बिहानीको उषाको आगमनसँगै सुन्दर अयोध्या नगरीका नारीहरू नगरनजिकको सार्वजनिक इनारमा तामाका जलघडामा जल भर्दै थिए । गहना र आभूषणले सजिएर जलघडा कम्मरमा लिई इनारतिर आइरहेकी सुकन्यालाई देखेर जल भर्दै गरेकी उनकी सखी माधवीले–
हैन सुकन्या ! सखारै इनारमा जल भर्न आउँदा पनि दुलही झैँ सिँगारिएर आउनु पर्छ र ?
हो भने सखी । मलाई पनि एकाबिहानै सजधज गर्न पटकै मन छैन । तर के गर्नु... ।तर के नि....?
मेरा खसम । बिनाशृङ्गार मलाई घरबाट बाहिर निस्कनै दिनु हुन्न...। अनि नगरी के गर्नु ? साँची ! तिम्रो बिहे भएको कति भयो रे ? भयो नि चार वर्ष पूरा भएर पाँच लाग्यो नि ।... किन सोधेकी नि ? सखी ।
खै किन भन्नु ? हाम्रा भने बर्सौं नि । तिम्रा भने... यतिका वर्षमा पनि एउटै नहुनु । अचमै छ । खै भगवानको लीला भन्छन् ।
तर सन्तान नहुनेहरू सुखी हुन्छन् रे । तिमी पनि कति सुखी छौ ? सधैँ सोह्रशृङ्गारमा हुन्छौ । तिम्रा खसमले तिमीलाई प्रेमपूर्वक राखेका छन् । मेरो त भाग्य नै छैन सुखी हुने ।
तिम्रो नजरमा म सुखी नै छु । तर सन्तान सुख जस्तो संसारमा अरू कुनै सुख हुँदैन । माधवी ! म कति दुःखी छु भनेर तिमीलाई के थाहा ? शिशुलाई काखमा लिई खेलाउन मलाई पनि रहर छ नि । छैन होला र ? (न्यास्रो मान्छे)
हाकिम कहाँ गई दबाइ सबाइ केही गरिनौ त ?
(लामो सुस्केरा हाल्दै) के गरेन भनेर सोधन बरु । म पनि हाम्रा... भो कसैले सुने भने हाम्रो जिब्रो काटिदेलान् । (यताउता हेर्छे, भन्न रोकिन्छे ।)
के हाम्रा... नि ?
यस्तैमा घोडाका टाप सुनिछ । ‘टकरक टकरक’ । अयोध्यापति राजा दशरथ प्रातकालीन नगर परिव्रmमाका लागि सारथिलाई रथ हाँक्न लगाई सवारी भइरहेको देखेर,
महाराज दशरथको जय ! महाराज दशरथको जय !!
नगरवासीहरू राजाको जय जयकार गरी शिर निहु¥याई अभिवादन टक््रयाउँछन् । यतिखेर नगरवासीहरूको चहलपहल निकै बढिसकेको थियो । सुकन्या र माधवी पनि इनारबाट जल लिई आफ्ना निवासतर्फ हिँड्दै थिए । महाराज दशरथको सवारी देखेर अप्रत्यासित रूपमा सुकन्या जलको घैला छेउमा बिसाई घैलाबाट अँजुलीभरी जल लिई महाराज दशरथतर्फ चढाउँदै भन्छे–
‘महाराज दशरथको जय ! महाराज ममा ठुलो अन्याय भो । न्याय पाऊँ ।’
महाराज दशरथ सुकन्याले चढाएको जलको चिसो अनुभूति गर्दै सारथिलाई रथ रोक्न सङ्केत गर्छन् । रथ रोकेपछि अलङ्कार वस्त्रले बिहानीको लाली जस्तै सजिएर जलको घैलासँगै उभिएकी सुकन्याका शिरदेखि पाउसम्म नजर गर्दै राजाबाट आज्ञा हुन्छ– ‘हे भद्रनारी ! तिमीलाई कसले अन्याय ग¥यो ? र के अन्याय भयो निसङ्कोच भन । म तिमीलाई न्याय दिलाउन प्रयास गर्ने छु ।
मेरो घृष्टताप्रति क्षमा हुने छ भनेर महाराजबाट वाचा होस् महाराज... !
मेरोतर्फबाट बाचा भो.... सुन्दरी ! (महाराज दशरथबाट तत्काल वाचा भएपछि सुकन्याबाट
निवेदन हुन्छ ।)
महाराज म सन्तान सुख प्राप्त गर्न चाहन्छु । तर....। (बिचमै बोल्न रोकिन्छे ।)
तर के....? सुन्दरी !
मेरा खसम यसका लागि सक्षम छैनन् । महाराज ! मलाई न्याय पाऊँ । महाराज दशरथलाई सुकन्याको यो माग सुनेर पहलमानको डन्ठाले शिरमा जोडले प्रहार गरेसरी शिरमा झन्झनाहट उत्पन्न भयो । थुचुक्क जमिनमा बसौँ जस्तो भयो । अनुहारमा चिट चिट पसिना बग्न थाल्यो । शरीर थर्थराउन थाल्यो ।
अयोध्याका नगरवासीहरू सुकन्याको फिराद सुनेर नारी पुरुष धेरैले कान थुने । कसैले ‘प्रातकालनमै के दुष्कर वाणी सुन्न प¥यो ।’ भन्दै धिकार्दैै थिए । एक जना अधबैँसे नारीले ‘कस्ती निर्लज नारी रहिछे ? महाराज समक्ष आफ्ना खसमको दुर्बलता सिकायत गर्ने हो । यस्ता नारी त समाजका लागि कलङ्क हो । यसलाई ल्याई दण्डित गर्नुपर्ने ।’ महाराज दशरथ आफ्ना मनोदशालाई सुस्तरी काबुमा लिई सुकन्यातिर नजर गर्दै आदेश हुन्छ–
हे नारी तिमी, आफ्ना खसमलाई परित्याग गर्न सक्छ्यौ, जसबाट सन्तान सुख प्राप्त हुन्छ, उनैसँग वैवाहिक सम्बन्ध राख्न तिमी स्वतन्त्र हुने छौँ ।
‘महाराज दशरथको जय होस् !’
महाराज दशरथद्वारा सुकन्यालाई दिइएको आदेशको समाचार अयोध्या नगरीमा जङ्गलमा लागेको आगोसरी फैलिन्छ । नगरवासीहरू आआफ्नै ढङ्गले प्र्रतिव्रिmया जनाउँछन् । कोही ‘अनर्थ भो’ भन्छन् । कोही महाराजको बुद्धिमत्तापूर्ण आदेश भएको भन्दै महाराजको प्रशंसा गर्छन् । कोही महाराज दशरथले आफ्ना रानीहरूलाई पनि यस्तै आदेश दिने त हैनन् भन्दै एकआपसमा प्रश्न गर्छन् ।
महाराज दशरथ प्रातकालीन नगरपरिव्रmमा अन्त्य गरी राजमहल पुग्दा मध्य दिन समीप आइपुगिरकेको थियो । भोग, प्यास र थकान पनि लागि सकेको थियो । भोग प्यासभन्दा पनि सुकन्याको कुराले खिल गाडेसरी मुटुमा पिडाको महसुस भइरहेको थियो ।
‘सावधान ! महाराज दशरथको आगमन हुँदै छ ।’ द्वारपालको सूचना पनि झिँजार लाग्छ । भोक, प्यास लाग्दा पनि महाराजलाई दिवाभोजमा रुचि जागेन । भोजनगृहमा कुन कुन रानीहरूको उपस्थिति थियो भन्ने हेक्कासम्म राख्न सक्षम भएनन् । भोजनपछि विश्रामगृहमा प्रवेश गरेर बिछ्यौनामा ढल्केर महाराजले नयनको ढकन बन्द मात्र गरेका थिए । ‘महाराज दशरथको जय !’
एक जना सेविकाको स्वरले महाराज दशरथ तन्द्राबाट ब्युँझिए झसङ्ग भए । नयन उघारी द्वारतर्फ नजर भयो । एक जना सेविका द्वारमा उभिरहेकी देखेर महाराजबाट आदेश हुन्छ–
भन, के भन्न आएकी... ।
रिसानी क्षमा होस् । महाराजको विश्राममा
दखल पु¥याएकोमा...।
निर्भीक भई भन, के कुरा हो ।
महारानी कैकेयी कोप भवनमा विराजमान हुनुहुन्छ, महारानीकै आज्ञाले जाहेरी गर्न आएकी छु ।
‘महारानी कैकेयी कोप भवनमा !?’ महाराजबाट सुस्त लवजमा उच्चारण गरी सेविकालाई बाहिर हत्केलाबाट इसारा हुन्छ । सेविका प्रस्थान गर्छिन्् । राजा दशरथका मुहारमा अनगन्ती आशङ्काका रेखाहरू कोरिँदै मेटिँदै गएका भाव उत्पन्न हुन्छ । अस्ताउँदै गएको दिन जस्तै मुहार अँध्यारिँदै जान्छ । उठेर यताउता टहलिन्छन् । गम्भीर सोचमा डुब्दै गएको हुन्छ । केही क्षण सोचमग्न भएपछि कोप भवनतर्फ महाराजले तीव्र गतिमा पाइला अगाडि बढाउँछन् । सावधान ! महाराज दशरथको आगमन हुँदै छ । (द्वारपाल सचेत गराउँछ ।)
द्वारपाल महाराजलाई झुकेर अभिवादन गर्दै कोप भवनको द्वार खोलिदिन्छन् । महाराज दशरथ महारानी कैकेयी भएको कक्षतिर अगाडि बढ्छ । कक्षमा महारानी कैकेयी– हीरा, मोती, स्वर्णका आभूषण र वस्त्र यत्रतत्र छरेर मुलायम गलैँचामाथि अर्धनग्न देह रेशम कपडाले ढाकेर घोप्टो परी लाललाल नयन बनाई, तिलक र गाजल मुहारभरि पोतेर, लामो लामो स्वास लिँदै कोप प्रदर्शित गर्दै हुन्छिन् । महाराज दशरथबाट यस्तो भयावह दृश्य नजर भएपछि भयभित र त्रसित लवजमा–
हा... प्रिय ! महारानीबाट यो के दुर्दशा प्रदर्शित हुँदै छ ? कोबाट उक्साहट भयो । महारानी कैकेयीबाट कोप प्रदर्शित गर्न ? कक्षमा उपस्थित दुई जना सेविकातर्फ नजर लगाउँदै महाराजबाट सवाल हुन्छ । सेविकाहरू मौन रही नजर भुइँमा लगाई झुक्छन् ।
प्रिय ! परित्याग होस् यो दुर्दशा...। हामीबाट कतै भुलचुक पो भयो कि आज्ञा होस् प्रिय !
महाराज दशरथको आदेश सुनेर, महारानी कैकेयी नयनका अश्रुलाई हत्केलाले पुछ््दै, घोप्टो परेकै अवस्थाबाटै व्यङ्ग्यात्मक लवजमा–
अयोध्यापति महाराज दशरथबाट आज सन्तान सुख प्रदान गर्न नसक्ने पतिलाई पत्नीले परित्याग गर्न सक्ने र समक्ष पुरुषसँग वैवाहिक सम्बन्ध राख्न सक्ने आदेश सुनेर हामी तीन वटी रानीहरू अति नै प्रफुल्लित छौँ । हामी पनि अयोध्यापति महाराज दशरथलाई परित्याग गरौँ ?
वश यति सानो कुरामा प्रिय आफूलाई यो दुर्दशा लिप्त बनायौँ ? महाराजको यो आदेशले कस्तो परिणाम आउँछ भन्ने महाराजमा हेक्का छ ?
छ । प्रिय । मैले समय र परिस्थितिलाई मनन गरेर नै आदेश दिएको हुँ । अनि हाम्रा महारानीहरूमा पनि कस्तो असर हुन्छ भनेर महसुस गरेको छु । प्रिय यस्तो दुर्दशाको सामना गर्नु पर्छ भन्ने अनुमानको दर्शन मलाई भइसकेको थियो । समाधानको उपाय पनि त महाराजबाट खोजिभैसक्यो होला नि ? (व्यङ्ग्यात्मक लवजमा मुस्कुराउँदै महारानी कैकेयीबाट आज्ञा हुन्छ ।)
अवश्य प्रिय ।... यस सम्बन्धमा गुरु वशिष्ठसँग गम्भीर परामर्श भइसकेको छ, प्रिय ! बस, महारानीबाट यस्तो भयङ्कर दुर्दशाको परित्याग हुनु प¥यो ।
महारानी कैकेयी केही क्षण विचार मग्न हुन्छिन् र आज्ञा हुन्छ ।‘महाराजबाट विश्राम कक्षमा मेरो प्रतीक्षा भए । यो दासी हाजिर हुने थिएँ ।’
अवश्य प्रिय !
महाराज दशरथ कोप भवनबाट विश्राम कक्षतर्फ प्रस्थान हुन्छ । केही समयपश्चात् महारानी कैकेयीको विश्राम कक्षमा प्रवेश हुन्छ । महाराज दशरथ अहिले पनि विश्राममा नै हुन्छ । महारानी कैकेयी आफ्नो उपस्थिति जनाउन नाडी जुधाउँदै चुरी बजाउछिन् । महाराज दशरथ चुरीको मिठो ध्वनिको श्रवणले सुस्तरी उठेर बस्छन् । यो देखेर महारानी कैकेयीबाट दशरथ समक्ष जिज्ञासा प्रकट हुन्छ । कुल गुरु वशिष्टबाट कस्तो परामर्श भयो महाराज ? मेरा कर्णहरू श्रवणका लागि आतुर छन्् !
चारै वेदका प्राज्ञ, कामशास्त्रमा निपुण, ऋषि शृङ्गमुनि हाम्रा सम्पूर्ण दुःख निवारणका हर्ताकर्ता उहाँ नै भएको गुरु वशिष्टबाट आज्ञा भएको छ, प्रिय ! बस, उहाँको कृपाका लागि भोलि सखारै उहाँको कुटीमा प्रस्थान गर्ने शेष रहेको छ ।
चारै वेदका प्राज्ञ ।... कामशास्त्रमा निपुण... ? (महारानी कैकेयी भुन्भुनाउँन छिन् ।)
द्विविधामा नपर प्रिय ! ऋषि शृङ्गमुनिसँग हामी पुत्रकामेष्टी यज्ञको याचना गर्ने र्छौं ।
पुत्रकामेष्टी यज्ञमा कामशास्त्रको के प्रयोजन हुन सक्छ ? महाराज ! पुत्रकामेष्टी यज्ञ, कामशास्त्रको विधिपूर्वक आयोजन गर्नुपर्ने गुरु वशिष्ठको आज्ञा छ । महारानी कैकेयी ! अब कुनै विलम्ब नगरी रानी कौशल्या र सुमित्रालाई पनि यस महायज्ञको जानकारीका साथै सम्पूर्ण तयारीका लागि मेरी प्रिय कैकेयीलाई जिम्मेवारी सुम्पिँदै छु । यसका साथै सप्ताहव्यापी यज्ञ अवधिभर ऋषि शृङ्गमुनि राजमहलको विशिष्ट अतिथि रहने हुँदा हाम्रा तीन वटै रानीहरू अतिथि सत्कारमा रहने तथा अतिथि सत्कारमा कुनै कमी कमजोरी नहोस् भन्ने हेक्का रहोस् । यो मेरो आदेश हुने छ ।
महारानी कैकेयी ! महाराज दशरथको आदेशमा असमाञ्जसमा पर्छन् । पुत्रकामेष्टी यज्ञमा कामशास्त्रको के भूमिका हुन्छ भन्ने ज्ञात हुनै सकेन तर मातृत्व सुख प्राप्त हुने कल्पनामा रोमाञ्चित भएकीले यसमा सोच्ने आवश्यकता सम्झेन । महारानी कौशल्या र सुमित्रालाई महाराजको आदेशको सूचना दिन जान विलम्ब नगर्ने विचारले महाराजको आदेश लिई विश्राम कक्षबाट प्रस्थान गरिन् । भोलिपल्ट राजमहलमा विशेष चहलपहल रह्यो । महाराज दशरथ ऋषि शृङ्गमुनि आश्रमबाट फिर्ती भएको थिएन । महामन्त्री सुमन्थ्रा नगरबाहिर महाराज दशरथ र ऋषि शृङ्गमुनिको स्वागत सत्कारका लागि प्रतीक्षारत थिए । प्रतीक्षाको घडी समाप्त भइसकेको थियो । महाराज दशरथ प्रफुल्ल मुद्रामा ऋषि शृङ्गमुनिलाई आफूसँगै रथमा विराजमान गराई राजमहलतर्फ आगमन हुँदै थियो । महाराज दशरथको नगरवासीहरूबाट जयजयकार हुँदैै थियो । महामन्त्रीबाट नगरको मुख्यद्वारमा महाराज दशरथ तथा ऋषि शृङ्गमुनिलाई भव्य स्वागत गरी नगर प्रवेश गराई लावालस्कर र बाजागाजासहित राजमहलतर्फ प्रस्थान गराइयो । यो दृश्य देखेर द्वारपाल उत्साहित हुँदैै–
महाराज दशरथ तथा महामुनि शृङ्गमुनिको आगमन हुँदै छ । सावधान ! सावधान !! (सबैलाई सचेत गराउँछ ।)
राजमहलको प्राङ्गणमा अति व्यग्र भई तीनै वटी महारानी कौशल्या, कैकेयी तथा सुमित्रा प्रतीक्षारत थिइन् । द्वारपालको यो उद्घोष सुनी तीनै महारानी अत्यन्तै उत्सकु भई द्वारतर्फ नजर लगाउँन छन् । महाराज दशरथ अत्यन्त उत्साहित देखिन्छ र मन्द मुस्कानसहित रथबाट ओर्ली शृङ्गमुनिलाई आफ्ना हत्केलाको सहारा दिई रथबाट ओर्लन सहायता गर्छन् । तीनै जना महारानी जलघडा, फूलमाला अबिर लिई द्वारमा आई खडा हुन्छन् । दशरथबाट नगरवासीहरूलाई सम्बोधन गर्दै आदेश भयो– ‘मेरा प्यारा नगरवासीहरू ! भोलि दिनबाट सूर्य उत्तरायण प्रवेश गर्ने अत्यन्तै शुभ र पावन दिन हो । नगरीवासीहरूलाई ज्ञात छ, हाम्रा शेषपछि अयोध्या राज्यको सुशासनसहितको दायित्व बहन गर्न सक्ने सक्षम उत्तराधिकारीको कमीको महसुस हामीबाट गरिँदै आएका हौँ । र नगरवासीका व्यग्र प्रतीक्षा र हाम्रो चाहना अनुरूप महारानीहरूबाट शीघ्र पुत्र लाभ होस् भन्ने हेतुले भोलिबाट सप्ताहव्यापी पुत्रकामेष्टी यज्ञको आयोजना हुने घोषणा गर्दछु ।
महाराज दशरथको जय !!! नगरवासीहरूको सामूहिक जयजयकारको स्वर गुञ्जायमान हुन्छ ।
ऋषि शृङ्गमुनिको स्वागत सत्कारपश्चात मध्यात्रको भोजनको आयोजना गरिन्छ तत्पश्चात् सबैजना विश्राम गर्न आआफ्ना विश्राम कक्षतिर प्रस्थान गर्छन् । ऋषि शृङ्गमुनिका निमित्त विशेष किसिमको विश्राम कक्षको व्यवस्था गरिएको थियो । महाराज दशरथ पनि विश्राम कक्षमा प्रवेश गरी बिछ्यौनामा ढल्केका मात्र थिए । तीनै वटी महारानीहरूको आकस्मिक प्रवेशले महाराज दशरथबाट आश्चर्य प्रकट हुन्छ ।
महारानीहरूको एकैसाथ प्रवेशले म आश्चर्यमा छु । कुनै सङ्कटको सङ्केत त हैन ? हैन,
महाराज ! कुनै सङ्कट छैन । निश्चिन्त रहन हाम्रो आग्रह छ,
महाराज ! तर...। (महारानी कौशल्याबाट ‘तर’ मा विराम प्रदान हुन्छ ।) तर... के ? महारानी कौशल्या ? (महाराजबाट आशङ्का व्यक्त हुन्छ ।)
महाराज आतिथ्य सत्कार र सेवाका लागि राजमहलमा एकसे एक योग्य सेविकाहरू छन् । ती सेवीकाहरूलाई सेवा गर्ने अवसरबाट विमुख गराई हामी तीनै दिदी बहिनीहरूलाई ऋषि शृङ्गमुनिको निमित्त आतिथ्य सत्कार लागि महाराजको आज्ञाले हामीबिच ठुलै अनर्थको आशङ्का उत्पन्न भएको छ, महाराज !
महारानी कौशल्याबाट संवादलाई पूर्णता प्रदान हुन्छ । महारानी कौशल्याको संवाद श्रवणपश्चात महाराज दशरथ बिछ्यौनाबाट उठेर उताउती टहलन आरम्भ गर्छन् । र केही समयपश्चात् विश्राम कक्षको सन्नाटालाई चिर्दै–
महारानी कौशल्या ! महाराज दशरथको आज्ञा वा आदेशभन्दा पनि अयोध्या राज्यको सिंहासनको लागि उत्तराधिकारी खोजी हो । हाम्रा पूर्वज यशस्वी रघुवंशी राजा महाराजाहरूको वंशले निरन्तरता प्राप्त गरोस् भन्ने अपेक्षा हो । यो मबाट सम्भव छैन भन्ने कुराको समयले हामीलाई जानकारी गराइ नै सकेको छ ।
महारानी कौशल्या गम्भीर हुिन्छन् । कैकेयी कामशास्त्र विधिपूर्वक गरिने पुत्रकामेष्टी यज्ञको प्रयोजनको अर्थ ज्ञात भए झैँ आनन्दित हुन्छन् । र सुमित्रा ज्ञात अज्ञातको मनस्थितिमा मौन रहन्छ । यसैबिच वातावरणलाई सकारात्मक दिशातर्फ मोड्न कैकेयी आफ्ना चञ्चल नयनले महाराज दशरथतर्फ नजर लगाउँदै आज्ञा हुन्छ–
महाराजको आकाङ्क्षा र आदेश हो भने ऋषि शृङ्गमुनिको आतिथ्य सत्कारमा पूर्णरूपमा समर्पित हुने हामी तीनै दिदीबहिनीहरू वचनबद्ध रहेको महाराजसमक्ष जानकारी गराउन चाहन्छौँै ।
हाम्रा महारानीहरूबाट सदा झैँ सहयोग र वचन प्राप्त भएकोमा म अत्यन्तै गौरवान्वित भएको महसुस भएको छ । धन्य धन्य हाम्रा महारानीहरू । अब विलम्ब नगरी आफ्ना कार्यमा लाग्ने आज्ञाको पालना होस् भन्ने चाहन्छु । भोलिपल्ट उषाको उदयसँगै गुरु वशिष्ठको अगुवाइमा ऋषि शृङ्गमुनिबाट कामशास्त्र विधिपूर्वक पुत्रकामेष्टी यज्ञको महाराज दशरथ, महारानीहरू कौशल्या, कैकेयी र सुमित्राको समुपस्थितिमा प्रारम्भ भयो । यज्ञ, महाराज दशरथको आज्ञानुरूप सप्ताव्यापी हुने भयो ।
साँझ सूर्यास्तपछि सन्ध्याकालीन आरतिसँगै पहिलो दिनको यज्ञलाई विराम दिइयो । प्रसाद ग्रहण र रात्रिकालीन भोजनपछि काजु, पेस्ता, अन्जिर, बदाम तथा अङ्गुर रस लिई ऋषि शृङ्गमुनि विराजमान अतिथि गृहमा तीनै जना महारानी अतिथि सत्कारमा उपस्थिति भए । यो व्रmम सप्ताव्यापी कायम राख्न र अतिथि सत्कारमा कुनै किसिमको कमीकमजोरी नहोस् भन्ने महाराजको आदेश रह्यो । यज्ञको अन्तिम दिन ऋषि शृङ्गमुनिले यज्ञको अग्नि कुण्डमा कामशास्त्र विधिनुरूप मन्त्रोच्चारण गरी ब्राह्मणलाई खिर बनाउन लगाई तीनै जना महारानीहरूलाई प्रसादको रूपमा ग्रहण गराई पुत्रकामेष्टी यज्ञको विधिपूर्वक समापन गरियो । यज्ञ समाप्तिसँगै महारानी कौशल्याबाट राम, कैकेयीबाट भरत तथा सुमित्राबाट लक्ष्मण र शत्रुघन जुम्ल्याह पुत्रहरूको लाभ भएको अवसरमा नगरवासीहरूबाट नाचगानसहित दीपावली गरी भव्य रूपमा खुसियाली सम्पन्न गरियो । मधुपर्क