बुढ्थापाको गीतिनाटक ‘प्रतिज्ञा’ विमोचन
वि.सं २०३८ सालमा लेखिएको गीतिनाटक ‘प्रतिज्ञा’ को तेस्रो प्रकाशन विमोचन गरिएको छ । जुम्लामा सुर्खेत–जुम्ला उच्च अदालत इजलासका न्यायाधीश कैलाश गुरुङ, जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यबाट लेखक ७७ वर्षीय रामकृष्ण बुढ्थापाद्वारा लिखित नाटकको विमोचन गरिएको हो ।
‘शाडेनफ्रोएडा’ विमोचन
कवि विप्लव प्रतीकको नयाँ पुस्तक ‘शाडेनफ्रोएडा’ विमोचन गरिएको छ । सङ्गीतकार न्ह्यु वज्राचार्य, अभिनेता सुनील थापा र साङ्गीतिक अभियन्ता रिन्छेन योञ्जनलाई पुस्तक हस्तान्तरण गरेर लेखकले आमपाठकमाझ यसलाई पस्केको घोषणा गर्नुभयो । पुस्तकमा जापानबाट उत्पन्न विधा हाइकुले नेपाली कवि विप्लवका मर्म समेट्दै अघि बढेका देखिन्छन् भने यसले काव्यिक अभिव्यक्तिबाट मिल्ने सन्तुष्टि अर्थात् जर्मनीको ‘शाडेनफ्रोएडा’ लाई आवरणमा राख्दै फराकिलो दायरामा विस्तार हुन खोजेको छ ।
प्राथमिकताको कुन तहमा साहित्य ?
सरकारी संयन्त्रहरू आव ०८१/८२ को बजेट निर्माणमा जुटेका छन् । सङ्घीय संसद्को बर्खे अधिवेशनमा सरकारी नीति तथा कार्यव्रmम सार्वजनिक हुने छ । आगामी आव (०८१/८२–०८५/८६) देखि १६ आँै योजना लागु हुँदै छ । यसै बि
जीवनलाई मिठास बनाउने साहित्य सृजना गरौँ : पूर्व मन्त्री पोखरेल
पूर्व मन्त्री तथा नेकपा (माओवादी केन्द्र) का उपमहासचिव गिरिराजमणि पोख्रेलले साहित्य जीवनलाई उदास, निराश भन्दा मिठास र उत्साहित बनाउने खालको साहित्य सिर्जना गर्नुपर्ने बताउनु भएको छ ।
जीवनको यथार्थता झल्किने कला
पाँचदिवसीय बागमती प्रदेशस्तरीय ललितकला प्रदर्शनी–२०८० मा कलाकार टासी सलका शेर्पाको स्थापना कलाले धेरैको ध्यान खिच्न सफल भएको छ । प्रदर्शनीमा ट्याटु कला र स्थापनाको अद्वितीय मिश्रण मिसिएको छ । ‘मरी लानु के छ र ? के साथमा लिएर जाने छौँ ?’ उक्त श्मशानमा सुताइएको व्यक्तिले स्थापना, मृत्युदर र भौतिक सम्पत्तिको नश्वरताको विश्वव्यापी विषयवस्तुलाई समाहित गर्ने कोसिस गरेको छ । ट्याटु र घाउको दागले सजिएको उक्त लास ओछ्यानमा आराम गरेको चित्रको मार्मिक चित्रणको माध्यमबाट कलाकृतिले दर्शकलाई जीवनको क्षणिक प्रकृति र अमूर्त विरासतको स्थायी महत्वलाई चिन्तन गर्न चुनौती दिन्छ ।
भाषा र संस्कृतिले जोड्दै नेपालीमन
हाल दुबईमा एरोनोटिकल इन्जिनियर रहेकी सिक्किमकी गीता क्षेत्रीले आफू सानो छँदा दसैँ, तिहार मनाएको अनुभव सुनाउँदा हलमा उपस्थित सबैको आँखा रसाएको थियो ।
ए फूल !! (निबन्ध)
तिमी फूल हौ । साँच्चै फूल हौ, तिम्रो पहिचान नै फूल । यस अर्थमा तिमी फूलको अलावा अरू केही होइनौ । कदाचित, तिमीले आफूलाई काँडा हुँ भन्यौ भने पनि म तिमीलाई फूल नै भन्छु । काँडाका रूपमा देख्न सक्तिनँ, काँडा भनेर सम्बोधन गर्न सक्तिनँ । भन्ने त्यही नै होइन र, जो देखिन्छ ! हो, दृष्टिकोण फरक हुन सक्छ, हेराइ अलग हुन सक्छ तर यसको अर्थ यो कदापि होइन कि हेर्नेले आफ्नो दृष्टिकोण बनाएर हेर्दा यथार्थ नै बदलियोस् ! वास्तवमा सत्य त त्यही हो, जो देखिन्छ ।
नेपाल–अङ्ग्रेज युद्धको बखान
युद्ध चलिरहेको समयमा केही नियम हुन्छन् वा बनाइन्छन् । युद्ध कुन विषयबाट र कसरी सुरु हुन्छ भन्ने विषयको अनुमान पहिल्यै नभए जस्तै अन्तिम समयसम्ममा कति क्षति हुन्छ भन्ने यकिन गर्न गाह्रो हुन्छ । अक्टरलोनीले हेटौँडामा चन्द्रशेखरलाई भने जस्तै आज के कुरा मान्न सकिन्छ, भोलिको दिनमा त्यो मान्न नसक्ने अवस्था आउन सक्छ । युद्धको समयमा हरेक समय र रणनीति महìवपूर्ण हुन्छ र जित्नकै लागि लडाइँ लडिन्छ । खोजपत्रकार मोहन मैनालीको लेखनमा प्रकाशित पुस्तक ‘मुकाम रणमैदान’ मा नेपाल अङ्ग्रेज युद्धकै बखान गरिएको छ । यस पुस्तकमा नालापानीबाट १८७१ साल कात्तिक १० गते सुरु भ
सोलढुङ्गा (लघुकथा)
तल खोला बगिरहेको थियो । दुमालीछालाई आफ्नो घर गोठ पहिरोले लाने हो कि ? सधैँ त्रास मनमा थियो । कहिलेकाहीँ पहिरो हेरेर आफैँ तर्सन्थ्यो । बेहोस भएको अनुभव गथ्र्यो । वारिपारि ठुला भिरपहरा देखेर बेचैन हुन्थ्यो । आफ्नो प्राणभन्दा प्यारो छोराछोरीलाई केही नहोस् भनेर माटोलाई ढोग्दै अनुनय गथ्र्यो । प्रायः सधैँ घरको आँगनमा निस्केर माथि देखिने अग्लो पहाडलाई हेर्दै निरस हुन्थ्यो । वर्षायाममा झन् उसले त्रासमा दिनरात काट्थ्यो । अनि ! दोवां नोक्छौँसँग याचना गथ्र्याे । याचना गरेको पल आत्मा शान्त हुन्थ्यो । विश्वासले मनको त्रास भागेको हुन्थ्यो । जब आकाशमा कालो बादल मडारिएर आउँथ्यो । पानी झर्ला जस्तो हुन्थ्यो । आफ्नो घर पहिरोले बगाएर लाने हो कि ? भयले आक्रान्त हुन्थ्यो । वर्षौदेखि दुमालिछाको जीवन यसरी नै बित्दै गयो । समयहरू फेरिँदै आयो ।