• १३ साउन २०८१, आइतबार

‘पोखराबाट अन्तर्राष्ट्रिय उडान छिट्टै होस्’

blog

सन्तोष सुवेदी

कास्की, चैत २९ गते । पोखराका उद्योगी, व्यवसायीले पोखराबाट अन्तर्राष्ट्रिय उडान छिट्टै सुरु गर्न माग गरेका छन् । व्यवसायीको एक टोलीले काठमाडौँ पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटेर १५ बुँदे माग राखेका छन् । 

पोखरा पर्यटन परिषद्को नेतृत्वमा पोखराबाट अन्तर्राष्ट्रिय उडान थाल्नुपर्ने, पोखराको रत्न मन्दिर, हिमा गृहजस्ता सम्पदा खुला गर्नुपर्ने, बैङ्कको ब्याजदर एकल अङ्कमा झार्नुपर्ने, कर्जा पुनर्तालिकीकरण गर्नुपर्नेलगायतका माग राखेका हुन् । सिंहदरबारमा प्रधानमन्त्रीसँगको भेटमा पोखरेली व्यवसायीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नाम मात्रैको नबनाउन आग्रह गरे । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल प्रधानमन्त्री प्रचण्डले नै जनवरी १ मा उद्घाटन गर्नुभएको थियो ।

“पोखरा विमानस्थल अहिले नाम अन्तर्राष्ट्रिय तर उडान सो अनुसार भएको छैन” पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभयो, “भारत, चीन, बङ्गलादेशलगायत देशमा तत्काल उडान थाल्न नीतिगत पहल गरिदिनुप¥यो ।”