बजेट भाषण दुई घण्टा सर्यो
आज दिउँसो १ बजे प्रस्तुत हुने भनिएको आर्थिक वर्ष २०८१/८२ राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) वक्तव्य दुई घण्टाका लागि सरेको छ । संसद् सचिवालयका अनुसार नेपाल सरकारको अनुरोधमा बजेट प्रस्तुतका लागि दिउँसो १ बजे निर्धारित सङ्घीय संसद्को संयुक्त बैठक अपराह्न ३ बजेका लागि तोकिएको हो ।
बजेटको करिब १५ प्रतिशत सामाजिक सुरक्षामा खर्च
नागरिकको आर्थिक जोखिम न्यूनीकरण गर्न तथा उपभोगमा सहयोग पुर्याउने उद्देश्यले सरकारले सञ्चालन गर्दै आएको गैर–योगदानमूलक सामाजिक सुरक्षा भत्ता लिने लाभग्राहीको सङ्ख्या बर्सेनि बढ्दै गएको छ ।
संसदबाटै बजेट आउने माओवादी सांसदको दाबी
सत्तारुढ नेकपा (माओवादी केन्द्र) का सांसदहरूले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट संसदबाटै आउने दाबी गरेका छन् ।
राष्ट्रपति पौडेलद्वारा नीति तथा कार्यक्रम प्रस्तुत (प्रत्यक्ष प्रसारण)
सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तति सुरु भएको छ ।
संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने कांग्रेसको निर्णय
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सङ्घीय संसदमा नेपाल सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने भएको छ ।
योग र ध्यानलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम बन्दै : उपप्रधानमन्त्री श्रेष्ठ
उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने बताउनुभएको छ । नेपाल स्वास्थ्य सम्मेलन दोस्रो संस्करणको उद्घाटन सत्रलाई सम्बोधन गर्नुहुँदै मन्त्री श्रेष्ठले सो कुरा बताउनुभएको हो ।
राष्ट्रियसभा बैठक (प्रत्यक्ष प्रसारण)
सङ्घीय संसद्अन्तर्गतको राष्ट्रियसभाको वर्षे अर्थात् बजेट अधिवेशन सुरु भएको छ ।
निजी क्षेत्रको मनोबल उच्च बनाउने गरी बजेट ल्याउँछौंः अर्थमन्त्री पुन
अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटमा निजी क्षेत्रको मनोबल उच्च बनाउने गरी ल्याउने बताउनुभएको छ ।
कोशी प्रदेशले २८ अर्बको बजेट ल्याउँदै
कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१÷०८२ को पूर्व–बजेट तयारी तीव्र पारेको छ । पूर्व बजेट तयारीका सम्बन्धमा प्रदेश सरकारका सचिवहरूसँग छलफल भएको हो ।
आइटी क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट आउँछ : अर्थमन्त्री पुन
अर्थमन्त्री वर्षमान पुनले आगामी बजेटमा पर्यटन, आइटी, जलविद्युत, खानिजन्य उत्पादन सिमेन्ट र कृषि क्षेत्रलाई प्राथमिकताका साथ प्रवर्द्धन गर्नेगरी बजेट निर्माण गरिने बताउनुभएको छ ।
बजेटमा सूचना प्रविधि क्षेत्रलाई प्राथमिकतामा राख्छौँ : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले २०८१/०८२ को नीति तथा कार्यक्रम र बजेटमा सूचना प्रविधि क्षेत्रलाई प्राथमिकता दिने बताउनुभएको छ ।
राष्ट्रिय सभामा फागुन १७ देखि बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुने
आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता राष्ट्रिय सभामा प्रस्तुत भएको छ ।
अर्थमन्त्रीद्वारा प्रस्तुत बजेटका सिद्धान्त र प्राथमिकता (पूर्णपाठ)
प्रतिनिधि सभामा आर्थिक वर्ष २०८१/८२ को ‘बजेटका सिद्धान्त र प्राथमिकता’ पेस भएको छ । सोमबार बसेको बैठकमा अर्थमन्त्री डा.प्रकाशशरण महतले आगामी वर्षका बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका हुन् ।
फागुन २१ देखि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल
आर्थिक वर्ष २०८१/८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा फागुन २१ गतेदेखि छलफल प्रारम्भ हुने भएको छ ।
आगामी बजेटमा मधेशलाई विशेष व्यवस्था हुन्छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवम् बजेटमा मधेशलाई विशेष व्यवस्था गरिने बताउनुभएको छ ।
सार्वभौम संसद्ले पारित गरेको बजेट कटौती गर्न मिल्दैन : अर्थमन्त्री डा. महत
अर्थमन्त्री प्रकाशशरण महतले सार्वभौम संसद्ले पारित गरेको बजेट कटौती गर्न नमिल्ने बताउनुभएको छ ।
सरकारले घटायो बजेट लक्ष्य, ८७.३८ प्रतिशत मात्रै खर्च हुने (पूर्णपाठसहित)
सरकारले चालु आर्थिक वर्षको बजेटको खर्च हुने लक्ष्य घटाएको छ । सोमबार चालु आर्थिक वर्ष २०८०/८१ को बजेटको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै सरकारले चालु आर्थिक वर्षको बजेटको खर्च हुने लक्ष्य घटाएको हो ।
मन्त्रीका क्षेत्रमा बढी बजेट जाने प्रवृत्ति अन्त्य हुनुपर्छ : सांसद गैह्रे
मुलुकमा संविधान र सङ्घीयतानुकूल कतिपय महत्वपूर्ण कानुन अझै जारी हुन सकेको छैन । कानुन निर्माणको थलो सङ्घीय संसद्मा २०७९ सालको निर्वाचनपछिका अवधिमा पर्याप्त विधेयक पेस नहुँदा सांसदले चाहे जति ‘बिजनेस’ पाएनन् ।
सरकार माघदेखि नयाँ बजेट निर्माणको काममा लाग्छ : मुख्यसचिव अर्याल
नेपाल सरकारका मुख्यसचिव डा. वैकुण्ठ अर्यालले सरकार आगामी माघदेखि नयाँ बजेटको तयारीमा लाग्ने बताउनुभएको छ ।
तीन महिना ढिला गरी कुस्माको बजेट प्रस्तुत
कुस्मा नगरपालिकाको आर्थिक वर्ष २०८०-०८१ को लागि कुल बजेट निर्धारित समयभन्दा तीन महिनापछि मात्रै बुधवार सम्पन्न नगर सभा मार्फत सार्वजनिक भएको छ । कुस्मा नगरपालिकाले आर्थिक वर्ष २०८०-०८१ का लागि बजेट ८७ करोड ८५ लाख सार्वजनिक गरेको हो ।
शुद्धोधनको बजेट ५६ करोड ४८ लाख
कपिलवस्तुको शुद्धोधन गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०/०८१ का लागि ५६ करोड ४८ लाख आठ हजार २३ रुपियाँ बराबरको बजेट प्रस्तुत गरेको छ ।
कोदोको रक्सी ब्रान्डिङ देखि कोरेली पाडीसम्म वितरण गर्ने योजना
प्युठानको नौ वटै स्थानीय तहले वार्षिक नीति कार्यक्रम तथा बजेट पेस गरेका छन् । आर्थिक वर्ष २०८०/०८१ मा खर्च गर्ने गरी बजेट ल्याएका हुन्। धेरैजसो स्थानीय तहको बजेट कृषि,शिक्षा र स्वास्थ्य क्षेत्रमा केन्द्रित छ।
काठमाडौं महानगरले ल्यायो २५ अर्ब ५४ करोड बजेट
काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजारको बजेट विनियोजन गरेको छ।
महानगरका नीति तथा कार्यक्रम : मौलिकतासहितका सहरी पूर्वाधार निर्माणमा जोड
हरेक वर्ष जेठ १५ गते सङ्घीय बजेट र असार १ गते प्रदेशको बजेट सार्वजनिक गर्ने कानुनी व्यवस्थाअनुसार केन्द्र सरकार र प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेट ल्याइसकेका छन् ।