• १३ साउन २०८१, आइतबार

साल्ट ट्रेडिङको अध्यक्षमा श्रेष्ठ

blog

काठमाडौँ, चैत २९ गते । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको अध्यक्षमा प्रदीपलाल श्रेष्ठ चयन हुनुभएको छ । कर्पोरेसनको सञ्चालन समितिको बोर्ड बैठकले अध्यक्ष पदमा उहाँलाई चयन गरेको हो । 

नवनियुक्त श्रेष्ठ विगत आठ वर्षदेखि कर्पोरेसनको सञ्चालकका रूपमा कार्यरत हुनुहुन्थ्यो । उहाँले मोरङ सुगर मिल लिमिटेडको सञ्चालक समितिको अध्यक्षका रूपमा काम गर्दै आउनुभएको छ ।