अर्थले माग्यो राजस्वसम्बन्धी सुझाव
अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षका लागि सरकारले अवलम्बन गर्नुपर्ने राजस्व नीतिका सम्बन्धमा सुझाव माग गरेको छ । नयाँ बजेट निर्माणको तयारीमा रहेको मन्त्रालयले आर्थिक ऐन निर्माणका लागि सुझाव माग गरेको हो । मन्त्रालयले राजस्व नीतिका साथै भन्सार महसुल, मूल्य अभिवृद्धि कर, आयकर, अन्तःशुल्क, गैरकर एवं राजस्व चुहावट नियन्त्रणका सम्बन्धमा पनि सुझाव पेस गर्न आग्रह गरेको छ ।
यात्रु अभावले उडान बन्द
निकै तामझामका साथ पोखराबाट भारतीय नाकासँग जोडिएका गन्तव्यमा सुरु भएको हवाई उडान रोकिन थालेका छन् । पोखरामा भारतीय पर्यटक तान्न सञ्चालन गरिएका उडानहरू यात्रु अभाव भएपछि रोकिन थालेका हुन् । पोखराबाट देशका ठूला सहरमध्ये धनगढी, विराटनगर, सिमरा र जनकपुरमा सुचारु भएका उडान यात्रु अभावको कारण देखाउँदै हवाई कम्पनीले पुनः उडान सुचारु गर्न चासो देखाएका छैनन् । यात्रु अभावकै कारण हालै मात्र बुद्व एयरले सुरु गरेको पोखरा–भद्रपुर उडान पनि रोकिएको छ ।
किन भत्काइन्छ चिटिक्क परेको पिच सडक ?
काठमाडौंको विभिन्न सडकको सतह एकैनासको नरहेकाले सडक डिभिजन कार्यालय काठमाडौंले पिच सडक भत्काएर मर्मत गरिरहेको छ।
नेप्से परिसूचक १८ दशमलव १५ अङ्कले घट्यो
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १८ दशमलव १५ अङ्कले ओरालो लागेर एक हजार नौ सय १५ दशमलब १४ मा सीमित भएको छ ।
राजस्व छली रोक्न प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आन्तरिक राजश्व कार्यालय,राजश्व अनुसन्धान विभाग र वाणिज्य विभागलाई संयुक्त रूपमा बजार अनुगमन प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ ।
परीक्षणमै साझाका ३७ वटा विद्युतीय बस
साझा यातायातले चीनबाट ल्याएका ३७ वटा विद्युत् बस सञ्चालनमा आउन सकेका छैनन् । साझा यातायातले खरिद गरेका उक्त बसहरूको यान्त्रिक परीक्षण गर्ने क्रम जारी रहेकाले परीक्षण सकिएपछि मात्र सञ्चालनमा आउने साझा यातायातका महानिर्देशक महेन्द्रराज पाण्डेयले जानकारी दिनुभयो ।
आमा समूहकाे सामूहिक आलुखेती
अर्जुनचौपारी गाउँपालिका ३ आग्रीखर्कका शिवालय आमा समूहले सामूहिक आलुखेती थालेको छ ।
फागुनमा तेह्र अर्बले बढ्यो आयात
पछिल्ला महिना घट्दो क्रममा रहेको आयात फागुनमा भने उकालो लागेको छ । भन्सार विभागका अनुसार फागुनमा करिब १३ अर्ब रुपियाँले आयात बढेको छ । माघमा एक खर्ब २६ अर्ब ४९ करोड रुपियाँको वस्तु आयात भएकामा फागुनमा एक खर्ब ३९ अर्ब २२ करोड रुपियाँको आयात भएको विभागको तथ्याङ्क छ । विदेशी मुद्राको सञ्चिति खस्किँदै गएपछि गत वैशाखदेखि सरकारले विभिन्न १० वटा वस्तुको आयातमा लगाएको प्रतिबन्धका कारण आयात व्यापार घट्दो क्रममा थियो । विदेशी मुद्राको सञ्चितिमा सुधार भएपछि पुसदेखि प्रतिबन्ध फुकुवा गरिएकामा त्यसको दुई महिनापछि आयात बढेको हो ।
तनहुँ जलविद्युत् समयमै सम्पन्न गर्न निर्देशन
एसियाली विकास बैङ्क (एडीबी) र नेपाल विद्युत् प्राधिकरणको उच्चस्तरीय टोलीले जलाशययुक्त तनहुँ जलविद्युत्् आयोजना निर्धारित समयमै सम्पन्न गर्न निर्देशन दिएको छ । तनहुँ हाइड्रोपावरले निर्माण गरिरहेको १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना र १२६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत् आयोजनाको सोमबार र मङ्गलबार स्थलगत निरीक्षण गरी सो निर्देशन दिएको हो ।
परीक्षणका लागि चैतेधानको रोपाइँ
रुकुमपश्चिममा परीक्षण र प्रदर्शनका लागि चैतेधान रोपिएको छ । मुसीकोट नगरपालिका–४, सोलाबाङमा चैतेधान रोपिएको हो । चैतेधानको सम्भाव्यता अध्ययनका लागि करिब तीन रोपनी खेतमा हर्दिनाथ–१ जातको चैतेधान रोपिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । कार्यालयका निमित्त प्रमुख मीनबहादुर केसीका अनुसार आव २०७९/८० को चैतेधान उत्पादन प्रदर्शन कार्यक्रमअन्तर्गत चैतेधान रोपिएको हो । पानी कम हुने क्षेत्रमा चैतेधान राम्रो उत्पादन हुने केसीको भनाइ छ ।
लोप हुँदै खाँडी कपडा
चार दशकअघिसम्म धनकुटाको खाल्सा क्षेत्रका प्रत्येक घरमा खाँडीको कपडा बुन्ने तान भेटिन्थ्यो । त्यस बेला उद्योगबाट उत्पादन भएका कपडाको विकल्पका रूपमा सबैले यही कपडा प्रयोग गर्थे । गाउँघरमै पाइने कच्चा पदार्थ र परम्परागत सीपबाट खाँडी कपडा उत्पादन हुन्थ्यो । गाउँघरमै उत्पादन भएको कपासबाट धागो कातेर खाँडी कपडा बुनिन्थ्यो । खाँडी बुन्ने तान स्थानीय रूपमै बनाइन्थ्यो र परम्परागत रूपमा सीप हस्तान्तरण हुँदै आएको थियो तर अहिले खाँडी बुन्न जान्ने मान्छे भेट्न मुस्किल हुँदै आएको छ ।
बङ्गलादेशमा धागो निर्यात खुला
स्वदेशी धागो निर्यात गर्न बङ्गलादेशले फूलबारी बङ्गलाबन्ध नाका खुला गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता डा. नारायणप्रसाद रेग्मीले धागो निर्यात गर्न एक महिनाअघि नाका खुुला भएको जानकारी दिनुभयो । लामो समयदेखि बन्द रहेको फूलबारी बङ्गलाबन्ध नाका खुला भएको हो । नाका खुला भएसँगै नेपाली व्यवसायीलाई धागो निर्यात गर्न सहज हुने भएको छ ।
मेघौली विमानस्थल स्तरोन्नति हुँदै
चितवनको पुरानो मेघौली विमानस्थलको संरक्षणसँगै स्तरोन्नति गरिने भएको छ। भरतपुरबाट २५ किलोमिटर पश्चिम चितवन राष्ट्रिय निकुञ्ज नजिक रहेको विमानस्थलको धावनमार्गमा ग्राभेल गरिने भएको हो। तारबार पुरानो भएर धावन मार्ग अतिक्रमण हुन लागेपछि स्तरोन्नतिसहित संरक्षण गर्न लागिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर नलविक्रम थापाले जानकारी दिनुभयो।
पच्चीस देशका आरोहीलाई आरोहण अनुमति
यस वर्षको वसन्त ऋतुमा हिमाल आरोहण गर्न हालसम्म २५ देशमा ५३ जना आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार बुधबारसम्ममा पाँचवटा हिमाल आरोहणका लागि ५३ जना आरोहीले अनुमति लिएका हुन् । जसमध्ये ३६ जना पुरुष र १७ जना महिला छन् ।
सञ्चालनमा आयो होटल पौवा
पोखराको लेकसाइडमा होटल पौवा सञ्चालनमा आएको छ । देशका विभिन्न ठाउँमा शाखा विस्तार गरिरहेको होटल पौवाले एघारौँ शाखाका रूपमा पोखरामा पनि सेवा सञ्चालनमा ल्याएको हो ।
नेप्से परिसूचक १५.७६ अङ्कले गिरावट
मङ्गलबार २२.६५ अङ्कले बढेको नेप्से परिसूचक बुधवार १५.७६ अङ्कले गिरावट आएको छ।
तातोपानी नाकामा महिनैपिच्छे नेपाल–चीन बैठक
नेपाल–चीनबीचको तातोपानी नाका र खासा नाकामा महिनैपिच्छे दुई देशका प्रशासन र सुरक्षा अधिकारीबीच बैठक हुदैं आईरहेको छ । केही समय अघिदेखि दुई देशका जिल्ला स्तरीय प्रशासनिक प्रमुख र सुरक्षा अधिकारीबीच नाकाका बिषयमा छलफल हुदैं आएको छ ।
आरन पेसामा युवा पुस्ताको कम आकर्षण
हातमा सीप र मनमा आँट भए कुनै पनि काम गर्न न बुढ्यौलीले छेक्छ ,न परिवारले रोक्छ । मोरङको कानेपोखरी ७ का गोरे विश्वकर्मा ७३ वर्षको भएर पनि आरनको सहारा लिएर महिनामा २२-२५ हजार रुपियाँ कमाउनु हुन्छ ।
‘दुई वर्षभित्र सबै घरमा बिजुली’
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले दुई वर्षभित्र सबै नेपालीका घरमा विद्युत् सुविधा पु-याउने गरी प्राधिकरणले तयारी गरिरहेको बताउनुभएको छ । तनहुँको बन्दीपुर गाउँपालिका वडा नं. ६ मा निर्माण भएको ३३÷११ केभीको सराङघाट सबस्टेसन उद्घाटनका क्रममा घिसिङले सरकारले निर्धारण गरेको सो लक्ष्य पूरा गर्न प्राधिकरणले विद्युत् आपूर्ति प्रणालीमा व्यापक सुधार गरिरहेको बताउनुभएको हो ।
तयार हुँदै चिया परीक्षण केन्द्र
नेपाली चियाका लागि अहिले चिया परीक्षण तथा प्रवद्र्धन केन्द्रको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । सूर्योदय नगरपालिकास्थित कन्याममा निर्माण भइरहेको केन्द्रको निर्माण हालसम्म ९० प्रतिशत सम्पन्न भएको जनाइएको छ । प्रदेश सरकारको ८० प्रतिशत र सूर्योदय नगरपालिकाको २० प्रतिशत साझेदारीमा निर्माण भइरहेको केन्द्र सञ्चालनमा आएपछि नेपाली चियालाई बजारीकरणका ठूलो सहयोग पुग्ने अपेक्षा लिइएको छ ।
विदेशिएका नेपाली पनि सामाजिक सुरक्षा कोषमा
सरकारले वैदेशिक रोजगारीमा रहेका तथा विदेशमा स्वरोजगार रहेका नेपाली श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा जोड्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको सामाजिक सुरक्षा कोषले बुधबार औपचारिक कार्यक्रममार्फत वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका र विदेशमा स्वरोजगार रहेका श्रमिकलाई कोषको योजनामा जोड्न थालेको हो ।
भारुको विनिमय दरमा विचलन
विगतमा मुद्रा अभावमा निर्धारित दरभन्दा बढी भुक्तान गरी भारु खरिद गर्नुपरेकामा नेपालगञ्ज क्षेत्रमा अहिले स्थिर विनिमय दरभन्दा कममा भारुको कारोबार हुने गरेको छ । केही महिना पहिलेसम्म भारतीय मुद्राको अभावका कारण स्थानीयले सय रुपियाँ भारु लिँदा ६ रुपियाँसम्म बढी तिरेर लिनुपर्ने बाध्यता थियो भने अहिले प्रतिसय रुपियाँमा ५ रुपियाँ कम दिएर पनि पाउन थालेको छ । नेपाल राष्ट्र बैङ्कले निर्धारण गरेको स्थिर विनिमय दरअनुसार नेपाली १६० रुपियाँ बराबर भारतीय एक सय हुन्छ ।
आन्तरिक कर्जा ३.९ र निक्षेप ५ प्रतिशतले बढ्यो
चालु आर्थिक वर्ष २०७९/८० को पहिलो सात महिनामा कुल आन्तरिक कर्जा ३.९ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा ९.४ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७९ माघ मसान्तमा यस्तो कर्जा ८.६ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको विवरणअनुसार समीक्षा अवधिमा मौद्रिक क्षेत्रको सरकारमाथिको खुद दाबी ४.१ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दाबी १३.६ प्रतिशतले घटेको थियो । वार्षिक विन्दुगत आधारमा २०७८ माघ मसान्तमा मौद्रिक क्षेत्रको सरकारमाथिको खुद दाबी ३४.३ प्रतिशतले बढेकोमा २०७९ माघ मसान्तमा यस्तो दाबी ५१.३ प्रतिशतले बढेको छ ।
प्रयोगमै नरहेका विषादीको परीक्षण
नेपाल र भारतमा उत्पादित तरकारीमा प्रयोगमा नै नरहेका विषादीको परीक्षण गरेर आमउपभोक्तालाई झुक्याउने काम गरिँदै आएको छ। कृषि तथा पशुपन्छी मन्त्रालयअन्तर्गतको खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभाग र केन्द्रीय कृषि प्रयोगशालामार्फत देशका २२ स्थानमा द्रुत विषादी अवशेष विश्लेषण (आरबीटीआर) प्रविधिमार्फत प्रयोगमा नै नरहेका विषादी परीक्षण गर्ने गरिएको छ। खाद्य विभागले विभिन्न १५ स्थानमा र केन्द्रीय प्रयोगशालाले कालीमाटीसहित विभिन्न सात स्थानमा आरबीटीआर प्रविधिमार्फत तरकारीको परीक्षण गर्दै आएको छ।