घट्यो वित्तीय समानीकरण अनुदान
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक वर्षका लागि वित्तीय समानीकरण अनुुदानको सीमा घटाएको छ । आयोगले प्रदेश र स्थानीय तह दुवैका लागि वित्तीय समानीकरण अनुदान घटाएको हो । आयोगले आव २०८०/८१ का लागि प्रदेशमा ५८ अर्ब ६६ करोड ७५ लाख रुपियाँ वित्तीय सामानीकरण अनुुदान सङ्घीय सरकारलाई सिफारिस गरेको छ । आयोगले चालु आर्थिक वर्षका लागि ६१ अर्ब ४३ करोड २१ लाख रुपियाँ वित्तीय समानीकरण अनुुदानका लागि सिफारिस गरेको थियो । चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षका लागि वित्तीय समानीकरण अनुुदान दुई अर्ब ७६ करोड ४६ लाख रुपियाँ कमी हो ।
औद्योगिक ग्राम बनाउने योजना अलपत्र
कर्णालीका १० जिल्लामा औद्योगिक ग्राम बनाउने योजना अलपत्र परेको छ । आव २०७६÷७७ मा सङ्घीय सरकारले एक स्थानीय तह एक औद्योगिक ग्राम सञ्चालनमा ल्याउने योजनासहित औद्योगिक ग्राम बनाउने घोषणा गरेको थियो । स्थानीय तहले औद्योगिक ग्रामको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाएपछि भौतिक संरचना निर्माण गर्ने गरी रकम व्यवस्थापन गर्ने सङ्घीय सरकारले जनाइएको थियो । छरिएर रहेका उद्योगलाई एकै स्थानमा समेटी स्थानीय स्रोतसाधन, कच्चा पदार्थ, प्रविधि र सीप प्रयोग गरी स्थानीयस्तरमै रोजगारी सिर्जना गर्ने उद्देश्यले निर्माण गर्ने सङ्घीय सरकारको योजना हो ।
आठ महिनामा विदेशिए सवा पाँच लाख
रोजगारीका लागि विदेशिनेको सङ्ख्या अहिलेसम्मकै उच्च रहेको छ । वैदेशिक रोजगार विभागका अनुसार चालू आर्थिक वर्षको पहिलो आठ महिनामा झन्डै सवा पाँच लाख जनाले श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगार विभागका अनुसार फागुन महिनामा वैदेशिक रोजगारीको सिलसिलामा ६१ हजार ८४५ जनाले श्रम स्वीकृति लिएका छन् । फागुनमा श्रम स्वीकृति लिनेको सङ्ख्या अघिल्लो महिना (माघ)को तुलनामा केही कम हो । विभागका महानिर्देशक उमाकान्त आचार्यले मलेसिया र कतारमा नेपाली श्रमिकको सेवासुविधा र माग बढेका कारण वैदेशिक रोजगारीमा जाने युवाको सङ्ख्या वृद्धि भएको बताउनुभयो ।
मलको अनुदान यथावत् राखिने
सरकारले रासायनिक मलमा दिँदै आएको अनुदान यथावत् राख्ने निर्णय गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार बसेको बैठकले रासायनिक मलमा दिँदै आएको अनुदान यथावत् राख्ने निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकले रासायनिक मलमा दिँदै आएको अनुदानबारे विस्तृत अध्ययनपछि आवश्यक निर्णय गरी आगामी दिनमा थप व्यवस्थित र वैज्ञानिक बनाउने निर्णयसमेत गरेको हो । बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले कृषि तथा पशुपक्षी विकास मन्त्रालयमार्फत कृषकलाई उपलब्ध गराइँदै आएको रासायनिक मलमा अनुदानको दरमा कटौती गर्ने निर्णय हाललाई कार्यान्वायन नगर्ने निर्णय भएको जानकारी दिनुभयो ।
मर्मत अभावले लघु जलविद्युत् आयोजना कवाडी बन्दै
कुनै समय मुगुलाई उज्यालो बनाएको साना लघु जलविद्युत् आयोजना पेल्ट्रिक सेट मर्मत अभावले कवाडी बन्दै गएको छ । जिल्लामा विद्युत्को माग थेगेको यहाँका चार वटै आयोजना अहिले काम दिने अवस्थामा छैन ।
बैङ्क तथा वित्तीय संस्थाको समीक्षा हुनुपर्ने
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वित्तीय संस्थाको अनुगमन र नियमन आवश्यक रहेको बताउनुभएको छ । बैङ्क, लघुवित्त र सहकारी संस्थामा देखिएका समस्या प्याकेजमा सम्बोधन गर्न बृहत् समीक्षा हुनुपर्ने उहाँले बताउनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आइतबार आयोजित राष्ट्रिय सहकारी विकास बोर्डको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “बैङ्क तथा वित्तीय संस्थाको समीक्षा आवश्यक छ । अनि मात्र हामीले व्यवस्थित र वैज्ञानिक नीति तय गर्न सक्छौँ ।”
चिराइतोको मूल्य छ उत्पादन छैन
केही वर्षअघिसम्म मुख्य आम्दानीको स्रोत बन्न थालेको चिराइतोको उत्पादन नहुँदा मूल्य भने बढ्न थालेको छ। इलामको लेकाली उत्तरी क्षेत्रका किसानले खेती गर्दै आएको चिराइतोको मूल्यमा गिरावट आउँदा किसानले खेती नै गर्न छाडेका थिए तर यो वर्ष चिराइतोको मूल्य वृद्धि भएपछि किसानलाई पछुतोजस्तै भएको छ। अहिले इलाममा चिराइतो प्रतिमन ३० हजारदेखि ३२ हजार रुपैयाँमा कारोबार भइरहेको छ।
आईसीपीमा थप संरचना निर्माण
विराटनगर एकीकृत भन्सार जाँच चौकी (आईसीपी) क्षेत्रमा एक साथ तीन संरचना निर्माण सुरु भएको छ । विराटनगर महानगरपालिका–१८, बुधनगरस्थित रेल मार्गको नेपाल कस्टम यार्ड र आईसीपीलाई जोड्ने लिङ्क रोड, रेलमार्फत आएका कन्टेनर राख्ने यार्ड र चोरी पैठारीबाट आयात भएका वस्तु बरामद भएपछि भण्डारण गर्न ‘लिटिगेसन’ गोदाम निर्माणको काम एकसाथ सुरु गरिएको हो ।
‘हाइड्रो भिलेज’ बन्यो नारच्याङ
अन्नपूर्ण गाउँपालिका–४, नारच्याङका युवा टेकबहादुर पुनले दुई वर्षअघि मिस्त्री खोला जलविद्युत् आयोजनाको सेयरको प्राथमिक निष्कासन (आईपीओ)मा ५५ हजार रुपियाँको ५५० कित्ता सेयर खरिद गर्नुभयो । पुनजस्तै नारच्याङका अधिकांशले आईपीओमा लगानी गरेका थिए ।
दूधमा ठगी
दुग्ध विकास संस्थान (डीडीसी)ले स्ट्यान्डर्ड दूध (नीलो पोका)को प्रतिलिटर ९७ रुपियाँ निर्धारण गरेको छ । बजारमा पाइने उपलब्ध एक पोका (आधा लिटर)को मूल्य ४८ रुपियाँ ५० पैसा तोकिएको छ तर उपभोक्ताले यसलाई ५० रुपियाँ तिर्नु परिरहेको छ । काठमाडौँ, बुद्धनगरकी कविता थापाले भन्नुभयो, “डीडीसीको दूध गुणस्तरीय हुन्छ भनेर दिनमा दुई प्याकेट (एक लिटर) खरिद गर्छु । पसलेले एक सय रुपियाँ नै लिन्छन् ।”
राजस्व नीतिबारे सरकारद्वारा सुझाव माग
आगामी आर्थिक वर्ष २०८/०८१ को आर्थिक ऐनमा समावेश गरिनुपर्ने राजस्व नीतिबारे सरकारले विभिन्न सरोकारवाला क्षेत्रसँग सुझाव मागेको छ।
नेप्से परिसूचक छ दशमलव ९० अङ्कले घट्यो
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक छ दशमलव ९० अङ्कले घटेर एक हजार नौ सय २६ दशमलव ४० को बिन्दुमा कायम भएको हो।
सुनको मूल्य हालसम्मकै उच्च
सुनचाँदी बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ । नेपाली बजारमा आज छापावाल सुनको मूल्य रू एक लाख १० हजार तोकिएको छ । अघिल्लो दिन प्रतितोला रू एक लाख सात हजार एक सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रू दुई हजार नौ सयले बढेको हो ।
कौसी तरकारी खेती गर्न बिरुवा वितरण
गुल्मीको तम्घासमा कोभिड–१९ को महामारी पछि कौसी खेतीमा आकर्षण बढेको छ । कोभिड–१९ को महामारी पछि आफ्नै घरको छतमा कौसी खेती गरी तरकारी उत्पादन तर्फ स्थानीयहरू आकर्षित देखिएका छन् । कौसी खेतीको प्रवर्द्धनका लागि नगरपालिकाले समेत प्रोत्साहन गरेको छ ।
कोहलपुर–सुर्खेत सडक दुई लेन बनाइँदै
कोहलपुर–सुर्खेत सडक खण्ड दुई लेनमा विस्तार हुने भएको छ । निर्माण भएको लामो समय सम्म पनि स्तरोन्नति हुन नसकेको रत्नराज मार्गको क्षेत्र निर्धारण र कार्यसूची (टिओआर) स्वीकृत भएसँग वातावरणीय प्रभाव मूल्याङ्कन (इआईए) अन्तिम चरणमा पुगेको हो ।
उत्पादनशील क्षेत्रमा लगानी विस्तार गरिने
अर्थ मन्त्रालयका राजस्व सचिव डा. रामप्रसाद घिमिरेले नागरिक लगानी कोषले लगानी विविधीकरण गर्दै जानुपर्ने बताउनुभयो । अन्य प्रतिस्पर्धी संस्थाको तुलनामा कोषप्रति आकर्षण बढ्दो क्रममा रहेकाले लगानी विविधीकरण गर्दै बढी प्रतिफल आउने गरी पूर्वाधार क्षेत्रमा लगानी गर्नुपर्ने सचिव घिमिरेले बताउनुभयो ।
विहारको प्रसारण ग्रिड प्रयोगको मोडालिटी बनाइने
नेपाल–भारतबीचको विद्युत् आदानप्रदान समितिको बैठकले नेपालले भारतको विहार राज्यको प्रसारण ग्रिडमार्फत अन्य राज्यमा विद्युत् निर्यातका लागि मोडालिटी तय गर्ने निर्णय गरेको छ । भारतको राजधानी नयाँ दिल्लीमा शुक्रबार सम्पन्न समितिको १४औँ बैठकले विहारको ग्रिड हुँदै भारतको केन्द्रीय प्रसारण ग्रिडमार्फत भारतका अन्य प्रान्तमा नेपालले गर्ने विद्युत् निर्यातको मोडालिटी एक महिनाभित्रमा तय गर्ने निर्णय गरेको हो ।
लघुवित्त वित्तीय संस्था : खुद मुनाफा घट्यो पुँजी कोष सन्तोषजनक
लघुवित्त वित्तीय संस्थाको खुद मुनाफामा ह्रास आएको छ । अघिल्लो आर्थिक वर्षको पुस मसान्तको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा थोक तथा खुद्रा कर्जाप्रदायक लघुवित्त वित्तीय संस्थाको खुद मुनाफामा ह्रास आएको हो । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको ‘लघुवित्त वित्तीय संस्थाको गैरस्थलगत सुपरिवेक्षण प्रतिवेदन, २०७९’ प्रतिवेदनअनुसार पुस मसान्तसम्ममा लघुवित्त वित्तीय संस्थाको थोक कर्जाको ब्याज आम्दानी तीन अर्ब ३९ करोड रुपियाँ र ब्याज खर्च एक अर्ब ९१ करोड रहेको छ । समीक्षा अवधिमा थोक कर्जा दिने लघुवित्त वित्तीय संस्थाले ७९ करोड रुपियाँ खुद मुनाफा गरेका छन् । यो अघिल्लो वर्षको पुससम्ममा झन्डै ८२ करोड रुपियाँ थियो । यस वर्षको पुससम्मको मुनाफा अघिल्लो आर्थिक वर्षको असारको तुलनामा ४ दशमलव २० प्रतिशतले कम हो ।
साना किसानको स्तर वृद्धिबाट मात्रै कृषिमा समृद्धि
साना किसानको आर्थिक तथा प्राविधिक स्तरोन्नति र विकासबाट समृद्धि सम्भव हुने विज्ञहरूले बताएका छन् । मङ्गलबार राजधानीमा आयोजित नेपालमा साना दुग्ध उत्पादक किसानका लागि ग्रामीण कृत्रिम गर्भाधान अभिवृद्धि (तराई) परियोजनाको अभिमुखीकरण कार्यशालाका सहभागीले सो धारणा व्यक्त गरेका हुन् ।
रोजगार सूचना मेलामा युवाको आकर्षण
युवालाई रोजगारीमा जोड्ने उद्देश्यले रुपन्देहीको तिलोत्तमा नगरपालिकाले वृत्ति मार्ग निर्देशन र रोजगार सूचना मेला आयोजना गरेको छ । मेला शनिबार एक दिन सञ्चालन भएको हो । मेलामा पाँच हजार जनाले अवलोकन गरेका छन् भने त्यसमध्ये तीन हजार जनाले आफ्नो व्यक्तिगत विवरण (बायोडाटा)सहित फाराम भरेको तिलोत्तमा नगरपालिका–६ का वडाध्यक्ष तथा रोजगार मेलाका संयोजक गणेश पाठकले जानकारी दिनुभयो ।
साढे सोह्र हजार पशुपन्छीलाई खोप
सिमकोट गाउँपालिकामा साढे १६ हजारभन्दा बढी पशुपन्छीको उपचार गरिएको छ । आठवटै वडामा एक महिनासम्म सञ्चालन गरेको बृहत् खोप कार्यक्रमबाट पशुबस्तुलाई खोप लगाउनुका साथै विभिन्न रोगको उपचार गरिएको हो । गाउँपालिका पशु स्वास्थ्य शाखाका प्राविधिक विष्णु बुमीले एक महिनासम्म सञ्चालन भएको शिविरबाट पशु, कुखुरा र कुकुर गरी १६ हजार ७४० वटालाई खोप लगाएको जानकारी दिनुभयो । यति धेरै परिणाममा पशुपन्छीलाई खोप लगाएको यो पहिलो पटक हो ।
लघुवित्तको भरोसामा ठेस
ग्रामीण क्षेत्रको आर्थिक क्रियाकलापमा लघुवित्तले सघाउँदै आएको छ । कमजोर आर्थिक अवस्था भएका व्यक्तिहरूले लघुवित्तबाट ऋण लिएर कृषि, पशुपालन तथा लघुउद्यम–व्यवसाय गर्दै आएका छन् । यसबाट उनीहरूले आय आर्जन पनि गर्दै आएका छन् । तर यो गुण बिर्सेर यतिखेर लघुवित्तलाई चारैतिबाट आक्रमण भएको छ । लिएको ऋण तिर्न असमर्थ भएको वा आफूहरूलाई शोषण भएको वा तिर्न सक्दिनँ वा तिर्दिनँ भन्ने बहाना बनाएर लघुवित्त नै डुबाउने अभियानमा केही व्यक्ति लाग्नुले यस्तो आशङ्का उब्जिएको हो । यो आशङ्का अरू बढेर जाने हो भने लघुवित्तको औचित्यमाथि नै प्रश्न खडा हुन्छ ।
हामी दोहोरो हितका परियोजनामा लगानी गर्न चाहन्छौँ
निजामती तथा सार्वजनिक संस्थानका कर्मचारीको तलबको केही हिस्सा जोगाएर लगानीयोग्य रकम जोहो गर्न सक्ने ठूलो हैसियत बनाएको नागरिक लगानी कोषमा आठ लाख जनाको करिब दुई खर्ब छ अर्ब रुपियाँ छ। कोष स्थापनाको ३३औँ वार्षिकोत्सवका अवसरमा कोषका कार्यकारी निर्देशक रमण नेपालसँग गोरखापत्रका गोपालचन्द्र सुवेदीले गर्नुभएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ।
लगानी भित्र्याउन ‘कनेक्ट एनआरएन, बिल्ट नेपाल’
नेपाली मूलका विदेशी नागरिकले नेपालमा लगानी गर्न नयाँ अभियान सुरु गरेका छन् । ‘कनेक्ट एनआरएन, बिल्ट नेपाल’ नाम दिएर सुरु गरिएको उक्त अभियानले विदेशी नागरिकको हैसियत बनाइसकेका नेपाली मूलका व्यक्तिबाट पुँजी जम्मा गरेर नेपालमा लगानी गर्ने भएको हो ।