• १३ साउन २०८१, आइतबार

महासङ्घमा सर्वसम्मत नेतृत्वको पहल

blog

काठमाडौँ, चैत २३ गते । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले आगामी चैत २८ र २९ गते हुने ५७औँ वार्षिक साधारण सभामा सर्वसम्मत नेतृत्व निर्वाचित गर्ने पहल सुरु गर्नुभएको छ । वरिष्ठ उपाध्यक्षका तीन आकाङ्क्षी उमेशलाल श्रेष्ठ, रामचन्द्र सङ्घई र अञ्जन श्रेष्ठलाई एकै ठाउँमा राखेर ढकालले सर्वसम्मत नेतृत्व चयनको वातावरण निर्माण गर्न आग्रह गर्नुभएको छ । ढकाल आगामी साधारण सभाबाट स्वतः अध्यक्ष बन्दै हुनुहुन्छ । 

महासङ्घलाई सबै उद्योगी व्यवसायीको साझा प्लेटफर्म बनाउने गरी महासङ्घमा सकेसम्म सर्वसम्मत नेतृत्व निर्वाचित गर्न चाहेको उहाँको भनाइ छ । महासङ्घका सातवटै प्रदेशको निर्वाचन सम्पन्न भएको र सबै प्रदेशमा अधिकांश पदमा सर्वसम्मत नेतृत्व निर्वाचित भएको भन्दै ढकालले तीनै जना आकाङ्क्षीलाई सहमति कायम गर्न आग्रह गर्नुभएको थियो । “प्रदेश तहमा देखिएको सर्वसम्मतको अभ्यासले महासङ्घमा राम्रो संस्कारको पनि विकास गरेको छ ।