पेट्रोलियमको मूल्य घट्दा आयल निगमलाई राहत
नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसन (आइओसी) लाई तेल खरिद गरेबापतको बक्यौता २४ अर्ब रकम चुक्ता गरेको छ । रुस–युक्रेनको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तीव्र दरले वृद्धि हुन थालेपछि निगम पुस २०७७ देखि नोक्सानीमा जान थालेको थियो। अहिले दुई वर्षको बक्यौता रकम निगमले एक वर्षमै चुक्ता गरेको हो। निगमले अन्तर्राष्ट्रिय बजारमा घटेको दरमा नेपाली बजारमा मूल्य नघटाएर चर्को नाफा राखेको थियो। कच्चा तेलको मूल्य घटे पनि ‘तेल किन्दा लागेको ऋण तेल बेचेरै तिर्ने’ भन्दै निगमले बक्यौता र ऋण तिर्न उच्च नाफा राखेर उपभोक्ता मूल्य भने न्यून मात्र घटाएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा अलैँचीको माग उच्च
मुलुकबाट अधिकांश स्वदेशी वस्तुको कुल निर्यात घटिरहेका बेला अलैँचीको निर्यात भने ६९ प्रतिशतले बढेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको ११ महिनामा (साउन–जेठ) सम्म अलैँची निर्यात ६९ प्रतिशतले बढेर सात अर्ब ७० करोड २१ लाख ८६ हजार रुपियाँ बराबरको ९३ लाख ८६ हजार ५६९ केजी निर्यात भएको छ ।
विदेशी अनलाइनबाट खरिदको बाटो खुल्दै
अमेजन, इबे, अलिबाबा, वालमार्ट जस्ता चर्चित इकमर्स सेवाप्रदायकबाट पनि वस्तु खरिद गर्न सकिने प्रस्ताव अघि सारिएको छ । सरकारले राष्ट्रिय सभामा दर्ता गराएको विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा यस किसिमको प्रस्ताव गरिएको हो । विधेयकको दफा ११ मा ‘प्रचलित सङ्घीय कानुनको अधीनमा रही कुनै व्यक्ति, फर्म, कम्पनी वा संस्थाले विद्युतीय व्यापार गर्ने विदेशस्थित कुनै व्यक्ति, फर्म, कम्पनी वा संस्थाबाट कुनै वस्तु वा सेवा खरिद गरी आयात गर्न सक्ने उल्लेख छ ।
चिया बगानका रुखमा प्रयोग गरिने पहेँलो स्टिकर हटाउने तयारी
मेचीनगर नगरपालिकाले चिया बगानका रुखमा प्रयोग गरिएका पहेँलो सङ्केत (स्टिकर)लाई हटाउने भएको छ ।
वायुसेवा निगमले मनायो ६५औँ वार्षिकोत्सव
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले ६५औँ वार्षिकोत्सव मनाएको छ । दिवसका अवसरमा नयाँ सडकस्थित निगमको केन्द्रीय कार्यालयमा आज (शनिबार) वैदिक विधिअनुसार आकाश भैरवको पूजा आराधना गरिनुका साथै प्रभातफेरी आयोजना गरिएको छ ।
दबाबरहित लेखापरीक्षणमा जोड
सार्वजनिक निकायहरूको लेखापरीक्षणको विश्वसनीयता कायम गर्न महालेखा परीक्षकले गर्ने कार्यलाई दबाबरहित बनाउँदै लैजानु आवश्यक रहेको सरोकारवालाहरूले उल्लेख गरेका छन्। महालेखा परीक्षकको कार्यालयको ६५ औँ वार्षिकोत्सवका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा लेखापरीक्षणको नतिजालाई वास्तविक बनाउन पनि दबाबमुक्त वातावरण आवश्यक रहेको सरोकारवालाको भनाइ थियो।
व्यापारमा सुधारका लागि एडिबीको छ अर्ब ऋण
नेपालको आन्तरिक तथा अन्तर्राष्ट्रिय व्यापारमा सुधार ल्याउने नीति कार्यान्वयनका लागि एसियाली विकास बैङ्क (एडिबी)ले उपलब्ध गराउने करिब साढे छ अर्ब रुपियाँ (पाँच करोड डलर) ऋण स्वीकृत भएको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै एडिबीले उक्त ऋण स्वीकृत भएको जनाएको हो ।
बजेटको कार्यान्वयनमा ध्यान दिन परिसङ्घको आग्रह
नेपाल उद्योग परिसङ्घले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट कार्यान्वयनमा सुरुदेखि नै चनाखो बन्न सरकारलाई आग्रह गरेको छ । परिसङ्घ नवनिर्वाचित पदाधिकारीले बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग मुलुकको अर्थतन्त्रका विषयमा गरेको छलफलमा यस्तो पदाधिकारीले यस्तो आग्रह गरेका हुन् ।
राष्ट्रिय दुग्ध विकास बोर्डको विषयमा थप छलफल हुने
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय दुग्ध विकास बोर्ड खारेजका सम्बन्धमा आफू जानकार रहेको र त्यस सम्बन्धमा थप छलफल भइरहेको बताउनुभएको छ । आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्तुत गरिएको बजेटमार्फत नै बोर्ड खारेज भएको घोषणा गरिएको थियो । यसरी खारेज भएको घोषणा गरेपछि सरोकारवालाले प्रधानमन्त्री प्रचण्डलाई ध्यानाकर्षण गराउन गएका बेला प्रधानमन्त्री प्रचण्डले कुरा बताउनुभएको हो ।