तनहुँका नौ पालिकाको बजेट सात अर्ब ३८ करोड
तनहुँका १० मध्ये नौ वटा स्थानीय सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि बजेट सार्वजनिक गरेका छन् । ती पालिकाले करिब सात अर्ब ३८ करोडको अनुमानित आयव्यय सार्वजनिक गरेका छन् । सबैभन्दा धेरै बजेट व्यास नगरपालिकाको रहेको छ भने सबैभन्दा देवघाट रहेको छ ।
स्याङ्जाका ११ पालिकाले ल्याए साढे सात अर्बको बजेट
११ गाउँपालिका रहेको स्याङ्जाकामा सात अर्ब ५९ करोड ९६ लाख २५ हजार चार सय रुपियाँ बराबरको बजेट ल्याएका छन् ।
मुगुका दुई स्थानीय तहको बजेट सार्वजनिक
जिल्लाका चारवटा स्थानीय तहमध्ये दुई वटाले मात्र आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक गरेको छ । जिल्लाको पश्चिमी भेगमा पर्ने सोरु गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ का लागि ५३ करोड ५१ लाख दुई हजार ९६ रुपियाँ प्रस्ताव गरिएको छ ।
प्युठानका आठ पालिकाले ल्याए बजेट, एउटाको स्थगित
प्युठानका ९ वटा स्थानीय तहमध्ये ८ वटा पालिकाले सोमबारसम्म आगामी वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गरेका छन् भने एक वटा पालिकाको भने गाउँसभा स्थगित भएको छ ।
गुल्मीका स्थानीय तहको बजेट छ अर्बभन्दा बढी
गुल्मीका स्थानीय तहले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि छ अर्बभन्दा बढीको बजेट सार्वजनिक गरेका छन् । दुई नगरपालिका र १० गाउँपालिका गरी १२ स्थानीय तहले सोमबार एकै दिन छ अर्ब ७२ करोड ५४ लाख ५७ हजार ६८२ रुपियाँ बराबरको अनुमानित बजेट सार्वजनिक गरेका हुन् ।
शिवसताक्षी नगरपालिकाको बजेट ९६ करोड २६ लाख
शिवसताक्षी नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागि ९६ करोड, २६ लाख ८५ हजार ७३५ हजारको बजेट सार्वजनिक गरेको छ ।
बर्दिबास नगरपालिकाको बजेट एक अर्ब १२ करोड
बर्दिबास नगरपालिकाले आर्थिक वर्ष ०८१/८२ का लागि एएवम् अर्ब १२ करोड बजेट सार्वजनिक गरेको छ । बर्दिबासमा सोमबार आयोजित १४ औँ नगर सभामा उपप्रमुख तारादेवी महतोले एक अर्ब १२ करोड ९५ लाख रुपियाँका अनुमानित बजेट प्रस्तुत गर्नुभएको हो ।
घोडाघोडीको बजेट ९७ करोड ४४ लाख ८७ हजार
कैलालीको घोडाघोडी नगरपालिकाको १९औँ नगर सभा तथा बजेट अधिवेशन सोमबारबाट सुरु भएको छ । सभामा आर्थिक वर्ष २०८१/०८२को नीति कार्यक्रम तथा बजेट सार्वजनिक गरिएको छ ।
बजेटको प्राथमिकतामा कृषि र सडक सञ्जाल
मोरङको ग्रामीण क्षेत्रका पालिकाहरूले कृषि र सडकलाई प्राथमिकतामा राखेर बजेट ल्याएका छन् ।
गुल्मीदरबार गाउँपालिकाको बजेट झण्डै ४६ करोड
गुल्मीदबार गाउँ पालिकाले झण्डै ४६ करोडको बजेट ल्याएको छ । आर्थिक वर्ष २०८१/०८२ का लागि कुल ४५ करोड ९३ लाख आठ हजार बजेट गाउँपालिकाका उपाध्यक्ष तारा थापा ढेगाले प्रस्तुत गर्नु भएको हो ।
नेपालगन्ज उपमहानगरको बजेट घट्दो क्रममा
पश्चिम नेपालको प्रमुख केन्द्र मानिने नेपालगन्ज उपमहानगरपालिकाको बजेट गत तीन वर्षदेखि घट्दो क्रममा रहेको छ । आर्थिक वर्ष २०७९/०८० मा नेपालगन्जको बजेट दुई अर्ब चार करोड ९८ लाख पारित गरिएको थियो भने आर्थिक वर्ष २०८०/०८१ मा एक अर्ब ८५ करोड ३४ लाख पारित गरिएको थियो ।
भरतपुरको बजेट साढे छ अर्ब
भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ का लागि साढे छ अर्ब रुपियाँको अनुमानित आयव्यय बजेट सार्वजनिक गरेको छ ।
कोशी प्रदेश सभाबाट बजेट पारित
कोशी प्रदेश सभाबाट आगामी आर्थिक वर्ष २०८१/८२ का लागि सरकारले प्रस्तुत गरेको बजेट पारित भएको छ । शनिबार बसेको प्रदेश सभा बैठकको बहुमतले बजेट पारित गरेको हो ।
समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्नेगरी बजेट ल्याएका छौँ : अर्थमन्त्री
अर्थमन्त्री वर्षमान पुनले उत्पादन वृद्धि, रोजगारी सिर्जना र समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने मूल नाराका आधारमा बजेट प्रस्तुत भएको बताउनुभएको छ ।
धनगढी उपमहानगरपालिकाको बजेट दुई अर्ब १८ करोड
कैलालीको धनगढी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि दुई अर्ब १८ करोड ४२ लाख ३२ हजार रुपियाँको अनुमानित बजेट ल्याएको छ।
बाह्रबिसे नगरपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत
बाह्रबिसे नगरपालिकाले २०८१/०८२ को नीति तथा कार्यक्रम ल्याएको छ । नगरप्रमुख बालकृष्ण बस्नेतद्वारा प्रस्तुत १५ औँ नीति तथा तथा कार्यक्रमले स्थानीय जनताका घरदैलोमा स्थानीय सरकार रहेको प्रत्याभूति दिने गरी काम सञ्चालनमा रहेको बताउनुभएको छ ।
म्याग्दीका चार स्थानीय तहको बजेट सार्वजनिक
म्याग्दीका चारवटा स्थानीय तहले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेका छन् ।
मनहरीको नीति तथा कार्यक्रम : कृषि र पूर्वाधार निर्माणमा जोड
मकवानपुरको मनहरी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम कृषि र पूर्वाधार निर्माणमा जोड दिँदै ल्याएको छ ।
दुई घण्टा पछि सर्यो बागमती प्रदेश सभा बैठक
बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट ल्याउन दिउँसो ४ बजेका लागि तोकिएकोमा दुई घण्टा पछाडि सारिएको छ । प्रदेश सभा सचिवालयले सूचना टाँस गरेर दुई घण्टाका लागि सारेको हो ।
सुदूरपश्चिममा ३३ अर्बको बजेट सार्वजनिक हुँदै
सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेट कार्यक्रम शनिबार सार्वजनिक गर्दै छ । प्रदेश सरकारले असार १ गते आगामी वर्षको बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्थाअनुसार सुदूरपश्चिम सरकारले आज प्रदेश सभामा बजेट प्रस्तुत गर्न लागेको हो ।
प्रदेश सरकारको बजेट सार्वजनिक हुँदै
संवैधानिक व्यवस्थाअनुसार आज सातवटै प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै छन् । चालु आवका लागि सात प्रदेशले तीन खर्ब बराबरको बजेट ल्याएका थिए ।
लुम्बिनीको बजेट आज
लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८१/०८२ को बजेट आज ल्याउँदै छ। दिउँसो ३ बजे बस्ने प्रदेश सभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री चेतनारायण आचार्यले बजेट प्रस्तुत गर्ने कार्यसूची छ।
दाङका लागि पाँच अर्ब ९५ करोड बजेट विनियोजन
दाङमा सङ्घीय सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि पाँच अर्ब ५९ करोड बढी बजेट विनियोजन गरेको छ ।
गुल्मीका स्थानीय तहलाई साढे चार अर्बभन्दा बढी बजेट
गुल्मीका स्थानीय तहलाई साढे चार अर्बभन्दा बढी रुपियाँ बजेट विनियोजन भएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको अन्तर सरकारी वित्तीय हस्तान्तरण विवरण अनुसार आगामी आर्थिक वर्ष २०८१/०८२ मा यस जिल्लाका स्थानीय तहले चार अर्ब ७० करोड २७ लाख रुपियाँ बजेट विनियोजन भएको हो ।