‘आफ्नैविरुद्ध उभिएर पनि सिर्जना गर्नुपर्ने हुन्छ’
नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले कवि र गजलकारले आफ्नैविरुद्ध उभिएर पनि सिर्जना गर्ने गरेको बताउनुभयो ।
बेन्जो (प्रेम कथा)
गोरेटो उहीँ छ । अझै उस्तै, दुरुस्तै पनि । पूर्ववर्ती कालखण्डमा भन्दा झनै खुम्चिए झैँ लाग्छ त्यो गोरेटो । छेउछाउका मसिना बुट्यानहरू र अतिव्रmमणकारी झारले गोरेटोको परम्परागत स्वत्वमाथि धावा बोलिरहेको प्रतीत हुन्छ ।
जलेको अनुहार [कथा]
“ऊ आइ डढुवा”–पसलतिर आइरहेकी आशातर्फ इङ्गीत गर्यो पसलेले । उसले टाढैबाट सुनिहाली । एकाएक छाँगाबाट खसे झैँ भई । उसको मन चुक घोप्टिए झैँ अमिलिएर आयो । मैले कसको के बिगार गरेको छु र ? बिनाकारण नै अपहेलनाको सिकार भइरहेछु । उपहासको पात्र भइरहेछु । पलपल मुटु छेड्ने व्यङ्ग्य खप्न बाध्य भइरहेछु ? ऊभित्र भीषण कोलाहल मच्चिन थाल्यो, “हे ईश्वर ! यो सहरले मलाई किन यति बिध्न बैरी सोचिरहेछ ? यो सहरलाई किन मेरो सास पनि गन्हाइरहेछ ? मेरो अनुहार जल्यो त यसमा मेरो के दोष ?”
मानस रामायणको अनुशीलन
रामायण र रामकाव्य दक्षिण एसियाकै लोकप्रिय कथाका रूपमा आदिकालदेखि वर्तमानसम्म रहँदै आएको छ । रामकथामा असङ्ख्य प्रतिभाले कलम चलाएका छन् । दक्षिण एसियाकै सबैजसो लिखित साहित्य भएका भाषामा रामगाथा र कृष्णगाथाको कुनै न कुनै रूपमा प्रवेश भएको देखिन्छ । यी दुई पात्रका स्रोतग्रन्थ रामायण र महाभारत यस क्षेत्रका लागि मात्र होइन विश्वसाहित्यकै लागि उपजीव्य काव्य पनि हुन् । नेपालमा नेपाली, मैथिली, अवधी, भोजपुरी, नेवारी, थारूलगायतका अनेक भाषामा रामगाथाका सन्दर्भहरू सुललित स्वर र शैलीमा अभिव्यक्त भएको पाइन्छ ।
राम्री लाङ्दुक
लाङ्दुक, तिमी र म उस्तै उस्तै रूपमा ब्युँझियौँ सखारै । तिमी रातभरिको पानीले नुहाएर ताजा र जोसिली बनेकी थियौ । म अघिल्लो दिनको थकाइ तिमीलाई नै सुम्पेर हल्का र जाँगरिलो बनेको थिएँ । तिमी पानी र हिउँका भुत्लाहरूले शीतल बनेकी थियौ, म अघिल्लो साँझ भिजेका कपडाहरू पहिरेर लुगलुग काम्दै थिएँ । तिमीसँगै म उठ्दा हामी दुवैलाई उमङ्गित पारेथ्यो अपी, शैपाल र अरू धेरै हिमालका हँसिलो मुहार र त्यतैबाट आएका मगमगाउँदो हावाका झोक्काहरूले । अझ दक्षिणपूर्वकी मारुगोर हिमाल त मुसुमुुसु मुम्कुराइरहिन् हामीलाई देखेर । ‘लु...हाउ...हि...छुम्’ त्यस्तै त्यस्तै आवाज आइरहेछ छिरिङ दाइको घरमुन्तिरको बाटोबाट ।
चर्चामा ‘झोडा’
तराईलाई औलोले त्यतिबेला गाँजेको थियो । जङ्गलै जङ्गलले ढाकिएको तराईमा वन्यजन्तुको बिगबिगी नै थियो । चुरेका फेदी र तराईतिर पुस्तौँदेखि बसोबास गर्दै आएका आदिवासी जनजातिले मात्रै तराईमा सब खालका त्राही पचाएका थिए । २००७ सालको क्रान्तिले जहानिया राणा शासनको अन्त्य भयो । तथापि परिवर्तनले मुलुकमा राजनीतिक स्थिरता दिन सकेन । जननिर्वाचित सरकारलाई राजा महेन्द्रले २०१७ सालमा अपदस्थ गरिदिए । २००७ सालको क्रान्तिमा होमिएका भूपू सैनिक राजनीतिक रूपमा तितरबितर बन्न पुगे । भूमिसुधार ऐन, २०२१ लागु भएसँगै सुदूरपूर्वमा लिम्बूहरूको राजनीतिक स्वामित्वको भूमि अधिकार किपट खारेजीमा प¥यो । पञ्चायतविरुद्ध भूपू सैनिक नलागून् र किपट खारेजीविरुद्ध जनमत नभड्कियोस् भनेर त
नेपालमा हिपहपको आकर्षण बढ्दै
पाश्चात्य नृत्यको एक विधा हिपहपले नेपाली युवा पुस्तालाई आकर्षित गरिरहेको छ । केही दिनअघि काठमाडौँमा सम्पन्न हिपहप मेलामा युवा पुस्ताको सहभागिताले पनि यो नृत्य अब नेपालमा अझ मौलाउने सङ्केत गरेको छ । हिपहप संस्कृतिलाई सामाजिक परिवर्तन र अभिव्यक्तिको साध्यका रूपमा मनाउँदै काठमाडौँमा हिपहप मेलाको आयोजना गरिएको हो ।
राष्ट्रिय बाल नाटक मेला सुरु
राष्ट्रिय बाल नाटक मेला–२०८० शुक्रबार सुरु भएको छ । नाट्यकर्मी महासङ्घ नेपालको आयोजनामा बालबालिकामा अन्तरनिहित प्रतिभा प्रस्फुटन तथा विकास गराउने उद्देश्यसहित उक्त मेला फागुन २७ गतेसम्म सञ्चालन हुने भएको हो । मुलुकभर खुला आह्वान गरी विद्यालयस्तरका बालबालिकाले उपलब्ध गराएका नाटकमध्ये उत्कृष्ट नाटक छनोट गरी अन्तिम चरणका नाटक मञ्चन गरिएको महासङ्घका अध्यक्ष राजेन्द्र रिमालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामीले देशभर विद्यालयमा खुला आह्वान गरी नाटक माग गरेका हौँ । उपलब्ध नाटकमध्ये उत्कृष्ट ११ नाटक अन्तिमका लागि छनोट गरेका छौँ ।”
ऐतिहासिक पात्रमाथिको आख्यान ‘बहादुर शाह’
नेपालयले नयाँ पुस्तक ‘बहादुर शाह’ प्रकाशन गरेको छ । लामो समय राजनीतिक जीवन बिताइरहनुभएका राजनीतिज्ञ चिरञ्जीवी वाग्लेले लेख्नुभएको पुस्तकले ऐतिहासिक आख्यान विधालाई निरन्तरता दिएको छ । नेपालको इतिहास पढ्दै आएका पाठकका निम्ति ‘बहादुर शाह’ साहसिक र स्वप्नद्रष्टा पात्र हुनुहुन्छ । योग्य पिताका सुयोग्य पुत्र अथवा अभागी राजकुमारका रूपमा पनि इतिहासमा उनको उल्लेख गरिएको छ ।