राष्ट्रियसभा बैठक : ‘बजेट ठीक–बेठीक छुट्याउन सक्नुपर्छ’
राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले सरकारका कार्यक्रम तथा बजेटबारे आलोचनाका लागि आलोचना मात्र नगरी ठीकलाई ठीक र बेठीकलाई बेठीक भनेर छुट्याउन सक्नुपर्नेमा जोड दिनुभएको छ ।
किसान पानी, मल र बिउ नपाएर समस्या झेल्न बाध्य : सांसद त्रिपाठी
जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले वर्षेनी किसानहरु पानी, मल र बिउ नपाएर समस्या झेल्न बाध्य भएको बताउनुभएको छ ।
चिनी मिल र कृषि औजार कारखाना स्थापना गर्न माग
लोकतान्त्रिक समाजवादी पार्टीका सांसद विमलप्रसाद श्रीवास्तवले वीरगञ्जमा चिनी मिल र कृषि औजार कारखाना खुल्छ भने आफ्नो घर बेचेर भएपनि सरकारलाई सहयोग गर्ने जानकारी दिनुभयो छ ।
राष्ट्रियसभा बैठक : राजस्व र व्ययको वार्षिकअनुमानमाथि छलफल
राष्ट्रियसभाको बुधबारको बैठकमा आर्थिक वर्ष २०७९/८० को बजेटअन्तर्गत राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफल सुरु भएको छ ।
उत्पादनमुखी बजेट सकारात्मक रहेको सांसदहरुको धारणा
सत्तारुढ दल नेपाली कांग्रेस सांसद पद्मनारायण चौधरीले मुलुक सङ्कटग्रस्त अवस्थामा रहेकाले अहिले बजेटले कृषिलाई प्राथमिकता दिएको बताउनुभयो ।
कृषि क्षेत्र सुधारको एकीकृत प्याकेज बजेटमा प्रस्तुत : सांसद बस्नेत
कपा (माओवादी केन्द्र)का सांसद शक्ति बस्नेतले आगामी आर्थिक वर्षको बजेटले सबै क्षेत्र, वर्ग र समुदायमा उत्साह थप्ने गरी सन्तुलन कायम गरेको बताउनुभएको छ ।
हरेक महिना १२ देखि १५ करोड डलर घट्दै : सांसद पाण्डे
नेकपा एमालेका सांसद सुरेन्द्र पाण्डेले हरेक महिना १२ देखि १५ करोड डलर घट्दै गएको बताउनुभएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा आर्थिक वर्ष २०७९–०८० को बजेटमाथिको छलफलमा भाग लिनुहुँदै सांसद पाण्डेले डलरको सञ्चिति घट्ने क्रम जारी रह्यो भने नेपालको अवस्था श्रीलङ्काको जस्तो हुनेसक्ने चेतावनी दिनुभएको हो ।
“बजेट सन्तुलित छ, तर कार्यान्वयन चुनौतीपूर्ण”
प्रतिनिधिसभाका सांसदहरुले बजेट पूर्णरुपमा सन्तुलित भए पनि कार्यान्वयन चुनौतीपूर्ण हुने टिप्पणी गरेका छन् ।
राष्ट्रियसभामा बजेट छलफल, विभिन्न दलका सांसदको धारणा
राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सुरु भएको सैद्धान्तिक छलफलमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद खिमलाल भट्टराईले सरकारले ल्याएको ठूलो आकारको बजेटले जनतालाई सपना मात्र देखाएको टिप्पणी गर्नुभएको छ ।