• १३ साउन २०८१, आइतबार

अर्थतन्त्र सुधार गर्न सरकारले हस्तक्षेप गर्छ : उपप्रधानमन्त्री श्रेष्ठ

blog

फूल प्रदर्शनी कार्यक्रम उद्घाटन गर्नुहुँदै उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ । तस्बिर : केशब गुरुङ

काठमाडौं, चैत १७ गते। उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले वर्तमान समस्या समाधान गर्न अर्थतन्त्रमा सरकारले सकारात्मक हस्तक्षेप गर्ने बताउनुभएको हो। 

शुक्रबार काठमाडौंमा भएको २४ औँ पुष्प प्रदर्शनी कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या समाधान गरेर अर्थतन्त्र सुधार गर्न सरकारले हस्तक्षेप गर्ने बताउनुभएको हो। 

उहाँले वर्तमान आवश्यकता र नेपाली जनताको आवश्यकता अनुरूप सरकारले सकारात्मक रूपमा अर्थतन्त्रमा हस्तक्षेप गरी अर्थतन्त्रमा सुधार र विकास निमार्णलाई गुणात्मक बनाउन मेहनत आवश्यक रहेको बताउनुभयो। 

मन्त्री श्रेष्ठले अर्थतन्त्र सुधारको लागि सरकार र निजी क्षेत्र हातेमालो गरेर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताउनुभयो। उहाँले अर्थतन्त्रका वर्तमान समस्या समाधान गर्न सरकारले तत्काल नीतिगत कदम चाल्नुपर्ने विषयमा सहमत रहेको बताउनुभयो। 

उहाँले मन्त्रिपरिषद्लाई पूर्णता दिएपछि अर्थतन्त्रको विषयमा छलफललाई निश्चित टुङ्गोमा पुर्‍याउने बताउनुभयो। उहाँले सरकारले प्राथमिकताको आधारमा नीति र योजना बनाउने बताउनुभयो। उहाँले अर्थतन्त्र तत्काल निराश हुनुपर्ने स्थितिमा नभएको भन्दै अर्थतन्त्रलाई सरकारले यथास्थितिको निरन्तरतामा नराख्ने बताउनुभयो। 

उहाँले भन्नुभयो,‘‘वर्तमान आवश्यकता र नेपाली जनताको आवश्यकता अनुरूप सरकारले प्रत्यक्ष रूपमा अर्थतन्त्रमा हस्तक्षेप गरी अर्थतन्त्रलाई सुधार गरी विकास निमार्णलाई गुणात्मक बनाउन सरकारले  धेरै मेहनत गर्नुपर्छ। अर्थतन्त्र सुधारको लागि सरकार र निजी क्षेत्र हातेमालो गरेर अगाडि बढ्नुपर्ने आवश्यकता छ। अर्थतन्त्रको वर्तमान समस्या समाधान गर्न सरकारले तत्काल नीतिगत कदम चाल्नुपर्छ भन्ने विषयमा सरकार सहमत छ। सरकारले यो विषयमा गम्भीर रूपमा गृहकार्य थालेको छ।’’ 

मन्त्री श्रेष्ठले सरकारले चुलिँदो व्यापार घाटालाई मन्त्रीले जतिसुकै भाषण र प्रस्ताव पारित गरे पनि मुलुकको अर्थतन्त्रको यात्रालाई सही दिशातिर लैजान नसक्ने दाबी गर्नुभयो। उहाँले भ्रष्टाचारको प्रभावकारी नियन्त्रण सहितको सुशासन विकास र समृद्धिको लागि पहिलो सर्त भएको बताउनुभयो। 

उहाँले सरकारले पुँजीगत खर्चमा वृद्धि गर्न आवश्यकता रहेको बताउनुभयो। उहाँले व्यापार घाटा कम गर्नको निम्ति उत्पादनमा वृद्धि गरे मात्रै आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन गरी व्यापार घाटा कम गर्न सकिने बताउनुभयो।