काठमाडौँ, चैत २१ गते । राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडले कर्मचारीलाई तालिम प्रदान गरेको छ । बैङ्कले लोकसेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तर्वार्ताबाट बागमती र गण्डकी प्रदेशका लागि छनोट भएका नवनियुक्त सहायक प्रशासन सेवाका ५४ जनालाई तालिम प्रदान गरेको छ ।
तालिमको उद्घाटन गर्दै बैङ्कका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सैद्धान्तिक ज्ञानले मात्र प्रतिस्पर्धामा सफलता हासिल गर्न नसकिने हुँदा यो दुई हप्ताको तालिमबाट प्राप्त हुने व्यावहारिक ज्ञानले कार्य स्थलमा नागरिकलाई सेवा दिन सहयोग पुगी संस्थाको उत्पादकत्व वृद्धि गर्न यो युवा जनशक्ति उपयोग हुने बताउनुभयो ।