले देशको अर्थतन्त्र सुधारका लागि सरकारले पुँजी निर्माण तथा परिचालनलाई प्राथमिकतामा राख्ने जनाएको छ ।
सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक (प्रत्यक्ष प्रसारण)
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा रहेको संयुक्त सरकारले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ ।
आगामी बजेट अर्थतन्त्र सुदृढ बनाउन केन्द्रित हुनेछ : अर्थमन्त्री
अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रलाई सुदृढ बनाउन आफूले पहिलो प्राथमिकता दिने जानकारी दिनुभएको छ ।
पुँजीगत खर्च बढाउन विशेष मेहनत गरौँ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा देखापरेको आर्थिक चुनौतीलाई सम्बोधन गर्ने गरी काम गर्न र पुँजीगत खर्च बढाउन विशेष मेहेनत गर्न निर्देशित गर्नुभएको छ ।
मुद्रा सटहीका लागि नेपाल राष्ट्र बैङ्क र लुम्बिनी विकास कोषबीच सम्झौता
लुम्बिनीमा दानबापत सङ्कलित विदेशी मुद्रा सटहीका लागि नेपाल राष्ट्र बैङ्क र लुम्बिनी विकास कोषबीच सम्झौता भएको छ ।
झुल्नेटामा लक्ष्मीको एटीएम सेवा
लक्ष्मी बैङ्कले रुकुमपश्चिमको त्रिवेणी गाउँपालिका–३, झुल्नेटामा बुधबारबाट एटीएम सेवा सञ्चालनमा ल्याएको छ । बैङ्कको झुल्नेटा शाखाले १८०औँ एटीएम सेवाका रूपमा उक्त सेवाको शुभारम्भ गरेको जनाएको छ ।
वैशाखमा ऊर्जा सम्मेलन
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इप्पानले आगामी वैशाख ५ र ६ गते ऊर्जा सम्मेलन गर्ने भएको छ । ऊर्जा क्षेत्रका नयाँ आयाम, विद्युत् व्यापार तथा खपत विस्तारलगायतका विषयमा छलफल गर्ने गरी सम्मेलन आयोजना गर्न लागिएको इप्पानले जनाएको छ ।
महासङ्घमा सर्वसम्मत नेतृत्वको पहल
नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले आगामी चैत २८ र २९ गते हुने ५७औँ वार्षिक साधारण सभामा सर्वसम्मत नेतृत्व निर्वाचित गर्ने पहल सुरु गर्नुभएको छ । वरिष्ठ उपाध्यक्षका तीन आकाङ्क्षी उमेशलाल श्रेष्ठ, रामचन्द्र सङ्घई र अञ्जन श्रेष्ठलाई एकै ठाउँमा राखेर ढकालले सर्वसम्मत नेतृत्व चयनको वातावरण निर्माण गर्न आग्रह गर्नुभएको छ । ढकाल आगामी साधारण सभाबाट स्वतः अध्यक्ष बन्दै हुनुहुन्छ ।
‘अर्थतन्त्रमा सकारात्मक सङ्केत’
अर्थ मन्त्रालयका सचिव तोयम रायले अर्थतन्त्रमा आन्तरिक रूपमा चाप कायमै भए पनि केही क्षेत्रमा सकारात्मक सुधार देखिएको बताउनुभएको छ । बुधबार ‘नेपाल डेभलपमेन्ट अपडेट’ सार्वजनिक गर्दै उहाँले पर्यटन आगमन, विपे्रषण आप्रवाह, जलविद्युत्जस्ता क्षेत्रमा सुधार आएको बताउनुभएको हो । “अर्थतन्त्र अहिले पनि आन्तरिक रूपमा वित्तीय दबाबमा रहेको र अहिले आन्तरिक रूपमा समस्या भए पनि यी क्षेत्रमा आएको सुधारले अर्थतन्त्रलाई सहयोग पुग्ने देखिन्छ,” उहाँले भन्नुभयो ।
खानेपानी समस्या समाधान गर्ने प्रमको प्रतिबद्धता
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धरानमा लामो समयदेखि विद्यमान खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि सङ्घीय सरकारको तर्फबाट सकारात्मक सहयोग हुने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। धरानको खानेपानी समस्या समाधानका लागि आफू सकारात्मक रहेको र सरकारको तर्फबाट आवश्यक बजेट विनियोजन गर्ने आश्वासनसमेत दिनुभएको छ।
अनुदान थप्न अमेरिका इच्छुक
नेपालमा अनुदान थप्न अमेरिकाले इच्छा देखाएको छ । मिलिनियम च्यालेन्जर कर्पोरेसन (एमसीसी) र अमेरिकी सहयोग नियोग (यूएसएआइडी)मार्फत नेपालमा अनुदान थप्न अमेरिका इच्छुक भएको हो । अर्थमन्त्री डा. प्रकाशशरण महतसँग बुधबारको भेटमा नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डेयन आर थमसनले उक्त कुरा बताउनुभएको हो ।
चक्लाबन्दीमा इँटाको खलो बनाएको स्वीकार
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (सुपर जोन) आलुको आर्थिक सहयोगमा चक्लाबन्दी गरिएको जमिनमा इँटाको खलो बनाएको पाँचखाल नगरपालिकाले स्वीकार गरेको छ । पाँचखाल नगरपालिकाको कृषि शाखाले समाचार प्रकाशित भएपछि कृषि शाखा प्रमुख अधिकारीको नेतृत्वमा भएको स्थलगत निरीक्षणपछि चक्लाबन्दी गरिएको २८ रोपनी जग्गा इँटा पार्न दिइएको पाइएको उहाँले बताउनुभयो । तर, सो स्थानको माटो भने प्रयोग नगरेको र अन्यत्र स्थानबाटै माटो ल्याएर इँटा पारिएको पाइएको स्पष्ट पार्नुभयो ।
अध्ययनमै अल्झिँदै दूधकोशी जलविद्युत्
सरकारको लक्ष्यलाई हेर्ने हो भने ६३५ मेगावाट क्षमताको दूधकोशी जलाशययुक्त जलविद्युत् अहिले निर्माणको तेस्रो वर्षमा प्रवेश गरिसकेको हुनुपर्ने थियो तर आजका दिनसम्म पनि आयोजनाको अध्ययन तथा वित्तीय व्यवस्थापनकै टुङ्गो लाग्न नसक्दा आयोजना निर्माणको नेतृत्व पाएको नेपाल विद्युत् प्राधिकरणले यो आयोजना निर्माणबारे कार्यसूची नै बनाउन सकेको छैन ।
निर्यात प्रवर्द्धनका लागि एक्सपोर्ट हाउस खोल्न चेम्बरको प्रस्ताव
नेपाल चेम्बर अफ कमर्सको पदाधिकारी टोलीले नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालसँग भेटवार्ता गरेको छ ।
आर्थिक वृद्धिदर ४.१ र मुद्रास्फीति ७.४ प्रतिशत रहने
एसियाली विकास बैङ्क (एडिबी) ले सन् २०२३ मा नेपालको आर्थिक वृद्धिदर चार दशमलव एक प्रतिशतमा खुम्चने र मुद्रास्फीति सात दशमलव चार प्रतिशतसम्म पुग्ने प्रक्षेपण सार्वजनिक गरेको छ।
नागढुङ्गामा सुरुङ खन्न रोकियो
सुरुङ खन्ने क्रममा आएको कमसल माटोले उपकरण बिग्रिदा नागढुङ्गा सुरुङमार्ग आयोजनामा खन्ने काम रोकिएको छ। यो समस्या देखिएको २० दिन भएको नागढुङ्गा सुरुङमार्ग आयोजनाले जनाएको छ।
आयोजना कार्यान्वयन प्रभावकारी बनाउन अर्थमन्त्रीसँग विश्व बैङ्क र एडिबीको आग्रह
अर्थमन्त्री डा. प्रकाशशरण महतसँग नेपालका दुई ठूला विकास साझेदार विश्व बैङ्क र एसियाली विकास बैङ्क (एडिबी) का प्रतिनिधिले छलफल गर्नुभएको छ ।
दुई दिनभित्र सरकारले पूर्णता पाउँछ: प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको दुई दिन भित्र सरकारले शतप्रतिशत पूर्णता पाउने बताउनुभएको छ ।
सुनको मूल्यमा नयाँ कीर्तिमान : प्रतितोला एक लाख ११ हजार रुपियाँ
बुधबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । आज सुनको मूल्य प्रतितोला एक लाख ११ हजार रुपियाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य तोलामा दुई हजार रुपियाँले बढेको जनाएको हो ।
महासङ्घ निर्वाचनमा समूहगत उम्मेदवारी
नेपाल उद्योग वाणिज्य महासङ्घको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका लागि तीन जना प्रत्याशीले समूहगत उम्मेदवारी दिएका छन् । वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिनेमा व्यवसायी उमेशलाल श्रेष्ठ, अञ्जन श्रेष्ठ र रामचन्द्र सङ्घाई हुनुहुन्छ । महासङ्घको ५७औँ वार्षिक साधारण सभामा अध्यक्ष बाहेकका कार्यकारी पदका लागि यही चैत २९ गते निर्वाचन हुँदैछ । हाल वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल सोही सधारण सभाबाट स्वतः अध्यक्ष बन्दै हुनुहुन्छ । उमेशलाल श्रेष्ठको समूहबाट जिल्ला तथा नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ, एसोसिएट्स उपाध्यक्षमा भरत आचार्य र वस्तुगत उपाध्यक्षमा हेमराज ढकालले उम्मेदवारी दिनुभएको छ ।