• २३ असार २०८१, आइतबार

गण्डकी सरकारको नीति तथा कार्यक्रममा सदनमा पेश (पूर्णपाठसहित)

blog

कास्की, जेठ २४ गते । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम प्रदेश सभामा पेश गरेको छ ।

मङ्गलबार गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सदनमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । प्रदेशको प्रथम पञ्चवर्षीय योजनाले ‘‘समृद्ध प्रदेश र सुखी नागरिक’’को सोच अघि सारेको छ ।


कृषि, उत्पादन, रोजगारी र आत्मनिर्भरतालाई प्राथमिकतामा राखेको छ । त्यस्तै उद्योग, कलकारखाना स्थापना र सञ्चालनमा नीति तथा कार्यक्रमले जोड दिइएको छ ।

निःशुल्क रगत, महिलाको पाठेघरको मुखको निःशुल्क शल्यरक्रिया, कोभिडमा अभिभावक गुमाएका बालबालिकालाई मासिक भत्ता, निर्माणाधीन अवस्थाका विकासे योजना, प्रदेश गौरवका आयोजनालाई नीति तथा कार्यक्रमलाई गण्डकी प्रदेश सरकारले प्राथमिकतामा राखेको छ ।