वास्तविक किसानका लागि नीति बनाइँदै
गण्डकी प्रदेश कृषि, ऊर्जा तथा जलस्रोतमन्त्री वेदबहादुर गुरुङले वास्तविक किसानको दर्दनाक अवस्था रहकाले उनीहरूको आर्थिक अवस्था परिवर्तनका लागि नीति बनाएर अगाडि बढ्ने बताउनुभएको छ। गण्डकी प्रदेशका किसानको संरक्षणका लागि सङ्घ र स्थानीय तहसँग समन्वय गरेर अगाडि बढ्ने उहाँको भनाइ छ।नेपाल भेटेरिनरी एसोसिएसन गण्डकी प्रदेशको तेस्रो साधारण सभा एवं राष्ट्रिय अधिवेशनको उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो।
राम्रो मूल्य पाउन जिल्लामै कफी प्रशोधन
राम्रो मूल्य पाइने भएपछि पर्वतको एक कफी उत्पादक सहकारी संस्थाले आफँै प्रशोधन गरी बजारमा धुलो कफी बिक्री गर्न सुरु गरेका छ । जिल्लामा उत्पादित कफीले राम्रो बजार पाउन नसकेपछि सहकारी आफैँले उत्पादन गरेर बिक्री सुरु गरेपछि किसानले समेत राम्रो मूल्य पाउन थालेका हुन् ।
सहकारीको प्रभाव मूल्याङ्कन आवश्यक
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री राजेन्द्रकुमार राईले सहकारी अभियानले गरिबी निवारण र आयआर्जनमा सहयोग पु-याउनुपर्ने बताउनुभएको छ । पछिल्लो समय सहकारीबारे राम्रा–नराम्रा चर्चा भइरहेको औँल्याउँदै मन्त्री राईले भन्नुभयो, “हामीले सहकारी राम्रो छ भनिरहँदा गाउँगाउँमा सहकारीले नागरिकको जीवनस्तर परिवर्तन आयो कि आएन भनेर मूल्याङ्कन गर्नु जरुरी छ ।”
डिजेल खपत सत्ताइस प्रतिशत घट्यो
चालू आर्थिक वर्षको पहिलो छ महिनाको अवधिमा डिजेल खपत २७ प्रतिशतले घटेको छ । चालू आर्थिक वर्षको साउनदेखि माघ १५ गतेसम्म डिजेल खपत २७ प्रतिशतले कमी आएको हो । इन्धनको मूल्य वृद्धि, विकास निर्माणको काम ठप्प हुनु, भारतमा भन्दा नेपालमा डिजेल मूल्य महँगो पर्नुजस्ता कारणले डिजेल खपत घटेकाले आयातसमेत कम भएको छ ।
‘ब्याजदर घटाउने ठोस उपाय आएन’
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत ब्याजदर घटाउन ठोस उपाय नआएको नेपाल उद्योग वाणिज्य महासङ्घले जनाएको छ । नेपाल राष्ट्र बैङ्कले शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा ब्याजदर घटाउने उपाय नआएकाले अर्थतन्त्र तत्काल चलायमान हुन कठिन देखिएको महासङ्घको आकलन छ ।
जीवन बीमाको दायरामा चवालीस प्रतिशत जनसङ्ख्या
म्यादी, लघुम्यादी र वैदेशिक रोजगारी जीवन बीमालेखसहित जीवन बीमाको दायरामा आएको जनसङ्ख्या आव २०७९/८० को पुस मसान्तसम्म ४४ दशमलव २५ प्रतिशत रहेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा १० प्रतिशतले बढी हो । आव २०७८/७९ मा म्यादी, लघुम्यादी र वैदेशिक रोजगारी जीवन बीमालेखसहित जीवन बीमाको दायरामा आएको जनसङ्ख्या ३३ दशमलव ४१ रहेको थियो । चालू आर्थिक वर्षको पुस मसान्तसम्म म्यादी र लघुम्यादी जीवन बीमालेख सङ्ख्या ७३ लाख १३ हजार १२१ रहेको छ ।
उखु किसानलाई इन्दुशङ्करद्वारा बयालीस करोड भुक्तानी
सर्लाहीको हरिवनमा रहेको इन्दुशङ्कर चिनी उद्योगले किसानलाई उखुको भुक्तानी दिन थालेको छ । पुस ७ गतेदेखि उखु क्रसिङ सुरु गरेको इन्दुशङ्करले पुस मसान्तसम्म किसानबाट खरिद गरेको उखुको भुक्तानी गरिसकेको उद्योगका उखु प्रबन्धक योगनारायण रजकले जानकारी दिनुभयो ।
खडेरीले सुक्न थाले हिउँदे बाली
लामो समयदेखि वर्षा नहुँदा कालीकोट जिल्लामा हिउँदे बाली सुक्न थालेका छन् । गत माघ ७ गते हल्का वर्षा भए पनि बालीका लागि पर्याप्त भएको थिएन । त्यसअघि र पछि पानी नपरेका कारण तरकारी, गहुँ, जौलगायतका हिउँदे बाली सुक्न थालेका हुन् । रास्कोट नगरपालिका–८ का देवमणि धमलाले असोजयता पर्याप्त पानी नपरेको बताउनुभयो । उहाँले गत माघ ७ गते हल्का परेको पानीले हिउँदे बालीलाई पर्याप्त नभएको बताउनुभयो ।
भैरहवामा अन्तर्राष्ट्रिय उडान फागुन अन्तिममा
गत जेठ २ गतेदेखि सञ्चालनमा आएको भैरहवास्थित गौतम बुद्व अन्तर्राष्ट्रिय विमानस्थलमा ठप्प रहेको अन्तर्राष्ट्रिय उडान आगामी फागुन अन्तिमबाट पुनः सञ्चालनमा आउने भएको छ । मौसमी प्रतिकूलताका कारण कम भिजिबिलिटी भएपछि जहाज उडान तथा अवतरण गर्न नसकेपछि बन्द भएको अन्तर्राष्ट्रिय उडान हवाई सुरक्षालाई ध्यानमा राख्दै मौसम खुलेपछि मात्रै सञ्चालनमा आउने भएको हो ।
बढी शेयर पूँजी भएका सहकारीलाई राष्ट्र बैङ्कले नियमन गर्ने
बचत तथा ऋणको कारोबार गर्ने ठूला सहकारी संस्थालाई नेपाल राष्ट्र बैङ्कको नियामक निकायकाे क्षेत्राधिकारभित्र ल्याउन लागिएको छ ।
‘भ्यालेन्टाइन डे’ का लागि झकिझकाउ सौराहा
आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न चितवनको सौराहामा भ्यालेन्टाइन विशेष खाना महोत्सव आयोजना गरिने भएको छ । पर्यटकलाई लक्षित गरी रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) सौराहाले यही माघ २९ देखि फागुन २ सम्म खाना महोत्सव आयोजना गर्ने भएको छ । भ्यालेन्टाइन डे मनाउन परिवार तथा प्रेमिल जोडीको स्वागतका लागि व्यवसायीहरूले सौराहालाई झकिझाउ पारेर सिँगारेका छन् । चितवनमा घुम्ने, बस्ने र रमाउन सकिने ठाउँ र व्यवस्था छ भन्न कार्यक्रम आयोजना गरिएको महोत्सव संयोजक ध्रुव गिरीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “भ्यालेन्टाइन डे मनाउन अन्त जान नपर्ने गरी हामीले तयारी गरेका छौँ ।”
साना ऋणी र उद्यमीलाई राहत
नेपाल राष्ट्र बैङ्कले चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको छ । आर्थिक वर्षको सुरुमा केन्द्रीय बैङ्क नेपाल राष्ट्र बैङ्कले आव २०७९/८० का लागि कसिलो मौद्रिक नीति ल्याएकामा अर्धवार्षिक समीक्षा गर्दै सो मौद्रिक नीतिलाई केही लचिलो बनाएको छ ।
चोभार बन्दरगाहमा पार्किङ सेवा सञ्चालन
काठमाडौँको चोभारमा रहेको सुक्खा बन्दरगाह (ड्राइपोर्ट) लजिस्टिक हबका रूपमा सञ्चालनमा आएको छ । व्यापार सहजीकरण गर्ने उद्देश्यसहित विश्व बैङ्कको सहयोगमा निर्माण भएको यो बन्दरगाह प्रभावकारी रूपमा सञ्चालनमा आउन नसकेपछि यहाँ निर्माण भएको पूर्वाधार प्रयोगमा ल्याउन पार्किङ स्थल र गोदाम सञ्चालनमा ल्याइएको हो ।
वैज्ञानिक कृषि प्रणाली अबको आवश्यकता
कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहले वैज्ञानिक कृषि प्रणाली अबको आवश्यकता भएको बताउनुभएको छ । चितवनको भरतपुरमा शुक्रबारदेखि सुरु भएको पाँचौँ नेपाल एग्रिटेक अन्तर्राष्ट्रिय प्रदर्शनीको उद्घाटन गर्दै उहाँले नेपालको कृषि क्षेत्रमा वैज्ञानिक कृषि प्रणाली आवश्यक भएको बताउनुभएको हो । उहाँले भन्नुभयो, “परम्परागत कृषिबाट हामीले उत्पादन वृद्धि गर्न सक्दैनौँ । त्यसैले आधुनिक प्रविधिको प्रयोग अहिलेको आवश्यकता हो ।”
एक हजार पाँच सय मेगावाट पीपीए गर्ने निर्णय
नेपाल विद्युत् प्राधिकरणले नदी प्रवाही (आरओआर) जलविद्युत् आयोजनाको एक हजार पाँच सय मेगावाटसम्मको विद्युत् खरिद गर्ने भएको छ । उपप्रधानमन्त्री एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्रप्रसाद लिङ्देनको अध्यक्षतामा बिहीबार बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले ग्रिड आबद्ध सम्झौता मितिको आधारमा आरओआर आयोजनाको एक हजार पाँच सय मेगावाटसम्मको पीपीए गर्ने निर्णय गरेको हो ।
अनुदान रकमको विवरण माग
सरकारले स्थानीय तहका विभिन्न निकाय, सङ्घसंस्था र व्यक्तिलाई प्रदान गर्ने अनुदान रकमको विवरण सबै स्थानीय तहसँग माग गरेको छ। सङ्घीय सरकारले स्थानीय तहलाई पठाएको विभिन्न शीर्षकको बजेट र स्थानीय तहको राजस्व सङ्कलनबाट प्राप्त बजेट कुन–कुन शीर्षकमा कति खर्च भएको छ भनेर माग गरेको हो। सरकारले सम्पूर्ण खर्च विवरण अबको पाँच दिनभित्र ७५३ वटै स्थानीय तहले सङ्घीय सरकारलाई बुझाउनुपर्ने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ। स्थानीय तहले अनुदान दिने निकाय, अनुदान पाउने व्यक्ति वा संस्था, अनुदानको प्रभावकारिता, अनुदानले उत्पादन र उत्पादकत्वमा गरेको वृद्धि, रोजगारीको सङ्ख्या, गरिबी निवारणमा पु-याएको योगदानलगायतका विवरण स्थानीय तहसँग माग गरेको छ ।
भ्यालेन्टाइन डेको मुखमा गुलाफको फूल आयातमा कडाइ
गुलाफको फूल आयातमा कडाइ गरिएको छ । सरकारले रोग–कीरारहित भएको पुष्टि गर्ने आधिकारिक प्रमाणबिना गुलाफको फूल आयात गर्न अनुमति नदिन परिपत्र गरेको छ । भारत र चीनका खुला नाकाबाट जथाभाबी रूपमा गुलाफको फूल भित्रिन थालेपछि कृषि तथा पशुपन्छी मन्त्रालयअन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले आयातमा केही मापदण्ड तोकेर कडाइ गरेको हो ।
सडक र पूर्वाधार निर्माण निकायबीच समन्वय सुरु
काठमाडौं उपत्यकास्थित सडक र पूर्वाधार निर्माणसँग सम्बन्धित निकायको साझा प्रतिनिधित्व रहेको समन्वय समितिको नियमित बैठक शुक्रबार भौतिक पूर्वाधार र यातायात मन्त्रालयमा सम्पन्न भएको छ।
अर्थतन्त्रमा राष्ट्रपतिको चासो : उत्पादन क्षेत्रमा गम्भीर बनौँ
राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थतन्त्रको सुदृढीकरणका लागि गम्भीर पाइला चाल्नुपर्ने बताउनुभएको छ। शुक्रबार संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति भण्डारीले यस्तो बताउनुभएको हो।
प्राधिकरणले नदी प्रवाह जलविद्युत् आयोजनाको १५ सय मेगावाटसम्म विद्युत खरिद गर्ने
नेपाल विद्युत प्राधिकरणले नदी प्रवाही (आरओआर) जलविद्युत् आयोजनाहरुको १५ सय मेगावाटसम्मको विद्युत खरिद गर्ने भएको छ ।
चैतसम्म ऋण भुक्तानी गर्दा छुट
नेपाल बैंकले ऋणीहरूलाई कर्जा चुक्ता गरे ब्याज छुट दिने भएको छ । बैंकले शुक्रबार एक सूचना जारी गर्दै आगामी चैत मसान्तसम्म ऋण भुक्तानी गर्दा ब्याजमा छुट पाइने जनाएको हो ।
बैंक तथा वित्तीय संस्थाको कुन क्षेत्रमा कति लगानी
नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८र७९ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदनमा बैंक तथा वित्तीय संस्थाहरुले क्षेत्रगत कर्जा विस्तारमा आफ्नो लक्ष्य पूरा गरेको देखाइएको छ ।
राष्ट्र बैंकले घटायो ‘ओभरनाइट’ तरलता सुविधा
नेपाल राष्ट्र बैंकले ‘ओभरनाइट’ तरलता सुविधा घटाएको छ । यसअघि बैंकहरूले आठ प्रतिशतको ब्याजदरमा पाउँदै आएको ओभरनाइट तरलता सुविधा घटाउँदै सात प्रतिशत बनाइएको चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा उल्लेख छ ।
तरकारी खेतीले फेरिएको जिन्दगी
मोरङ सुन्दरहरैँचा नगरपालिका–११ स्थित शुक्रबारेका कृषक मोहनलाल श्रेष्ठले २५ वर्षदेखि निरन्तररूपमा व्यावसायिक तरकारी खेतीमा सक्रिय रहेर मनग्य आम्दानी गर्न सफल हुनुभएको छ ।