• १३ साउन २०८१, आइतबार

नयाँ वर्षमा होटल भ्यु भृकुटीको प्याकेज

blog

ललितपुर, चैत २७ गते । नेपाली नयाँ वर्ष २०८० को अवसरमा ललितपुरको गोदावरीस्थित होटल भ्यु भृकुटीले विशेष प्याकेज ल्याएको छ ।

‘न्यु इयर, न्यु हाइट, न्यु मेमोरिज विथ होटल भ्यु भृकुटी’ भन्ने नाराका साथ होटलले लाइभ म्युजिकका साथमा निःशुल्क फुल्चोकी ट्रिपसम्मको अफर सार्वजनिक गरेको छ । 

होटलले ल्याएको अफरअन्तर्गत लाइभ म्युजिकका साथमा फ्री वेलकम ड्रिङ्क्स, लाइभ स्टेसन स्न्याक्स, लक्जरियस अकोमोडेसन, बफेट ब्रेकफास्ट र निःशुल्क फुल्चोकी ट्रिपसम्मको अफर रहेको छ ।

नयाँ वर्षका लागि विशेष साङ्गीतिक कार्यक्रमका साथै आउने पाहुनाका लागि होटलको सम्पूर्ण सुविधा विशेष तरिकाले व्यवस्थापन गरिएको होटलले जनाइएको छ ।

सन् २००० मा स्थापना भएको भ्यु भृकुटी होटलमा एक सय कोठा र पाँचवटा सेमिनार हल रहेका छन् । त्यस्तै यसमा गोदावरी हल, दुईवटा रेस्टुरेन्ट, रुफटप टेरेस र गोदावरी बार रहेका छन् ।

होटल भ्यु भृकुटी सातदोबाटो चक्रपथबाट सात किलोमिटरको दूरीमा रहेको छ । 

यो होटलमा ७० वटा कोठा, साउना, स्ट्रिम, स्वमिङ पुल तथा मनोरञ्जनको व्यवस्था मिलाइएको छ । यसका साथै होटलमा रोयल बोटानिकल गार्डेन नजिकै अवस्थित रहेकाले थप आकर्षक बनाएको कार्यकारी निर्देशक सागर भुसालले बताउनुभयो ।

होटलले नेपाली संस्कार र परम्पराअनुसार सेवासुविधा प्रदान गर्दै आएको छ ।