मन्दीको प्रभावमा चौथो बर्दिबास महोत्सव
चौथो बर्दिबास महोत्सव २०७९ सम्पन्न भएको छ । ‘उद्योग व्यवसाय र कलाको विकाश गरौँ, साहित्य संस्कृतिको संरक्षण गरौँ’ भन्ने मूल नारासाथ चैत ३ गतेदेखि सुरु भएको महोत्सव चैत १६ गते समापन भएको हो ।
आठ महिनामा एक चौथाइ भन्दा कम विकास खर्च
सरकारको आम्दानी र खर्चमा सन्तुलन देखिन छाडेको छ । चालू आर्थिक वर्षको आठ महिनाको तथ्याङ्क हेर्दा सङ्कलित राजश्वले चालू खर्च धान्न समेत नसक्ने देखिएको छ ।
वाणिज्य नीति परिमार्जन हुँदै, निर्यात वृद्धि गर्ने लक्ष्य
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले वाणिज्य नीति नयाँ तर्जुमा गर्न लागेको छ । हाल रहेको वाणिज्य नीति, २०७२ लाई परिमार्जन गरेर नयाँ नीति ल्याउन मस्यौदा तयार भएको मन्त्रालयले जनाएको छ । वस्तु तथा सेवाको निर्यात वृद्धि गरी बढ्दो व्यापार घाटा कम गर्ने उद्देश्यसहित नयाँ नीति तर्जुमा गर्न लागेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. नारायणप्रसाद रेग्मीले वाणिज्य नीति, २०७२ लाई परिमार्जन गरी समसामयिक बनाउन लागिएको जानकारी दिनुभयो । उद्योग, लगानी तथा व्यापारका क्षेत्रमा आन्तरिक तथा बाह्य चुनौती सामना गर्न एवं अवसरको उपयोग गर्न विद्यमान वाणिज्य नीति परिमार्जन गरी नयाँ वाणिज्य नीति तर्जुमा गर्न लागेको हो ।
गहुँ खेतीमा रङ्गिन गरिँदै
कैलालीमा बीजवृद्धिका क्षेत्रमा काम गरिरहेका कृषि सहकारी तथा समूहले गहुँ खेतीमा रङ्गिन गरिरहेका छन् । बीजवृद्धिका लागि गरिएको पाकेको गहुँ बालीमा जातीय शुद्धताका लागि रङ्गिन भइरहेको हो ।
वैदेशिक रोजगारीमा जानेको उत्साहजनक सहभागिता
वैदेशिक रोजगारीमा जाने तयारी रहेका र विदेशमा स्वरोजगारमा रहेका श्रमिक योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्ध हुनेको सङ्ख्यामा उच्च वृद्धि भएको छ । सामाजिक सुरक्षा कोषले औपचारिक रूपमा सुरु गरेको एक सातामै १५ हजार ६८५ जना श्रमिक आबद्ध भएका हुन् ।
फुकोट कर्णालीको एकाउन्न प्रतिशत सेयर एनएचपीसीलाई
कालीकोटमा निर्माण गर्न लागिएको फुकोट कर्णाली अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको बहुमत सेयर भारतीय कम्पनीलाई दिइने भएको छ । सरकारी स्वामित्वको विद्युत् उत्पादन कम्पनीले फुकोट कर्णालीको सेयर भारती कम्पनी एनएचपीसीलाई दिने निर्णय गरेको हो ।
रैथाने बालीका उत्पादन सहरमा
हिमाली जिल्ला हुम्लाका रैथाने बालीका परिकार सहरमा पुग्न थालेका छन् । सहरी क्षेत्रमा माग बढेपछि निजीस्तरमा स्थापना भएका खाद्य उद्योगले ती खाद्यवस्तु सुर्खेत, नेपालगञ्ज, पोखरा र काठमाडौँलगायतका सहरमा बिक्री गर्न थालेका हुन् । रैथाने बालीका उत्पादन प्रशोधन र प्याकेजिङ गरेर सहरमा पु-याउने काममा संलग्न सुवर्ण सिमकोट खाद्य उद्योगका सञ्चालक मुकुन्द रोकायाले मागका आधारमा रैथाने उत्पादन सहरमा पठाउने गरिएको जानकारी दिनुभयो । उहाँले ‘अर्डर’अनुसार हुम्लाबाट ती खाद्यवस्तु पठाउने गर्नुभएको छ ।
भारतीय तरकारीमा निर्भर भान्सा
कुनै समय थियो हामीलाई आफ्नै खेतबारीमा उत्पादित तरकारीले पुग्थ्यो । मकै, चामल, गहुँदेखि मौसमी तरकारी र फलफूल सायदै किन्न पर्दथ्यो ।
मगर सामुदायिक होमस्टेमा पर्यटकको आगमनमा वृद्धि
पूर्वी नवलपरासीको होमस्टेहरू पर्यटन प्रवर्द्धन र जातीय परम्पराका कारण विकासको बलियो आधारको रूपमा अगाडि बढेका छन् ।
सहकार्यबिना आर्थिक विकास असम्भव : उपराष्ट्रपति
उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपाली अर्थतन्त्रलाई अन्तर्राष्ट्रिय क्षेत्रसँग जोड्न द्विराष्ट्रिय उद्योग वाणिज्य सङ्घहरूको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । स्वदेशी अर्थतन्त्रलाई बाह्य क्षेत्रसँग जोड्दै त्यसबाट लाभ लिन सकिने उहाँको भनाइ छ । विभिन्न १९ वटा द्विराष्ट्रिय उद्योग वाणिज्य सङ्घका अध्यक्ष तथा पदाधिकारीसँगको मङ्गलबारको भेटमा उहाँले विभिन्न मुलुकसँग सहकार्य गरेर आर्थिक विकासमा फड्को मार्नुपर्नेतर्फ जोड दिनुपर्ने बताउनुभयो । वैदेशिक व्यापार, लगानी, पर्यटन प्रवद्र्धन तथा आर्थिक कूटनीतिका क्षेत्रमा द्विराष्ट्रिय उद्योग वाणिज्य सङ्घहरूको क्षमता, अनुभव तथा सञ्जाललाई उपयोग गर्नुपर्ने उहाँको सुझाव थियो ।
पुरानो मेसिनले ‘टक्सार’लाई समस्या
नेपाल राष्ट्र बैङ्कअन्तर्गतको टक्सार महाशाखाबाट उत्पादन हुने तक्मा, चाँदीको मेडालियन/स्मारिका सिक्कामा उपभोक्ताको आकर्षण बढे पनि नयाँ मेसिन जडान गर्न नसक्दा समस्या हुन थालेको छ । तक्मा र असर्फी बनाउने मेसिन आठ दशकभन्दा पुराना भइसकेको र नयाँ जनशक्ति पनि थप गर्न नसक्दा बारम्बार समस्या आउने गरेको यस्तो समस्या रहेको महाशाखाले जनाएको छ ।
इन्धनबाट ७४ अर्ब राजस्व
पेट्रोलियम पदार्थबाट ७४ अर्ब रुपियाँ राजस्व सङ्कलन भएको छ । नेपाल आयल निगमले चालु आर्थिक वर्षको (साउन–फागुुन) आठ महिनामा इन्धन आयात गरेर ७४ अर्ब ६८ करोड ५३ लाख ३४ हजार ७१५ रुपियाँ राजस्व सङ्कलन गरेको हो । सो अवधिमा एक खर्ब ९७ अर्ब ४८ करोड ७२ लाख ३० हजार रुपियाँ बराबरको १८ लाख २१ हजार ५८६ किलोलिटर इन्धन आयात गरेर राजस्व सङ्कलन भएको हो । इन्धन आयात घटेकाले राजस्व सङ्कलनमा कमी आएको निगमले जनाएको छ । अघिल्लो वर्षको तुलनामा राजस्व सङ्कलनमा १७ प्रतिशतले कमी आएको निगमले जनाएको छ ।
एक लाखसम्मको रु कारोबारमा केवाईसी
बैङ्क तथा वित्तीय संस्थाबाहेकका भुक्तानीसम्बन्धी कार्य गर्ने अनुमतिपत्र प्राप्त संस्थालाई एक लाखसम्मको कारोबारमा सरलीकृत ग्राहक पहिचान (केवाईसी) प्रक्रिया लागू हुने भएको छ । नेपाल राष्ट्र बैङ्कले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन–२०७९ मा संशोधन गर्दै वार्षिक एक लाख रुपियाँसम्मको व्यावसायिक कारोबारमा यस्तो व्यवस्था लागू गर्न निर्देशन दिएको छ ।
प्राविधिक जनशक्ति पेसामा पछाडि
पछिल्लो समय प्राविधिक विषयको पढाइप्रति विद्यार्थीको आकर्षण कायमै रहे पनि पेसागत दक्षता परीक्षण गर्ने परीक्षाको नतिजा भने चित्तबुझ्दो देखिएको छैन। नेपाल इन्जिनियर काउन्सिलले सञ्चालन गरेको इन्जिनियर व्यवसाय नाम दर्तासम्बन्धी परीक्षाको नतिजाले झन् निराशा थपेको छ। यसअघि नेपाल मेडिकल काउन्सिल तथा नेपाल नर्सिङ परिषद्ले सञ्चालन गरेको लाइसेन्स परीक्षाको नतिजा पनि निकै कमजोर हुने गरेको छ।
श्रमिकलाई आजदेखि टेलिमेडिसिन सेवा
सरकारले बुधवार (आज)देखि निःशुुल्क टेलिमेडिसिन सेवा सुरुवात गर्ने भएको छ । वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको स्वास्थ्य समस्या सल्ट्याउने उद्देश्यले निःशुल्क टेलिमेडिसिन सेवा सुरु गर्न लागेको हो । वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकलाई लक्षित गरी टेलिमेडिसिन सेवा सञ्चालन गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले टेलिमेडिसिन सेवा सञ्चालन कार्यविधि, २०७९ स्वीकृत गरेसँगै सेवा सुरु गर्न लागिएको हो । बोर्डका अनुसार यसबाट वैदेशिक रोजगारीमा रहेका सबैले सेवा लिन सक्नेछन् ।
नेपाली अर्थतन्त्रलाई बाह्य क्षेत्रसँग जोड्दै लाभ लिन सक्नुपर्छ : उपराष्ट्रपति यादव
उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपाली अर्थतन्त्रलाई अन्तर्राष्ट्रिय क्षेत्रसँग जोड्न द्वि राष्ट्रिय उद्योग वाणिज्य सङ्घहरूको भूमिका महत्त्वपूर्ण रहेको विचार व्यक्त गर्नुभएको छ ।
नेप्सेमा दोहोरो अङ्कको सुधार
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज (मङ्गलबार) दोहोरो अङ्कको सुधार देखिएको छ । आज परिसूचक १२ दशमलव ४१ अङ्कले बढेर एक हजार नौ सय १८ दशमलव ४१ विन्दुमा कायम भएको हो ।
आठ सय टन जडीबुटी निकासी नहुँदा कुहिँदै
व्यवसायीले खरिद गरेको करिब आठ सय टन जडीबुटी समयमा भारत निकासी नहुँदा कुहिने अवस्थामा पुगेको छ ।
ब्याजदरको समस्या तत्काल सम्बोधन गर्न चेम्बरको आग्रह
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले चर्को ब्याजदरबाट उत्पन्न समस्यालाई तत्काल सम्बोधन गर्न सरोकारवाला निकायसँग पुनः आग्रह गर्नुभएको छ ।
झापाका किसानलाई शतप्रतिशत अनुदानमा ‘डिप बोरिङ’
अन्न तथा तरकारी बाली उत्पादनका लागि प्रसिद्ध दक्षिण झापाको हजारौँ बिघा जग्गामा सिँचाइ सुविधा पुर्याउन भूमिगत सिँचाइ परियोजना सञ्चालन गरिएको छ ।
प्रतितोला एक हजारले घट्यो सुनको मूल्य
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु एक हजारले घटेको छ ।
पार्किङका लागि निर्माण गरिएको काठमाडौं भ्यू टावर वैशाखबाट प्रयोगमा ल्याइने
काठमाडौंको पुरानो बसपार्कमा बन्दै गरेको काठमाडौं भ्यू टावर नयाँ वर्षदेखि सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।
काठमाडौं महानगरको राजश्व सङ्कलनमा २७.१ प्रतिशतले वृद्धि
काठमाडौं महानगरको राजश्व सङ्कलनमा वृद्धि भएको छ । गत आर्थिक वर्षको फागुन मसान्तको तुलनामा यस आर्थिक वर्षको फागुन मसान्तमा महानगरपालिकाको २७.१ प्रतिशत बढी राजश्व सङ्कलन भएको छ ।
हरितगृह ग्यास उत्सर्जन प्रतिवेदन
नबिल बैङ्कले हरितगृह ग्यास उत्सर्जन प्रतिवेदन सार्वजनिक गरेको छ । सन् २०२२ मा बैङ्कले गरेको लगानीमा सञ्चालित उद्यम, व्यवसाय र पूर्वाधार निर्माणले गरेको हरितगृह ग्यास उत्सर्जनबारे प्रतिवेदनमा उल्लेख छ । बैङ्कको लगानीको परियोजनाबाट सन् २०२२ मा ८० हजार ६७१ दशमलव ३७ टन बराबरको कार्बनडाइअक्साइड उत्सर्जन भएको सो प्रतिवेदनमा उल्लेख छ । यसैगरी जलविद्युत् र सौर्य ऊर्जामा गरिएको लगानीबाट दुई हजार १३१ दशमलव ८१ टन बराबरको कार्बन उत्सर्जन कम गरिएको छ ।