ब्याजदर घटाउने सम्भावनाको खोजी
अर्थमन्त्री डा. प्रकाशशरण महतले ब्याजदर घटाउन सक्ने क्षेत्रहरूको पहिचान र ल्याउनुपर्ने नीतिका सम्भावना खोज्न नेपाल राष्ट्र बैङ्कसँग आग्रह गर्नुभएको छ । गभर्नरसहित नेपाल राष्ट्र बैङ्कका उच्च अधिकृतसँग मङ्गलबार छलफल गर्दै उहाँले ब्याजदर घटाउन सक्ने आधार खोज्न आग्रह गर्नुभएको हो । उच्च ब्याजदरका कारण व्यावसायिक वातावरण निर्माणमा समस्या भएकाले यसलाई घटाउनेतर्फ जानुपर्ने उहाँको भनाइ थियो ।
राष्ट्रिय सहकारी महासम्मेलनको तयारी पूरा
सहकारीको दिगोपनाका लागि स्वनियमन तथा सुशासन मूल नाराका साथ आगामी बिहीबारदेखि राजधानीमा आयोजना हुन लागेको तेस्रो राष्ट्रिय सहकारी महासम्मेलनको तयारी पूरा भएको छ । चैत २३ गतदेखि २५ सम्म आयोजना हुने महासम्मेलनमा एक हजार जनाको सहभागिता हुने आयोजक राष्ट्रिय सहकारी महासङ्घले मङ्गलबार पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ ।
कुखुराको मासुको मूल्य घट्यो, किसान असन्तुष्ट
पोल्ट्री व्यावसायीले कुखुरा मासुको मूल्य घटाएपछि किसान दुःखी भएका छन् । नेपाल राष्ट्रिय कुखुरा बिक्री व्यवसायी सङ्घका अनुसार मङ्गलबारदेखि लागु हुने गरी जिउँदो बोइलर कुखुराको कोल्ड स्टोर मूल्य किलोमा १० रुपियाँले घटाएको छ । अब जिउँदो ब्रोइलर कुखुराको मूल्य २८० रुपियाँ प्रतिकिलो कायम भएको छ । तर कुखुरा किसान भन्छन्, “हामीलाई सोध्दै नसोधी मूल्य घटाएको छ, त्यसमा हाम्रो आपत्ति छ ।”
एडीबी र विश्व बैङ्कको प्रक्षेपण: ‘आर्थिक वृद्धि ४.१ प्रतिशत मात्रै’
चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर यसअघि गरिएको प्रक्षेपणको तुलनामा खुम्चने एसियाली विकास बैङ्क (एडीबी) र विश्व बैङ्क दुवैको अनुमान रहेको छ । नेपाली समयअनुसार मङ्गलबार दुवै दातृनिकायले सार्वजनिक गरेका छुट्टाछुट्टै प्रतिवेदनले नेपालको आर्थिक चालु वर्ष घट्ने उल्लेख गरेका हुन् । छुट्टाछुट्टै प्रतिवेदन सार्वजनिक गरे पनि दुवै संस्थाले समान ४.१ प्रतिशतको मात्र आर्थिक वृद्धि हुने अनुमान गरेका हुन् ।
विदेशी लगानी स्वीकृत स्वचालित गरिँदै
उद्योग विभागले दस करोड रुपियाँसम्मको विदेशी लगानी स्वचालित मार्ग (अटोमेटिक रुट)बाट स्वीकृत हुने व्यवस्था मिलाउने भएको छ । उद्योग विभागले लगानी तथा प्रविधि हस्तान्तरण नियमावली २०७७ लाई संशोधन गरेर दुई करोडदेखि दस करोड रुपियाँसम्म लगानी हुने परियोजना/प्रस्ताव स्वचालित मार्गबाट स्वीकृत हुने व्यवस्था गरेको हो ।
आलु सुपरजोनमा इँटा फलाइँदै
सरकारले दिएको अनुदानको दुरुपयोग कसरी भइरहेको छ भन्ने उदाहरण काभ्रेको एउटा कृषि कार्यक्रम बनेको छ। ‘आलु सुपरजोन’का लागि अनुदान लिएर चक्लाबन्दी गरिएको जमिनमा पहिलो पटक आलु रोपियो पनि तर अहिले भने त्यही जमिनमा इँटा बनाउन थालिएको छ।
हवाई भाडा घट्यो
नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै एयरलाइन्सको हवाई भाडा घटेको छ।
किस्ता नतिर्दा ऋणीको घरमा बैंकले पठायो सुरक्षा गार्ड
एनआईसी एसिया बैंकले समयमा किस्ता रकम नबुझाएको भन्दै एक ऋणीको घरमा सुरक्षा गार्ड पठाएको छ।
ताप्लेजुङमा औद्योगिक पर्यटन मेला सुरु
ताप्लेजुङमा मङ्गलबारदेखि दोस्रो ताप्लेजुङ औद्योगिक, कृषि तथा पर्यटन मेला साथै प्रदेशस्तरीय अर्गानिक महोत्सव २०७९ सुरु भएको छ।
रासायनिक मल छिटो ल्याउने पहल हुन्छ : कृषिमन्त्री भुसाल
कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. बेदुराम भुसालले रासायनिक मलको आवश्यक व्यवस्था मिलाउने पहल भइरहेको बताउनुभएको छ।
क्रिप्टोकरेन्सीसम्बन्धी जोखिम विश्लेषण प्रतिवेदन सार्वजनिक
नेपाल राष्ट्र बैङ्कले क्रिप्टोकरेन्सीसम्बन्धी जोखिम विश्लेषण प्रतिवेदन सार्वजनिक गरेको छ ।
अरुण तेस्रो परियोजनाका लागि पुन : सर्भे गर्न माग
नौ सय मेगावाट क्षमताको निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाका प्रभावित जग्गाधनीले आफ्नो क्षेत्रमा पुन सर्भेको माग गरेका छन् ।
उखुखेती प्रवर्धन गर्दै रामपुरका युवा
उखुुखेती लोपोन्मुख हुन थालेपछि यहाँका युवाले सामूहिक खेती सुरुआत गरेका छन् । यहाँका १० युवाले जग्गा भाडामा लिएर व्यावसायिक खेती गर्न थालेका हुन् ।
बाँकेका थप दुई स्थानमा सब स्टेसन बन्दै
बाँकेमा लो भोल्टेज र छिनछिनमा विद्युत् जाने समस्या समाधानका लागि थप दुई स्थानमा सब स्टेसन निर्माण गर्न लागिएको छ ।
कर्मचारीलाई तालिम
राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडले कर्मचारीलाई तालिम प्रदान गरेको छ । बैङ्कले लोकसेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तर्वार्ताबाट बागमती र गण्डकी प्रदेशका लागि छनोट भएका नवनियुक्त सहायक प्रशासन सेवाका ५४ जनालाई तालिम प्रदान गरेको छ ।
अनलाइन गाडी रेन्टको सुविधा
सजिलो रेन्टलले नेपालमै पहिलो पटक अनलाइन गाडी रेन्टको सुविधा प्रदान गर्दै आएको छ । ‘सजिलो रेन्टल’ मोबाइल एप वा वेबसाइटमार्फत ग्राहकहरूले आफूलाई आवश्यक परेको समयमा गाडी भाडामा लिन र सवारी धनीहरूले सजिलै गाडी भाडामा दिन सक्ने व्यवस्था गरिएको छ । सन् २०२१ को जनवरी महिनामा लन्च भएको सजिलो रेन्टल एपले गाडी आवश्यक भएका ग्राहकहरूलाई सफा, स्वच्छ र आरामदायी कार, जिप, हायस, कोस्टर तथा पर्यटकीय बसहरू सजिलो गरी उपलब्ध गराउँदै आएको छ । कम्पनीका संस्थापक दामोदर फुयालले परिवार तथा इष्टमित्रसँग कतै घुम्न जानु प-यो भने गाडी रिजर्भका लागि द्विविधामा परी अल्लमल्ल हुने समस्या समाधान हुने बताउनुभयो ।
स्टार्टअप नीति पारित गर्न आग्रह
नेपाल उद्योग वाणिज्य महासङ्घले बहुप्रतीक्षित स्टार्टअप नीति तत्काल पारित गर्न उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाललाई आग्रह गरेको छ । महासङ्घका प्रतिनिधिहरूले सोमवार नवनियुक्त मन्त्री रिजाललाई शुभकामना तथा बधाई दिन गएका बेला सो आग्रह गरेको हो । मन्त्री रिजाले निजी उद्योगी व्यवसायले राखेको सुझावलाई कार्यान्वयन गर्दै जाने प्रतिबद्धता जनाउनुभयो । उहाँले स्टार्टअप नीतिबारे सबैसँग सल्लाह गरी पारित गर्ने आश्वासन दिँदै व्यवसायीको मनोबल बढाउन मन्त्रालयले निरन्तर सहयोग/सहकार्य गर्ने धारणा राख्नुभयो ।
तरकारी खेतीबाट मनग्य आम्दानी
शुक्लाफाँटा नगरपालिका–११ दीपनगरका डम्बरबहादुर विष्ट व्यावसायिक तरकारी खेती गरेर गतिलो आम्दानी गर्दै आउनुभएको छ । तरकारी खेतीबाट हुने आम्दानीले विष्टको परिवारको खर्च चल्ने गरेको छ । उहाँले खेतबारीमा बाह्रै महिना तरकारी खेती गर्नुहुन्छ । दश कठ्ठा बढी जग्गामा उहाँले तरकारी खेती गरेर वार्षिकरूपमा रु दुई लाखदेखि पाँच लाखसम्म आम्दानी गर्दै आउनुभएको छ ।
‘आन्तरिक विद्युत् खपत क्षमता वृद्धि प्राथमिकतामा’
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले देशमा उत्पादित विद्युत् देशभित्रै खपत गर्न क्षमता वृद्धि आफ्नो मुख्य प्राथमिकतामा रहेको बताउनुभएको छ । नेपाल विद्युत् प्राधिकरणले सोमबार गरेको स्वागत कार्यक्रममा मन्त्री बस्नेतले विद्युत् नपुगेका ठाउँमा सेवा विस्तार, प्रसारण र वितरण प्रणालीका पूर्वाधार सुदृढीकरण तथा विस्तार गरी खपत क्षमता विस्तार गरिने बताउनुभयो । “विद्युत्को आन्तरिक खपत क्षमता वृद्धि गरी बढी भएको विद्युत् निर्यात गर्नुपर्छ,” मन्त्री बस्नेतले भन्नुभयो । पूर्वाधार विस्तारका लागि आवश्यक पर्ने लगानी जुटाउन अर्थ मन्त्रालयलगायतका निकायसँग आवश्यक समन्वय गरिने उहाँको भनाइ थियो ।
अभौतिक मुद्रामा लगानी नगर्न आग्रह
नेपाल राष्ट्र बैङ्कले अभौतिक मुद्राहरूमा लगानी तथा कारोबार नगर्न आमनेपालीलाई आग्रह गरेको छ । राष्ट्र बैङ्कले क्रिप्टोकरेन्सी, भर्चुअल करेन्सी, नेटवर्क मार्केटिङ, नन–फन्जिबल टोकन, डिजिटल सम्पत्ति र हाइपर फन्डजस्ता कारोबार गैरकानुनी रहेको भन्दै त्यसमा संलग्न भएमा कारबाहीसमेत हुने चेतावनी दिएको छ । केन्द्रीय बैङ्कले सोमबार विज्ञप्ति जारी गर्दै यस्ता कारोबार नेपालभित्र बसोबास गर्ने नागरिक, फर्म, कम्पनी संस्था मात्र नभई विदेशी र नेपालबाहिर बसोबास गर्ने सबै नेपाली नागरिकसमेत यसमा संलग्न नहुन सचेत गराएको हो । दर्ता भएर नेपालबाहिर रहेका फर्म, कम्पनी संस्था तथा त्यस्ता कम्पनी वा संस्थाका शाखा कार्यालय तथा एजेन्सीसमेतले कुनै पनि भर्चुअल करेन्सी–क्रिप्टोकरेन्सी कारोबारमा संलग्न भएको पाइए नेपाल राष्ट्र बैङ्क ऐन २०१९ को दफा १२ बमोजिम कारबाही हुने जनाएको छ । नेपालमा विदेशी विनिमय मुद्राको रूपमा भर्चुअल करेन्सी–क्रिप्टोकरेन्सीले मान्यता पाएको छैन । नेपालमा कानुनी ग्राह्य नभएको, नेपाल सरकारको जमानत प्राप्त नभएको र राष्ट्र बैङ्क निष्कासन नगरेको तथा कुनै पनि सुरक्षण नभएकाले यस्तो कारोबार गैरकानुनी हुने स्पष्ट पारेको छ ।
‘निजी क्षेत्रको साथमा छु, समस्या समाधानमा लाग्नेछु’
उद्योगमन्त्री रमेश रिजालले उद्योग व्यवसायमा देखिएका समस्या समाधान गर्न लाग्ने बताउनुुभएको छ । नेपाल उद्योग परिसङ्घसँगको भेटको क्रममा सोमबार उद्योगमन्त्री रिजालले मुलुकलाई समृद्ध बनाउन निजी क्षेत्रलाई प्रोत्साहन नगरी नहुने भएकाले उद्योग व्यवसायमा देखिएका समस्या समाधान गर्न प्रभावकारी रूपमा लाग्ने बताउनुभएको छ ।
चैत २४ देखि सन्दकपुर महोत्सव हुँदै
आफ्नो क्षेत्रका पर्यटकीय स्थलहरूलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गराउने उद्देश्यले इलामको पर्यटकीय क्षेत्र सन्दकपुरमा महोत्सव आयोजना हुने भएको छ ।
स्टार्टअप उद्यमबारे जानकारी लिन चासो बढ्दै
स्टार्टअप उद्यम व्यवसाय सञ्चालन गर्ने विषयमा जानकारी लिन उद्योग विभागमा उद्योगी व्यवसायीको चहलपहल बढेको छ । उद्योग विभागले गत बिहीबारदेखि स्टार्टअप उद्यम कर्जाका लागि परियोजना प्रस्ताव पेस गर्न सार्वजनिक सूचना गरेपछि चासो लिनेहरूको चहलपहल बढेको हो ।
अर्थतन्त्रका सूचकमा सुधार
अर्थतन्त्र जोखिमपूर्ण अवस्थामा रहेको भन्दै गर्दा पछिल्लो समय अर्थतन्त्रका मुख्य सूचकमा भने सुधार आएको देखिएको छ । नयाँ सरकार गठनसँगै चालिएका आर्थिक मितव्ययिताका कदम र अन्य अनुकूल परिस्थितिका कारण अर्थतन्त्रको सूचकमा सुधार आएको विज्ञहरूको विश्लेषण छ ।