‘फर्केर हेर्दा’ पुस्तक सार्वजनिक
तीन दशकभन्दा बढी प्राध्यापक सेवामा संलग्न राजनीति शास्त्री एवं प्राध्यापक कृष्ण पोखरेलद्वारा लिखित ‘फर्केर हेर्दा’ पुस्तक सार्वजनिक भएको छ।
‘भाषा साहित्य संरक्षणमा प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले सबै भाषा, साहित्य, संस्कृतिको संरक्षण प्रवर्द्धन र प्राज्ञिक अनुसन्धानका क्षेत्रमा नेपाल प्रज्ञा-प्रतिष्ठानले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभएको छ ।
राष्ट्रिय तथा प्रादेशिक पुरस्कारको नाम छनोट
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भाषा एवं साहित्य, संस्कृति, ललितकला र सङ्गीत तथा नाट्य विधाको राष्ट्रिय तथा प्रादेशिक पुरस्कार घोषणा गरेको छ । हरेक वर्ष प्रदान गरिने राष्ट्रिय प्रतिभा तथा प्रदेश प्रतिभा पुरस्कार २०८० का लागि शुक्रबारको मन्त्रीस्तरीय निर्णयबाट नाम छनोट गरिएको हो । मन्त्रालयका सहसचिव हेमराज तामाङ हस्ताक्षरित विज्ञप्ति अनुसार भाषा एवं साहित्यतर्फको राष्ट्रिय प्रतिभा पुरस्कार गण्डकीका वसन्तबहादुर बराकोटीलाई प्रदान गरिने भएको छ । संस्कृतितर्फ केदारप्रसाद पाठक (नुवाकोट), ललितकलामा सन्तकुमार शाक्य (ललितपुर) र सङ्गीत तथा नाट्य विधाको राष्ट्रिय पुरस्कार माइला लामा (काठमाडौँ) लाई प्रदान गरिने भएको छ ।
‘पहिचानको प्रश्नमा नेपाली कविता’ माथि छलफल
पहिचानवादी कविता लेख्नु भनेको कुनै समुदायको मात्रै पक्षधर हुनु होइन, विगतमा दबाइएका आवाजलाई साहित्यमार्फत पुनः उजागर गर्ने कोसिस गर्नु हो । नेपाल प्रज्ञा–प्रतिष्ठानको ६७ औँ वार्षिकोत्सवका उपलक्ष्यमा शनिबार राजधानीमा आयोजित ‘पहिचानको प्रश्नमा नेपाली कविता’ विषयक कार्यक्रममा सहभागी वक्ताले सो कुरा बताउनुभएको हो ।
शान्ति प्रक्रियामा दमननाथ ढुङ्गाना र पद्मरत्न तुलाधरको योगदान बिर्सन नसकिने
उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले शान्ति प्रक्रियामा दमननाथ ढुङ्गाना र पद्मरत्न तुलाधरको योगदान बिर्सन नसकिने बताउनुभएको छ ।
नसना [कथा]
नसना मेरी बहिनीकी सखी । उनीहरूबिच कुनै पनि कुरा गोप्य रहँदैनथ्यो । आत्मीय साथी भएका कारण सुख र दुःख साझा थियो । नसना अलिक दुब्ली, पातली थिइन् । गोरो वर्णकी नसना हिस्सी परेकी थिइन् । बहिनीसँग प्रायः घरमा आइरहन्थिन् उनी । मसँग पनि बोल्थिन् । उनले मलाई भेट्दा गर्ने प्रश्न सधैँ एउटै थियो, “सन्चै हुनुहुन्छ ?” म भने प्रायः टाउको मात्र हल्लाउँथेँ । कहिलेकाहीँ मात्र “ठिक छु” भन्ने उत्तर दिन्थेँ । लामो र गहिरो संवाद भने उनीसँग कहिल्यै भएन मेरो । उनी भने मसँग कुरा गर्ने बहाना झिकिरहन्थिन् ।
साथी तिमी मेरो (कविता)
साथी कस्तो हुनु पर्छ तिमीसँग सिकेँ मैले साथीमा हुनुपर्ने सबै गुण तिमीसँग पाएँ मैले तिम्रो साथले मेरो जीवन अर्थपूर्ण बनाएका छौ साँच्चै तिमी मेरो लागि विशेष छौ
जति अग्लो चढे पनि होचै हुन्छ जिन्दगी
बागलुङ बजारको विद्यामन्दिरमा हरेक शुक्रबार जसो कविता वाचन, वादविवाद जस्ता गतिविधि भइरहन्थ्यो, त्यो बेला । वादविवादका शीर्षक हुन्थे, तरबार ठुलो कि कलम ? विद्या ठुलो कि धन ? यस्तै कार्यक्रममा जुरुक्क उठेर ३ कक्षामा पढ्ने एउटा बालकले बिनाप्रसङ्ग बोल्यो, “आजकालका बाहुन रक्सी खान्छ, कुखुरा खान्छ, आफूलाई मास्टर भन्छ ।” सबै जना गलल्ल हाँसे । त्यो बालक लाजले भुतुक्कै बन्यो तर शिक्षकले बोलाएर तीन वटा कापी र सिसाकलम पुरस्कार दिएर पठाए ।
‘लोकसङ्गीतको प्रवर्धनमा पुगेन राज्यको ध्यान’
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले विश्व सङ्गीत दिवसका अवसरमा ‘नेपाली समाज र सङ्गीत’ विषयक अन्तर्क्रिया गरेको छ । सो अवसरमा राष्ट्रिय गीत लेखन प्रतियोगिता–२०८१ को नतिजासमेत सार्वजनिक गरिएको छ । प्रतिनिधि सभा सदस्य पूर्ण घर्तीले सङ्गीतका विषयमा गरिएको अन्तर्क्रियाले विश्व सङ्गीत दिवसको महत्वलाई उजागर गरेको चर्चा गर्दै नेपालमा बसोबास गर्ने जाति र समुदायका आफ्नै किसिमका सङ्गीत र बाजा रहेकोमा तिनको व्यावसायिक
नेपाली साहित्यमा गुटफुट
नेपाली राजनीतिमा सुनिएको, देखिएको गुटबन्दी सर्जक, स्रष्टा र साधकबिचमा समेत चर्को रूपमा छभन्दा त्यति राम्रो सुनिन्न । तथापि लामो समयदेखि नेपाली साहित्यमा सर्जक, स्रष्टाबिच चर्को गुटबन्दी र पानी बाराबारको अवस्था छ । गुटबन्दीमा विभक्त नेपाली स्रष्टाबिच पुरस्कार तथा सम्मानको समेत लेनदेन हुने गरेको चर्चा साहित्यकार नै बताउँछन् ।
‘स्मृतिमा भीमबहादुर’ सार्वजनिक
ताप्लेजुङको सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएका भीमबहादुर श्रेष्ठको जीवनीकृति ‘स्मृतिमा भीमबहादुर’ सार्वजनिक गरिएको छ । पूर्वनिर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठ, सांसद सुशीला श्रेष्ठ, सांसद लीला बोखिमलगायतले संयुक्त रूपमा बिहीबार कृति सार्वजनिक गर्नुभएको हो । पूर्वनिर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठले ताप्लेजुङको भानु स्कुल स्थापनामा समाजसेवी भीमबहादुर श्रेष्ठले पु¥याउनुभएको योगदानको चर्चा गर्नुभयो । उहाँका अनुसार भीमबहादुर श्रेष्ठले शिक्षा क्षेत्रको उन्नयनमा दार्जिलिङसम्मै पुगेर शिक्षक खोजेर ल्याउने, स्कुल भवन बनाउन सहयोग सङ्कलन, धर्मभकारीको स्थापनालगायत विकास र सेवाका क्षेत्रमा योगदान दिनुभएको थियो । श्रमदानको संस्कृतिमा जोड दिँदै जनसहभागिता जुटाउने, सरकारी बजेटमा पहुँच स्थापित गर्ने कार्यमा समेत भीमबहादुरको योगदान थियो ।
दर्शकले रुचाए ‘ढोल साहेना गाअन्’
पूर्वी तराईबाट ढोल र सनई (साहेना) सहित आएका १५ जनाको राजवंशी समूहले सांस्कृतिक संस्थानको प्रेक्षालयमा लोकनाच ‘ढोल साहेना गाअन्’ प्रस्तुत गरिरहँदा प्रेक्षालयमा एक खालको एकाग्रता छाएको थियो । ढोल र सनईको तालमा राजवंशी भाषामा गायन र नृत्यले प्रस्तुतिमा फरक स्वाद दिएको थियो । भाषा नबुझिए पनि लोकनाचको मौलिक भावभङ्गीले दर्शकलाई तानेको थियो । सांस्कृतिक संस्थानले ५२ औँ वार्षिकोत्सवमा बुधबार आयोजित लोकगीत सङ्गीत, लघुनाटक र वाद्यवादन प्रस्तुतिमा ढोल सोहना गाअन् र तराई भेगकै लठ्ठहवा नाच (लट्ठीनाच) ले सबैको मन जितेको थियो । यो नाचमा ढोल र सनई अनिवार्य मानिन्छ । समाजका सुख, दुःख, माया पिरती, हास्य जस्ता विषयमा गाअन्को रचना गरिएको हुन्छ । संस्थानको वार्षिकोत्सव तथा ‘माटोको गीत’ को दोस्रो संस्करण ‘नेपाली संस्कृति’ को १३ औँ शृङ्खलाको समापनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले नेपाली मूर्त तथा अमूर्त कलाको अध्ययन, अनुसन्धान, संरक्षण, प्रस्तुतीकरण र दस्ताबेजीकरणलाई राज्यले प्राथमिकतामा राखेको बताउनुभयो । मन्त्री तामाङले नेपाली अमूर्त संस्कृतिमा रहेको विविधताको संरक्षण गरी त्यसलाई पर्यटन विकासमा सँगसँगै लैजानुपर्नेमा जोड दिँदै अमूर्त संस्कृतिको पुस्तान्तरणमा समेत ध्यान दिनुपर्ने बताउनुभयो । सांस्कृतिक संस्थानका महाप्रबन्धक किरणबाबु पुनले अमूर्त सम्पदाको सांस्कृतिक सूचीमा नेपाली संस्कृतिको सूचीकरण अभियानमा जोड दिनुभयो । उहाँले संस्कृतिलाई उत्पादनसँग जोड्ने लक्ष्य अनुरूप सांस्कृतिक संस्थानले लोपोन्मुख संस्कृति संरक्षण तथा पुस्तान्तरणका लागि संस्कृतिसम्बन्धी ज्ञान तथा सिपको जागरणमूलक प्रशिक्षण कार्यलाई निरन्तता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भवन निर्माणका लागि अनुदान स्वरूप प्राप्त हुनुपर्ने रकम ऋणका रूपमा देखिएकाले त्यसलाई अनुदानका रूपमा परिणत गर्नसमेत माग गर्नुभयो । उहाँले सांस्कृतिक संस्थानको आफ्नै ऐन नहुँदा विभिन्न कठिनाइ भोग्नु परेको चर्चा गर्दै बेग्लै ऐन निर्माणको अनुरोध गर्नुभयो । कार्यक्रममा साकेला, डिग्रे नाच, बँदेल नृत्य, कौरा नृत्य, बुद्ध भजन, बलबाहु (लघुनाटक), लोक धुन, राजवंशी लोक नाट्य ‘ढोल सहिना गाअन्’, लठ्ठहवा नाच (तराई भेग) लगायत लोकनृत्य र वादन प्रस्तुत गरिएको थियो ।
'कवि विमल गुरुङ कृति पुरस्कार'का लागि कृति आह्वान
कवि विमल गुरुङको स्मृतिमा स्थापित कवि विमल गुरुङ स्मृति पुस्तकालयले ‘कवि विमल गुरुङ कृति पुरस्कार’ का लागि कृति आह्वान गरेको छ ।
कथा घेरामा नाटक ‘प्ले द सिस्टम’ मञ्चन हुने
कथा घेरा प्रोडक्सनको छैटौँ वार्षिकोत्सवको अवसरमा नाटक ‘प्ले द सिस्टम’ मञ्चन हुने भएको छ । थेरेसा रिबेकको ह्वाट वी आर अप अगेन्स्टको नेपाली अनुवाद प्रियङ्करले गर्नुभएको हो ।
साहित्यकार न्यौपानेको 'ज्योतिर्गमय' कृति लोकार्पण
साहित्यकार एवम् पत्रकार नीलकण्ठ न्यौपानेले लेख्नुभएको ‘ज्योतिर्गमय’ आत्मकथाको लोकार्पण गरिएको छ । पाल्पाको पर्यटकीय एवम् धार्मिक स्थल रम्भादेवीको मन्दिर परिसरमा प्रश्रित प्रतिष्ठान नेपाल रुपन्देहीका अध्यक्ष एवम् साहित्यकार प्रा.डा. कपिल लामिछाने, प्रतिनिधि सभाका सदस्य नारायणप्रसाद आचार्य लगायतले उक्त कृतिको लोकार्पण गर्नुभएको हो ।
सेती बगरमा प्रतिस्थापन कला
कतै लुक्दै, कतै झुल्किँदै बग्ने सेती नदी पोखरा महानगरको रामघाट क्षेत्रमा खुला भएर बग्छ । खुला भएकैले यहाँ नदीका दुवै तटमा घाट छन् । सेती किनारमा शनिबार फरक खालको चलहपहल थियो । किनारबाटै हिमाल र आसपासका डाँडाकाँडा देखिने र नदीको शिर र बहाव दुवैतिर खोँच भएको रामघाट बगरमा वातावरणीय प्रतिस्थापन कला निर्माण गरिँदै छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान (नाफा) को वास्तुकला तथा अन्य सिर्जनात्मक कला विभागको आयोजनामा सेती किनारमा प्रतिस्थापन कला बनाइने विभागीय प्रमुख सौरगङ्गा दर्शनाधारीले जानकारी दिनुभयो ।
काठमाडौँमा रुसी कविताको प्रस्तुति
रुसका प्रसिद्ध कविहरूका नेपालीमा अनुदूति करिब एक दर्जन कविताको आज काठमाडौँमा प्रस्तुति भएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय साहित्य, कला तथा संस्कृति विभागद्वारा आयोजित कार्यक्रममा नेपाली र रुसी दुवै भाषा-साहित्यमा सक्रिय स्रष्टाहरू डा.जङ्गल चौहान र जुगल भुर्तेलले ती कविताको प्रस्तुति गर्नुभएको हो ।
सरस्वती प्रतीक्षाको उपन्यास ‘स्व’ सार्वजनिक
सरस्वती प्रतीक्षाद्वारा लिखित उपन्यास ‘स्व’ सार्वजनिक भएको छ । ‘बुकहिल पब्लिकेसन प्रालि’ले आयोजना गरेको कार्यक्रममा लेखिकाद्वय प्रतीक्षा र सगुना शाह तथा लेखक घनश्याम खड्काले संयुक्तरुपमा उक्त उपन्यास सार्वजनिक गर्नुभएको हो ।
होम डेलिभरी [कथा]
जिन्दगी चल्न त चल्या’छ पिरैपिरमा छ... ।’ म घरको बरन्डामा बसेर गुनगुनाउँदै थिएँ । एउटी युवती आएर सोधी, “तपाईं घरबेटी हो ?” “तपाईंलाई म घरबेटी जस्तो लाग्छ ?” मैले जवाफ दिनुको सट्टा उल्टै प्रश्न गरेँ । जवाफको सट्टा उल्टै मेरो प्रश्न सुनेर युवती छक्क पर्दै मलाई हेर्न थाली । म उसलाई हेरेर मुस्कुराएँ । उसले लाज माने जस्तो गरी । मैले परिस्थिति सहज बनाउन खोज्दै भनेँ, “म घरबेटी होइन ।”“उसोभए को हो त घरबेटी ?” उसले अलिकति आत्तिए झैँ गरी सोधी । “माथि हुनुहुन्छ,” मैले माथि झ्यालतिर औँल्याएर भनेँ । “एक पटक बोलाइदिनुस् न ।” उसले मिठोसँग अनुरोध गरी । यति मिठोसँग अनुरोध गरेपछि मैले नाइँ भन्ने कुरै भएन । मैले माथि झ्यालतिर हेरेर घरबेटीलाई बोलाएँ, “घरबेटी बा.. !”
सामाजिक परिवेशका कथा
कथा विगतमा लेखिएका थिए, वर्तमानमा लेखिँदै छन् र भविष्यमा पनि लेखिने छन् । प्रत्येक जीवनको सरल र यथार्थ पाटो कथा हो । कथा पढिन्छ, यसकारण कथा लेखिन्छ । नपढिने भए कथा लेखिन्थेन । कथा जीवन जस्तै हुन्छ, जीवन कथा जस्तै हुन्छ । यी दुईका बिच कुनै तात्त्विक भिन्नता हुँदैन । यसर्थ कथा लेखिइरहेका छन् । कथा लेखिने क्रम जारी छ । भविष्यमा पनि यसले निरन्तरता पाइरहने छ, यो कुरामा कुनै दुबिधा छैन । कथा आजसम्म धेरै लेखिए र धेरैले लेखे । जति लेखिए पनि यो क्रम रोकिएको वा सकिएको छैन । यति उति भन्ने नै छैन, हाम्राअगाडि कथाका धेरैभन्दा धेरै विषयवस्तु छन् । यसकारण कथा लेख्ने क्रमले निरन्तरता पाइरहेको हो ।
कालजयी गीत मृत्युको स्वर
जन्मेपछि मर्नै पर्छ सबैलाई थाहा छ तर मान्छेले बेला बेलामा मर्नु पर्छ भन्ने कुरो नै बिर्सन्छ । जन्म–मृत्यु शाश्वत सत्य भएकाले दार्शनिकले मात्र नभई हरेक सचेत व्यक्तिले जीवनको कुनै न कुनै क्षणविशेषणमा मृत्यु चिन्तन गरेकै हुन्छ । मानिसको जन्मपछि कालक्रम अनुसार उसको मृत्यु हुन्छ र यो सृष्टिचव्रmको नियमित प्रक्रिया हो । मानिसले मृत्युका बारे जति सोचे पनि र मृत्युलाई टार्न जति नै
ललितकला प्रदर्शनी सम्पन्न
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानद्वारा आयोजित ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८१’ शक्रबार सम्पन्न भएको छ । समापन कार्यक्रममा प्रज्ञा–प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले सातै प्रदेशमा ‘प्रादेशिक ललितकला प्रदर्शनी २०८०’ गरी त्यहाँबाट छानिएका उत्कृष्ट कलाकृतिलाई राष्ट्रिय ललितकला प्रदर्शनीमा राखिएको जानकारी दिनुभयो ।
अनुवाद दुई आयामिक भाषाको ज्ञान र सञ्चार : उपकुलपति श्रेष्ठ
प्रज्ञा–प्रतिष्ठानका उपकुलपति विमलकृष्ण श्रेष्ठले अनुवाद दुई आयामिक भाषाको ज्ञान र सञ्चार भएको बताउनुभयो ।
आफ्नै स्वभावको मान्छे
काठमाडौँको अनामनगर बस्नुहुन्थ्यो उहाँ । संसद् सचिवालयमा जागिर । घरबाट धेरै टाढा पनि थिएन । अनामनगर बस्ने धेरै छन्, जागिर खाने कर्मचारी पनि त्यत्तिकै छन् । राधेश्याम भट्टराई अलि भिन्न । शालीन पा