गोरखापत्र समाचारदाता
काठमाडौँ, चैत २४ गते । डा. गोविन्द बोल श्रेष्ठको नेपाल भाषा र अङ्ग्रेजी भाषाको पुस्तक ‘नेवाल व नेपाल’ सार्वजनिक भएको छ । उक्त पुस्तक एक कार्यक्रमबिच नेपाल भाषा एकेडेमीका संरक्षक यज्ञरत्न धाख्वाः ले सार्वजनिक गर्नुभएको हो । कार्यक्रममा धाख्वाः ले नेवार र नेपालको भूगोल संस्कृति अध्ययन अनुसन्धान गरी तयार गरेको प्राज्ञिक दस्ताबेज एक महत्वपूर्ण कृति भएको बताउनुभयो । कृतिकार श्रेष्ठलाई चान्सलरद्वय धाख्वाः र मल्लले नेवारी परम्परा अनुसार सामूहिक रूपमा बेतालीद्वारा सम्मान गर्नुभएको थियो ।