टोपलाल अर्याल
रेसुङ्गा (गुल्मी), असोज २९ गते । दुई मोटरसाइकल एक आपसमा ठक्कर खादा दुई जनाको मृत्यु भएको छ ।
अर्घाखाँची छत्रदेव गाउँपालिका–१ सौरेखोला स्थित खर्ज्याङबाट दुर्गाफाँटतर्फ जाँदै गरेको लु ३३ प ६५४४ नम्बरको मोटरसाइकल र गुल्मी छत्रकोट गाउँपालिका–६ दौघाबाट जाँदै गरेको मोटरसाइकल एक आपसमा ठक्कर खादा दुई मोटरसाइकलका चालकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीमा प्रहरी नायब उपरीक्षक गगा बहादुर सारुले जानकारी दिनुभयो ।
दुर्घटनामा अर्घाखाँची पाणेनी गाउँपालिमा–५ मैदान बस्ने वर्ष २१ को तारा बेलबासे र गुल्मी छत्रकोट गाउँपालिका–६ दौघा मोहोरे बस्ने वर्ष ३५ को सुमन सुनारको ज्यान गएको सारुले बताउनु भयो । सारुका अनुसार अर्घाखाँची पाणेनीकै मोटरसाइकलको पछाडि बसेकी वर्ष १८ को दिपा कोइराला र छत्रकोटका सुरज सुनारको टाउकोमा चोट लागेकाले अव्स्थामा गम्भीर रहेको छ । उनीहरुलाई थप उपचारकँ लागि लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा रिफर गरिएको छ ।