• ६ वैशाख २०८३, आइतबार

विदेशी लगानी र प्रविधि भित्र्याउन सरकार तयार : रिजाल

blog

रामग्राम समाचारदाता

रामग्राम, वैशाख १४ गते   ।  उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले विदेशी लगानी र प्रविधि भित्र्याउने वातावरण बनाउन सरकार सधैँ लागिपरेको बताउनुभएको छ । गोल्छा गु्रपले कोरियाको सामसुङ कम्पनीसँगको सहकार्यमा नवलपरासी (बर्दघाट सुस्तापश्चिम)को रामग्राम नगरपालिका–११ मा रहेको उद्योगबाट उत्पादन गरेर बिक्री वितरण शुभारम्भका अवसरमा बुधबार उद्योगमा आयोजित समारोहमा बोल्दै मन्त्री रिजालले यस्तो बताउनुभएको हो । 

मन्त्री रिजालले कोरियाले नेपाली युवालाई रोजगारी दिनदेखि नवीनतम प्रविधिको विकासमा वर्षौंदेखि सहयोग गर्दै आएको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालमा नै कोरियाली प्रविधिको टेलिभिजन उत्पादनले व्यापार घाटा घट्नुका साथै नेपालमा रोजगारीसमेत बढ्नेछ ।”

गोल्छा ग्रुपले कोरियाको सामसुङ कम्पनीसँगको सहकार्यमा नवलपरासीको रामग्राम नगरपालिका–११ मा विभिन्न इलेक्ट्रोनिक्स उत्पादन गरेर बिक्री वितरण सुरु गरेको छ ।  

गोल्छा गु्रपका अध्यक्ष शेखर गोल्छाको अध्यक्षतामा उद्घाटन कार्यक्रममा नेपालका लागि कोरियन राजदूत चोङसुक पार्क, सामसुङ कम्पनीका दक्षिणपूर्व एसियाका सीईओ जेवी पार्क, रामग्राम नगरपालिकाका प्रमुख धनपत यादवलगायत कम्पनीका प्रतिनिधिको सहभागिता थियो ।