• ३० जेठ २०८२, शुक्रबार

सृष्टि ! एउटा गीत (कविता)

blog

सृष्टि !

एउटा गीत हो 

जीवन त्यसको गायक,


जगत् नै हो प्रकृति 

प्रकृतिमा मिठो लय हुन्छ 

जस्तै–

झरनाको कलकल आवाज 

चराचुरुङ्गीको चीँ चीँ चुँ चुँ आवाज

बतासको सिर्रसिर्र आवाज 

ती आवाजको मिश्रणबाट बनेको छ– धुन,


त्यही धुन हो सङ्गीत 

त्यही लय हो गीत 

त्यसैलाई गाउँछ गायक

सुन्छन्– विश्व श्रोताहरू 

र रम्छन् आनन्दले, 


सृष्टि !

एउटा गीत हो

जीवन त्यसको गायक !