‘देशभक्त राजनेता कीर्तिनिधि विष्ट’ नामक ग्रन्थ सार्वजनिक
पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्टको योगदानप्रति आदर, श्रद्धा र सम्मान प्रकट गर्न ‘देशभक्त राजनेता कीर्तिनिधि विष्ट’ नामक ग्रन्थ प्रकाशन गरिएको छ ।
‘घामका फूलहरू’ विमोचन
मकवानपुरका अग्रज साहित्यकार, गीतकार, गजलकार तुलसी घिमिरेद्वारा लिखित घामका फूलहरू (गजल सङ्ग्रह) शनिबार हेटौँडामा सार्वजनिक गरिएको छ।
मैथिली रङ्गमञ्च
नेपालमा मैथिली नाटकको इतिहास र परम्परालाई निकै समृद्ध मानिन्छ । सांस्कृतिक रङ्गमञ्च परम्परा तथा लोकनाट्य मात्र होइन, नाटकको लिखित परम्परामा पनि निकै अगाडि देखिन्छ ।
कथाकेन्द्रित ध्रुव सापकोटा (पात्र)
कथा लेख्न बसेको छु । एउटै पात्रमा केन्द्रित बनेर । त्यसो त कथा अघि बढ्दै जाँदा अरू सहायक पात्र पनि आउलान्, ती पात्र मेरा पात्रसँगै जोडिएकाले सन्दर्भवश आएका मात्र हुन् । केन्द्रीय पात्र
निर्णय (निबन्ध)
म र मेरा श्रीमान् अभयबिच दाम्पत्य सम्बन्ध स्थापित भएको ठ्याक्कै १० वर्ष भयो । हाम्री छोरी नूतन सात र छोरो नरेन्द्र पाँच वर्षमा हिँड्दै छन् । दिदीभाइ घरनजिकैको एक अङ्ग्र्रेजी स्कु
‘पुंसवन’ को फरक आयाम
भनिन्छ, साहित्य समाजको ऐना हो । समकालीन समाजमा भइरहेको यावत् चर्यालाई सिर्जनाले फुलाउँछ, फलाउँछ तर साहित्य त्यति मात्र होइन रहेछ । साहित्यमा प्राच्यदेखि सुदूर भवि
तिमी कसरी प्रजातन्त्रवादी ? (कविता)
तानाशाहीको बिउ मलिलो माटोमा रोप्छौ, चाकरीको मल र दासताको जल दिँदै हुर्काउँछौ विषवृक्षलाई
ठालु (निबन्ध)
ठालु भन्नेबित्तिकै भारवाहकको परिकल्पना हुन्छ । शिवले शिरमा गङ्गा धारण गरेर गङ्गाधारी, घाँटीमा कालकुट विष धारण गरेर नीलकण्ठ नाम पाएको पौराणिक कथा हामीले पढे सुनेकै हो । कठिन एवं गम्भीर भार जसले वहन गर्न सक्छ त्यही नै ठालुको गणनामा आउने हो । सबैको हितमा लाग्ने असल नै ठालु हो । ठालुले एउटा विम्बको प्रतिनिधित्व गर्दछ भन्ने मेरो बुझाइ हो ।
महान् वैज्ञानिक अल्फ्रेड नोबेल
संसारमा विलक्षण प्रतिभा दुर्लभ हुन्छ, जसले जस्तो धन, सम्पत्ति र वैभव मानवताका लागि समर्पित गर्दछन् । वैज्ञानिक कुनै एक देशको हँुदैन । वैज्ञानिकले आफ्नो जीवन सत्यको खोजीमा
ज्ञानदाता गुरु
गुरु ब्रह्मा, गुरु विष्णु, गुरु देवो महेश्वरः गुरु साक्षात परब्रह्मा तस्मै श्री गुरुवे नम : ।। गुरु ब्रह्मा हुन्, गुरु वि
माबोको डोलीभर्ना सार्वजनिक
साहित्यकार डा. चित्रकुमार माबोको कथा सङ्ग्रह डोलीभर्ना सार्वजनिक भएको छ। डा. माबोको कथा सङ्ग्रह डोलीभर्नाको काठमाडौं, कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा शुक्रबार आयोजित कार्यक्रमकाबिच सार्वजनिक गरिएको हो।
प्रधानमन्त्री ओलीद्वारा छिन्नलता पुरस्कार प्रदान
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भाषा, साहित्य र कलाको क्षेत्रमा योगदान गर्नुभएका विभिन्न व्यक्तिलाई छिन्नलता पुरस्कार प्रदान गर्नुभएको छ ।
‘प्रवासीको देश हुन्न’ माथि अन्तर्क्रिया
प्रवासमा बसेर साहित्यमा कलम चलाइ रहेका आख्यानकार पञ्चम अधिकारीको नवीनतम कथासङ्ग्रह ‘प्रवासीको देश हुन्न’ हालै बजारमा आएको कृति हो । सम्पूर्ण किताब नारायणगढले चितवनका पाठकहरू माझ ‘प्रवासीको देश हुन्न’माथि अन्तरक्रिया गराएको छ ।
‘लोकसंस्कृतिले राष्ट्रिय एकता सुदृढ बनाउने’
राष्ट्रपति रामचन्द्र पौडेलले लोकसंस्कृति र साहित्यिक क्षेत्रले राष्ट्रिय एकता र सामाजिक सद्भावलाई सुदृढ तुल्याउन योगदान दिएको बताउनुभएको छ ।
रामेश्वर चापागाईँको स्मृतिग्रन्थ प्रकाशित
नेपाली भाषा साहित्यको क्षेत्रमा उल्लेख्य काम गर्नुभएका स्व. रामेश्वर चापागाईँको स्मृतिमा एक ग्रन्थ प्रकाशनमा आएको छ ।
लोक-संस्कृतिले राष्ट्रिय एकतालाई सुदृढ बनाएको छ : राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले लोक-संस्कृति र साहित्यिक जगतले हाम्रो राष्ट्रिय एकता र सामाजिक सद्भावलाई सुदृढ तुल्याउन योगदान दिएको बताउनुभएको छ।
राष्ट्रसङ्घ मुख्यालयमा मिथिला कला
संयुक्त राष्ट्रसङ्घको मुख्यालय न्युयोर्कमा नेपाली मिथिला चित्रकला प्रदर्शनी भइरहेको छ । असार २४ गते सोमबारदेखि सुरु भएको सो प्रदर्शनी साउन २ गते बुधबारसम्म सञ्चालन हुने जनाइएको छ ।
सम्पादकहरू सर होइनन्
लोकगीतको एउटा बोल छ– अल्लि यता सर न रेशम चौतारीको वरपिपल झैँ बसौँ
फराकिलो हुँदै महिला लेखन
साहित्यका विभिन्न विधामा पछिल्लो समय महिलाको भूमिका र योगदान प्रशंसनीय बन्दै गइरहेको छ । समयव्रmमसँगै प्राप्त हुने चेतनाको इन्द्रेणी झिल्को महिला लेखनमा पनि परेको महसुस प्रशस्त गर्न सकिन्छ । हिजोस
भानु जयन्तीको विशेष कार्यक्रम सम्पन्न : नोवलकिशोर राई र माया ठकुरीको रथारोहण
काठमाडौँ, असार २९ गते। शनिबार देश विदेशका विभिन्न ठाउँमा २११ औँ भानुजयन्ती भव्यताका साथ मनाइएको छ। भानुभक्त आचार्य सम्बन्धी आधिकारिक संस्था भानु प्रतिष्ठानले २०११ सालदेखि भानुसम्बन्धी विविध गतिविधि र २०३३ सालदेखि राजधानीमा प्रभातफेरिसहित भानुजयन्ती मनाउँदै आएको छ। यस प्रतिष्ठानले शनिबार काठमाडौँमा दुई स्रष्टा नोवलकिशोर राई र माया ठकुरीलाई रथारोहण सहित अभिनन्दन गर्नका साथै नेपाल प्रज्ञा प्रतिष्ठानको सहकार्यमा प्रभातफेरि र श्रद्धाञ्जली सभाको आयोजना गरेको हो।समारोहका प्रमुख अतिथि सभामुख देवराज घिमिरेले नेपाली साहित्यको महत्त्वलाई दर्शाउँदै साहित्यलाई अगाडि बढाउँदै गर्दा त्यसले राष्ट्रलाई अगाडि बढाउने विश्वास व्यक्त गर्नुभयो। उहाँले कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेपाल जस्तो विभिन्न जातजातिको बसोबास भएको तथा बहुल संस्कार संस्कृति रहेको मुलुकमा भाषाले अझ बढी महत्त्व राख्ने बताउनुभयो। सभामुख घिमिरेले भानुभक्तले गरेका योगदानलाई समाजमा ल्याउनुका साथै समाजको विकासलाई साहित्यको क्षेत्रबाट अगाडि लैजाने, भाषालाई विकास गर्ने र भाषाको माध्यमबाट विश्वव्यापी रूपबाट राष्ट्रलाई चिनाउनुपर्ने बताउनुभयो। ‘‘नेपाल एकीकरण गर्ने सन्दर्भमा तत्कालीन राजा पृथ्वीनारायण शाहले जसरी राष्ट्रलाई भौगोलिक रूपबाट एक ठाउँमा ल्याएर विशाल राष्ट्र बनाउने र नेपालीलाई अगाडि बढाउने कुरा एउटा ऐतिहासिक महत्त्व कायम गर्नुभयो, त्यो आन्दोलनलाई अगाडि बढाउँदै गर्दा वीर रसका धेरै कविता लेखिने गरेको इतिहास छ’, घिमिरेले भन्नुभयो। सोही अवसरमा प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले प्रज्ञा–प्रतिष्ठानले सबै भाषा सबै ज्ञान: सबैको प्रज्ञा प्रतिष्ठान भन्ने मूल मन्त्रअनुसार प्रतिष्ठानलाई साझा थलो बनाउने जमर्को गरिरहेको बताउनुभयो। प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले नेपाल प्रज्ञा प्रतिष्ठानले दशकौँदेखि भानु प्रतिष्ठानसँग सहकार्य गर्दै आएको र सोहीको निरन्तरताका रूपमा २११ औँ भानु जयन्ती समारोह मनाइएको बताउनुभयो। भानु प्रतिष्ठानका तर्फबाट डा. रमेश शुभेच्छुकले भानु प्रतिष्ठानको इतिहास र गरेका कामको जानकारी दिनुभयो। शुभेच्छुले नेपालका सातै प्रदेशका राजधानीमा प्रतिष्ठानका प्रदेश समन्वय समितिले पनि यस्ता कार्यक्रम गरिरहेको जानकारी दिनुभयो। उहाँले भानुभक्तका नाममा राजधानीमा संग्रहालय हुनु आवश्यक रहेको जिकिर गर्नुभयो। शुभेच्छुले अगाडि सारेको कार्य योजनामा एक लाख एक रुपियाँ सहयोग गर्ने साहित्यकार प्रा.डा. नोवलकिशोर राईले बताउनुभयो। राईले भानु प्रतिष्ठानले आफूलाई सम्मान गरेर भानुभक्तप्रतिको श्रद्धाका साथै नेपाली भाषाका लागि थप काम गर्ने अभिप्रेरणा जागृत भएको बताउनुभयो। त्यस्तै सम्मानित प्रतिभा साहित्यकार माया ठकुरीले सम्मानित भएकामा खुसी व्यक्त गर्दै यो नेपाली नारीहरूको पनि सम्मान भएको बताउनुभयो। सो समारोहमा डा. राई र ठकुरीलाई रथारोहण गराई नगर परिक्रमा गराउनका साथै अभिनन्दन पत्र प्रदान गरिएको थियो। समारोहमा भानु प्रतिष्ठानका तर्फबाट २१० औँ भानुजयन्तीका सन्दर्भमा गतवर्ष उत्कृष्ट झाँकीसहित सहभागी विद्यालयमध्ये प्रथम हुने सूर्योदय सेकेन्डरी स्कुल, द्वितीय क्याम्ब्रिज पब्लिक स्कुल, तृतीय हुने ग्लोबल स्कुल एन्ड कलेजका साथै प्रोत्साहन स्थानमा अन्नपूर्ण मा.वि र कान्तिभैरव गुरुकुललाई पुरस्कृत गरियो। प्रमुख अतिथिले विद्यालयका प्रतिनिधिलाई पुरस्कारको प्रमाणपत्र प्रदान गर्नुभयो। यस वर्ष विभिन्न २० विद्यालय र्यालीमा सहभागी थिए। र्यालीमा सहभागीमध्ये प्रथम स्थानमा अन्नपूर्ण मा.वि, द्वितीय हुने सूर्योदय मा.वि, तृतीय कान्ती भैरव गुरुकुल, चतुर्थ ग्लोबल पब्लिक स्कुल र ज्ञानदीप शिक्षा सदन भएको जानकारी प्रतिष्ठानका उपाध्यक्ष ऋषभ घिमिरेले गराउनुभयो। भानु जयन्तीको अवसरमा प्रतिष्ठानले सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रम गर्दै आएको छ। आगामी श्रावण ६ गतेसम्म प्रतिष्ठानका विभिन्न कार्यक्रम योजनामा रहेका छन्।
साहित्य साँझमा भानुभक्तको चर्चा
स्याङ्जामा साहित्य साँझ सम्पन्न भएको छ।२११ औं भानुजयन्तीको अवसरमा शुक्रबार राति वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान २०७६ ले साहित्य साँझ कार्यक्रम गरेको हो।
हेटौँडामा मनाइयो भानुजयन्ती
भानु प्रतिष्ठान नेपाल, बागमती प्रदेश समितिको आयोजनामा बागमती प्रदेशको राजधानी हेटौँडामा शनिबार प्रभातफेरी तथा रचना वाचन गरी आदिकवि भानुभक्त आचार्यको २११ औँ जन्मजयन्ती मनाइएको छ।
घोराहीमा भानु जयन्ती मनाइयो
दाङमा साहित्यकारले आदिकवि भानुभक्त आचार्यको तस्बिरमा माल्यार्पण गरेर २११ औँ जयन्ती मनाएका छन्।नेपाली साहित्य, भाषामा खेल्नुभएको भूमिका स्मरण गर्दै घोराही उपमहानगरपालिका-१५ भानु चोकमा रहेको आदिकवि आचार्यले तस्बिरमा टीका, माला अर्पण गरेर मनाएका हुन् ।
नेपालगन्जमा भानुजयन्ती मनाइयो
राष्ट्रिय विभूति एवं आदिकवि भानुभक्त आचार्यको २११ औँ जन्मजयन्तीको अवसरमा नेपालगन्जमा शनिबार विभिन्न कार्यक्रमको आयोजना गरेर जन्मजयन्ती मनाइएको छ ।