• १३ साउन २०८१, आइतबार

अनलाइन गाडी रेन्टको सुविधा

blog

काठमाडौँ, चैत २१ गते । सजिलो रेन्टलले नेपालमै पहिलो पटक अनलाइन गाडी रेन्टको सुविधा प्रदान गर्दै आएको छ । ‘सजिलो रेन्टल’ मोबाइल एप वा वेबसाइटमार्फत ग्राहकहरूले आफूलाई आवश्यक परेको समयमा गाडी भाडामा लिन र सवारी धनीहरूले सजिलै गाडी भाडामा दिन सक्ने व्यवस्था गरिएको छ ।

 सन् २०२१ को जनवरी महिनामा लन्च भएको सजिलो रेन्टल एपले गाडी आवश्यक भएका ग्राहकहरूलाई सफा, स्वच्छ र आरामदायी कार, जिप, हायस, कोस्टर तथा पर्यटकीय बसहरू सजिलो गरी उपलब्ध गराउँदै आएको छ । कम्पनीका संस्थापक दामोदर फुयालले परिवार तथा इष्टमित्रसँग कतै घुम्न जानु प-यो भने गाडी रिजर्भका लागि द्विविधामा परी अल्लमल्ल हुने समस्या समाधान हुने बताउनुभयो ।